News Portal

  • एनआरएनए आईसिसिको युवा संयोजकमा युएईका मनोज गोर्खालीद्वारा उम्मेदवारी

    हिमालीसंचार संवाददाता
    ३२५ पटक

    काठमाडौं – युवा सामाजिक अभियन्ताको रुपमा परिचित धादिङ घर भई हाल युएई बस्दै आएका मनोजकुमार श्रेष्ठ ‘गोर्खाली’ ले (एनआरएनए) को आउँदो निर्वाचनमा युवा संयोजक पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

    एनआरएनएको मध्यपूर्व उपसंयोजकको भुमिकामा रहेका ‘गोर्खाली’ ले आगामी अक्टोबर २३–२५ मा हुने एनआरएनएको केन्द्रिय अधिवेशनमा आफ्नो उम्मेदवारी युवा संयोजकका लागि उम्मेदवारी दिने बताएका छन् ।

    “सुरक्षित वैदेशिक रोजगार र युवा उद्यमशीलता एनआरएनएमार्फत पूरा गर्ने मेरो प्रतिवद्धता” भन्ने मूल नाराका साथ आफुले युवा संयोजकमा उम्मेदवारी दिन लागेको गोरखालीले हिमालीसंचार डटकमसंग बताए । नेपालमा जुनसुकै विपत पर्दा राहत बोकेर पिडीत भेटन जाने ‘गोरखाली’ नेपाल र विदेशमा रहेका युवाहरु बीच परिचित नाम हो । 

    गोर्खाली हाल मध्यपूर्व उपसंयोजक, एनआरएनए स्पोर्टस एकेडेमी ब्यवस्थापन निर्देशक, समाजसेबी र सफल ब्यवासायीसमेत हुन । उनले एनआरएनएमा बिगतको लामो समयदेखि गरेका कामहरुअसंख्या रहेका छन्। उनलाई एनआरएनएमा सक्रिय र होनहार ब्यक्तिका रुपमा आफ्नो परिचय स्थापित गरिरहेका छन् ।

    उनले समस्यामा परेका गरिब जनताको लागि गोर्खाली साँझ गरेर आएको पैसाले नेपालमा किड्नि फेल भएकाहरुलाई सहयोग गर्दै आईरहेका छन । घरको छाना नभएर रातभर हिउँदमा आकाशका तारा गन्नुपर्ने र बर्षायाममा मुसलधारे पानीमा रुजेर ज्यान जोगाउदै गरेका र भोक–भोकै परेका चेपाङ बस्तीका घरमा टिनको छाना र गाँसबासको ब्यवस्था गर्दै आईरहेका छन। 

    त्यस्तै, गोर्खालीको संयोजकमा पर्सा जिल्लामा हावा हुण्डरिले क्षती पुर्याएको १ हजार घर-परिवारलाई राहत वितरण गरेका थिए । त्यस्तै, कोभिडको महामारीमा दुबईमा अलपत्र परेका नेपालीहरुलाई ज्यानको पर्वाह नगरि डेरा-कोठा कोठामा गएर राहत वितरण समेत गरेका थिए ।

    त्यस्तै, कोभिडको दोस्रो लहर चल्दा लकडाउनमा नेपाल आएर घाम पानी र कोभिडको प्रवाह नगरि एक हप्तासम्म नेपाल एयरपोर्टमा बसेर मध्यपूर्व र अन्य एनआरएनए एनसिसीहरुले पठाइएका अक्सिजन कर्न्सनटेटर र स्वास्थ्य सामाग्रीहरुलाई स्वास्थ्य मंत्रालयदेखी लिएर हरेक प्रदेश प्रदेश सम्म ब्यवस्थापन गर्ने काममा पनि गोर्खाली अग्रपंक्तिमा उभिए । 

    त्यस्तै, नेपालको आठौ राष्ट्रिय खेलकुदमा एनआरएनएले पहिलोपटक भाग लिएर १६ वटा मेडल लिन सफल हुनुमा पनि गोर्खालीको मुख्य भुमिका रहेको थियो । गोर्खाली आफै पनि कुनै बेला नेपालको राष्ट्रिय खेलाडी रहेका थिए । युवाका लागि धेरै काम गरेका गोर्खाली युवा संयोजकमा निर्विरोध हुने देखिन्छ। 

