News Portal

एनआरएनए आईसिसिको युवा संयोजकमा युएईका मनोज गोर्खालीद्वारा उम्मेदवारी

हिमालीसंचार संवाददाता
३८५ पटक

काठमाडौं – युवा सामाजिक अभियन्ताको रुपमा परिचित धादिङ घर भई हाल युएई बस्दै आएका मनोजकुमार श्रेष्ठ ‘गोर्खाली’ ले (एनआरएनए) को आउँदो निर्वाचनमा युवा संयोजक पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

एनआरएनएको मध्यपूर्व उपसंयोजकको भुमिकामा रहेका ‘गोर्खाली’ ले आगामी अक्टोबर २३–२५ मा हुने एनआरएनएको केन्द्रिय अधिवेशनमा आफ्नो उम्मेदवारी युवा संयोजकका लागि उम्मेदवारी दिने बताएका छन् ।

“सुरक्षित वैदेशिक रोजगार र युवा उद्यमशीलता एनआरएनएमार्फत पूरा गर्ने मेरो प्रतिवद्धता” भन्ने मूल नाराका साथ आफुले युवा संयोजकमा उम्मेदवारी दिन लागेको गोरखालीले हिमालीसंचार डटकमसंग बताए । नेपालमा जुनसुकै विपत पर्दा राहत बोकेर पिडीत भेटन जाने ‘गोरखाली’ नेपाल र विदेशमा रहेका युवाहरु बीच परिचित नाम हो । 

गोर्खाली हाल मध्यपूर्व उपसंयोजक, एनआरएनए स्पोर्टस एकेडेमी ब्यवस्थापन निर्देशक, समाजसेबी र सफल ब्यवासायीसमेत हुन । उनले एनआरएनएमा बिगतको लामो समयदेखि गरेका कामहरुअसंख्या रहेका छन्। उनलाई एनआरएनएमा सक्रिय र होनहार ब्यक्तिका रुपमा आफ्नो परिचय स्थापित गरिरहेका छन् ।

उनले समस्यामा परेका गरिब जनताको लागि गोर्खाली साँझ गरेर आएको पैसाले नेपालमा किड्नि फेल भएकाहरुलाई सहयोग गर्दै आईरहेका छन । घरको छाना नभएर रातभर हिउँदमा आकाशका तारा गन्नुपर्ने र बर्षायाममा मुसलधारे पानीमा रुजेर ज्यान जोगाउदै गरेका र भोक–भोकै परेका चेपाङ बस्तीका घरमा टिनको छाना र गाँसबासको ब्यवस्था गर्दै आईरहेका छन। 

त्यस्तै, गोर्खालीको संयोजकमा पर्सा जिल्लामा हावा हुण्डरिले क्षती पुर्याएको १ हजार घर-परिवारलाई राहत वितरण गरेका थिए । त्यस्तै, कोभिडको महामारीमा दुबईमा अलपत्र परेका नेपालीहरुलाई ज्यानको पर्वाह नगरि डेरा-कोठा कोठामा गएर राहत वितरण समेत गरेका थिए ।

त्यस्तै, कोभिडको दोस्रो लहर चल्दा लकडाउनमा नेपाल आएर घाम पानी र कोभिडको प्रवाह नगरि एक हप्तासम्म नेपाल एयरपोर्टमा बसेर मध्यपूर्व र अन्य एनआरएनए एनसिसीहरुले पठाइएका अक्सिजन कर्न्सनटेटर र स्वास्थ्य सामाग्रीहरुलाई स्वास्थ्य मंत्रालयदेखी लिएर हरेक प्रदेश प्रदेश सम्म ब्यवस्थापन गर्ने काममा पनि गोर्खाली अग्रपंक्तिमा उभिए । 

त्यस्तै, नेपालको आठौ राष्ट्रिय खेलकुदमा एनआरएनएले पहिलोपटक भाग लिएर १६ वटा मेडल लिन सफल हुनुमा पनि गोर्खालीको मुख्य भुमिका रहेको थियो । गोर्खाली आफै पनि कुनै बेला नेपालको राष्ट्रिय खेलाडी रहेका थिए । युवाका लागि धेरै काम गरेका गोर्खाली युवा संयोजकमा निर्विरोध हुने देखिन्छ। 

