News Portal

मोरङको रंगेलीमा अज्ञात समूहद्वारा गाईको हत्या

हिमालीसंचार संवाददाता
११३७ पटक

रविन्द्र बराल/मोरङ – मोरङको रंगेलीमा यस्तो घटना घटेको छ। जो कोहीलेले सुन्दा समेत आफ्नो शरीर सिरिङ्ग गर्ने किसिमको घटना  सार्वजनिक भएको छ ।

रंगेली नगरपालिका वडा नम्बर ७ स्थित वडाकार्यालय नजिकै नगरपालिकाको जग्गामा बसोबास गर्दे आईरहेका श्री प्रसाद मुखियालाई नगरपालिकाले जग्गा खालि गर्ने भने पछि उनी सोही  स्थानको नयाँ टोलमा रहेको आफ्नो निजि ६ कठ्ठा जग्गामा बसोबास गर्नेका लागि उनले बैशाख महिनादेखि सो ठाउँमा ग्वाली घर तथा आफू बस्ने घर समेत बनाउन थालेको थिए । 

ग्वाली घर तयारी भए पछि बैशाख महिनादेखि उनले पुरानो घरमा पाल्दै आएको ९ वटा गाई र बाछी उनले नयाँ घरमा ल्याएर  बाँधन थालेका श्री प्रसादले बताए । नयाँ ग्वाली घरमा गाई बाँधेर राति सबै परिवार आफ्नै पुरानो घरमा बस्ने गरेको र बिहानै ५ बजे गएर गाई बस्तुको स्याहारसुसार समेत गर्दे आईरहेको थिए । 

गत श्रावण ९ गते राति सोही ग्वालीमा बाँधिरहेको ९ वटा गाई मध्ये दुईवटा गाईलाई रातिको समयमा अज्ञात सुमुहले ग्वालीमा लगाईएको ताला फुटाएर दुईवटा गाईलाई ग्वालीबाट बाहिर निकालेर घरमा गाडिएको सखुवाको खम्बामा बाँधेर गाईको मुख, चार वटा खुट्टा बाँधेर, घाटिमा डोरी लगाई गाईलाई खेतमा खुटने क्रममा डारीमा प्रयोग हुने बाँसबाट बनेको किल्ला लगायत अन्य सामाग्रीको प्रयोग गरि  गाईको गौ मुत्र गर्ने ठाउँ र मल दुवारमा उक्त किल्ला छिराएर गाईलाई घाइते बनाउने र गाईलाई घाइते बनाएर छाडने गरेको पिडितले बताए । घाइते गाई २४ घण्टा समेत नबाँचिकन मरेको उनले बताए ।  

उक्त घटाना सेलाउन नपाउदै श्रवण ३० गते राति  पनि श्री प्रसादले पालनपोषण गरेको दुईवटा गाईलाई पनि त्यसैगरी घाइते बनाएर  छाडेको अवस्थामा आफुले पुनः फेला पारेको र सोमबार समेत  केही महिना पछि ब्याउनै लागेको गाईलाई समेत अज्ञात समुहले सोही अनुरुप मारेको  र एउटा गाई भने घाइते अवस्थामा रहेको छ । घाइते गाई अहिले उग्राउन छाडेको, दिशा र पिसाव समेत गर्ने छाडेको र केही पनि नखाने गरेको र पशु डाक्टरले समेत उक्त गाई नबाँच्ने भने पछि श्री प्रसाद चिन्तित रहेको छन ।

उनले भने उक्त गाईलाई यसरी मार्नका लागि एक दुई जनाको हिम्मत नहुने र यसमा ठुलै गिरोह सहभागी हुन सक्ने उनले बताए ।  आफ्नो अहिलेसम्म गाउँ घरमा कुनै प्रकारको कोही संग रिसिभी नभएको र आफुले कसैलाई केही पनि नगरेको भएता तर यसरी आफुले पालनपोषण गरेको गाईलाई यसरी यातना दिएर मार्ने जो कोहीलाई समेत पक्राउ गरि कडाभन्दा कडा सजाय हुनुपर्ने उनले बताए । प्रहरीले अपराधीहरुको खोजी कार्यालाई तिव्रका साथ अगाडि बडाएको मोरङ प्रहरीका प्रवक्ता दिपक श्रेष्ठका अनुसार सो घटनाको अनुसन्धान भईरहेको श्रेष्ठले बताए ।

प्रतिकृया दिनुहोस्

कांग्रेस संसदीय दलको नेता चयन रोकियो, सहमतिका लागि थप प्रयास जारी

वैशाख ११, काठमाडौं – नेपाली कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया तत्कालका लागि स्थगित गरेको...

सुकुमवासी बस्ती हटाउने निर्णयविरुद्ध थापाथलीमा प्रदर्शन

काठमाडौं, ११ वैशाख – सरकारले सुकुमवासी बस्ती हटाउने निर्णय गरेपछि थापाथली क्षेत्रमा स्थानीय बासिन्दा र...

आज २०८३ साल वैशाख ११ गतेको राशिफल

आज वैशाख ११, २०८३ ( अप्रिल २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

गौतमबुद्ध विमानस्थलमा ४६ लाखको व्यापार, पोखरा विमानस्थल अझै शून्य

काठमाडौं, १० वैशाख – नेपालमा निर्माण भएका दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट अपेक्षाअनुसार वैदेशिक व्यापार हुन...

बाल विवाह आरोपपछि पक्राउ युवकको मृत्यु प्रकरण विवादमा

सिन्धुली, १० वैशाख – बाल विवाहको आरोपमा पक्राउ परेका २३ वर्षीय श्रीकृष्ण विकको प्रहरी हिरासतमा...