    गोर्खालीले एनआरएनएको मुख्य उद्देश्यमा समर्पित रहने प्रतिबद्धता व्यक्त गर्दै आफ्नो उम्मेदवारी घोषणा गरेका छन । बैदेशिक रोजगार, शिक्षा, पारिवारिक बसाई र विभिन्न उदेश्यले विश्वभर छरिएर रहेको नेपाली समुदायलाई एकताको सुत्रमा बाँधेर एनआरएनएको मुख्य उद्देश्य ‘एक पटकको नेपाली, सधैंको नेपाली’ भन्ने मुख्य अभिप्रायका साथ यसपटक युवा संयोजक पदको लागि उम्मेदवारी दिएको बताए ।

    एनआरएनए अभियानमा बिगत लामो समयदेखिको सक्रियाता, सफलता र अनुभव सदुपयोग गर्दै साथै नेपाली समुदायले आशा र भरोसाका रुपमा स्वीकार गरेको एक मात्र विश्वसनीय संस्थाले आफुलाई दिएको जिम्मेवारीलाई आत्मसाथ गर्दै विश्वसनिय, पारदर्शी र सहभागिता मुलक ढंगले मध्यपूर्वमा ऐतिहासीक सफलता प्राप्त गरेको दक्षता, सिप, क्षमता र अनुभवलाई आईसीसि युवा संयोजकका माध्यमबाट विश्वसामु पस्कन पाउँने पूर्ण विश्वास र प्रतिवद्धतासहित उम्मेदवारी दिएको गोर्खालीले बताएका छन् ।

    गोर्खालीले नेपालको समृद्धि र बिकासमा सामुहिक लगानी र पर्यटन प्रर्वद्धनमा जोड दिदै नेपाल सरकारसँग समन्वय गर्दै विभिन्न देशहरुमा रहेका नेपाली युवाहरुले भोग्नुपरेको समस्यालाई समाधान गर्न तत्पर रहेको बताए । प्रत्येक नागरिक मुलुकबाहिर रहेका एनआरएनए मेरो सँस्था हो भन्ने बनाउन आवश्यक रहेको उनले बताए । 

    सबैलाई समेटन बाँकी नै रहेको हुदा यो अभियानलाई सार्थकता दिन सामुहिक नेतृत्वसहित टिममा सबैजना मिलेर कार्ययोजना नै बनाएर आउन लागेकाले सबैको साथ र सहयोगका लागि गोर्खालीले अपिल गरेका छन । उनले आफुलाई बिगतमा जस्तै बिश्वासा गरेर युवा संयोजकमा विजयी गराउन विश्वमा रहेका सबै गैरआवासीय नेपालीलाई अनुरोध गरेका छन ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    पुस मसान्तभित्र जनसम्पर्क समितिको अधिवेशन

    काठमाण्डौ। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले प्रवासमा रहेका नेपालीहरूको सङ्गठनलाई थप सुदृढ गर्न क्षेत्रीय र...

    ओलीको कथन : शिवजी चाम्लिङ थिए कि भन्ने लाग्छ कहिलेकाहीँ

    काठमाडौं, असार २३ – प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान शिव चाम्लिङ हुनसक्ने सम्भावना व्यक्त गर्नुभएको...

    तनहुँ सेवा समाज कुवेतले नयाँ वर्षको अवसर पारेर २ जनवरी २०२६ मा सांगीतिक धमाका गर्ने

    कुवेत, असार २३  — तनहुँ सेवा समाज कुवेतको १३औँ मासिक बैठक अध्यक्ष सोम बहादुर खत्रीकाे...

    नेपाली जनप्रगतिशील मोर्चा कुवेतका उपाध्यक्ष कैलाश मैनालीको पहलमा कुवेतमा अलपत्र परेका दुई युवाको उद्धार

    कुवेत, असार २३ – रोल्पा जिल्लाका भरत घर्ती मगर र सल्यान जिल्लाका नरेश कुमार वली रोजगारीको...

    भिजिट भिसा दुरुपयोग प्रकरण : छानबिन समिति नबनेसम्म आन्दोलन नरोकिने राप्रपाको चेतावनी

    काठमाडौं, असार २३ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भिजिट भिसा दुरुपयोग प्रकरणमा संसदीय छानबिन समिति...