गोर्खालीले एनआरएनएको मुख्य उद्देश्यमा समर्पित रहने प्रतिबद्धता व्यक्त गर्दै आफ्नो उम्मेदवारी घोषणा गरेका छन । बैदेशिक रोजगार, शिक्षा, पारिवारिक बसाई र विभिन्न उदेश्यले विश्वभर छरिएर रहेको नेपाली समुदायलाई एकताको सुत्रमा बाँधेर एनआरएनएको मुख्य उद्देश्य ‘एक पटकको नेपाली, सधैंको नेपाली’ भन्ने मुख्य अभिप्रायका साथ यसपटक युवा संयोजक पदको लागि उम्मेदवारी दिएको बताए ।

एनआरएनए अभियानमा बिगत लामो समयदेखिको सक्रियाता, सफलता र अनुभव सदुपयोग गर्दै साथै नेपाली समुदायले आशा र भरोसाका रुपमा स्वीकार गरेको एक मात्र विश्वसनीय संस्थाले आफुलाई दिएको जिम्मेवारीलाई आत्मसाथ गर्दै विश्वसनिय, पारदर्शी र सहभागिता मुलक ढंगले मध्यपूर्वमा ऐतिहासीक सफलता प्राप्त गरेको दक्षता, सिप, क्षमता र अनुभवलाई आईसीसि युवा संयोजकका माध्यमबाट विश्वसामु पस्कन पाउँने पूर्ण विश्वास र प्रतिवद्धतासहित उम्मेदवारी दिएको गोर्खालीले बताएका छन् ।

गोर्खालीले नेपालको समृद्धि र बिकासमा सामुहिक लगानी र पर्यटन प्रर्वद्धनमा जोड दिदै नेपाल सरकारसँग समन्वय गर्दै विभिन्न देशहरुमा रहेका नेपाली युवाहरुले भोग्नुपरेको समस्यालाई समाधान गर्न तत्पर रहेको बताए । प्रत्येक नागरिक मुलुकबाहिर रहेका एनआरएनए मेरो सँस्था हो भन्ने बनाउन आवश्यक रहेको उनले बताए । 

सबैलाई समेटन बाँकी नै रहेको हुदा यो अभियानलाई सार्थकता दिन सामुहिक नेतृत्वसहित टिममा सबैजना मिलेर कार्ययोजना नै बनाएर आउन लागेकाले सबैको साथ र सहयोगका लागि गोर्खालीले अपिल गरेका छन । उनले आफुलाई बिगतमा जस्तै बिश्वासा गरेर युवा संयोजकमा विजयी गराउन विश्वमा रहेका सबै गैरआवासीय नेपालीलाई अनुरोध गरेका छन ।

प्रतिकृया दिनुहोस्

बिष भन्दा पनि जहरिलो हुन्छ अपमानको ज्वाला

– कमला थापा ०८२ माघ २४ गते। देशको अबस्था दिन प्रतिदिन खस्किँदै गएको छ। राजनीतिक...

सुन्दर आधारभूत विद्यालयको ३६औँ वार्षिक उत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

धादिङ — गंगाजमुना गाउँपालिका वडा नम्बर ५ स्थित सुन्दर आधारभूत विद्यालयको ३६औँ वार्षिक उत्सव तथा...

आज २०८२ साल माघ २४ गतेको राशिफल

आज माघ २४, २०८२ ( फेब्रुअरी ७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कास्कीमा कांग्रेस सभापति थापाको कार्यकर्ता सम्वोधन: ‘अबकी बार सय पार’ नारा दिनुहोस्

कास्की, माघ २३ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शुक्रबार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन...

चितवन–२ मा रवि र कांग्रेस उम्मेदवार खरेलबीच भेटघाट, स्वच्छ र सम्मानजनक प्रतिस्पर्धाको प्रतिबद्धता

काठमाडौं, २३ माघ – प्रतिनिधिसभा निर्वाचनअन्तर्गत चितवन–२ मा प्रतिस्पर्धामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि...