News Portal

कम्बोडिया पठाऊने भनेर ठगी गरेको आरोपमा युवक पक्राउ

हिमालीसंचार संवाददाता
५४८ पटक

काठमाडौं।
कम्बोडिया पठाइदिन्छु भनेर ठगेको आरोपमा प्रहरीले काठमाडौंको नयाँ बानेश्वरबाट एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा काभ्रेको महाभारत गाउँपालिका–१ घर भइ काठमाडौं तारकेश्वर नगरपालिका बस्ने २८ वर्षीय विचारमान मोक्तान उर्फ मिनध्वज छन्।

मिनध्वज सहितको समूहले काभ्रेको पाँचखाल नगरपालिका–८ का प्रेम बहादुर तामाङसहित ६ जनालाई ‘कम्बोडिया पठाइदिन्छौं’ भनेर प्रलोभनमा पारेर ठगी गरेका थिए। प्रतिव्यक्ति ६ लाख ५० हजारमा कम्बोडिया पठाउने र त्यहाँ पुगेपछि क्यासिनोमा ‘बोस गार्ड’मा काम लगाइदिन्छौ भनेर पैसा लिएर उनीहरु सम्पर्कविहीन भएका थिए।

मिनध्वजलाई सोमबार पक्रेर आवश्यक कारवाहीका लागि बैदेशिक रोजगार विभाग, बुद्दनगरमा पठाइएको महानगरीय अपराध महाशाखाले जनाएको छ।

प्रतिकृया दिनुहोस्

कांग्रेस संसदीय दलको नेता चयन रोकियो, सहमतिका लागि थप प्रयास जारी

वैशाख ११, काठमाडौं – नेपाली कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया तत्कालका लागि स्थगित गरेको...

सुकुमवासी बस्ती हटाउने निर्णयविरुद्ध थापाथलीमा प्रदर्शन

काठमाडौं, ११ वैशाख – सरकारले सुकुमवासी बस्ती हटाउने निर्णय गरेपछि थापाथली क्षेत्रमा स्थानीय बासिन्दा र...

आज २०८३ साल वैशाख ११ गतेको राशिफल

आज वैशाख ११, २०८३ ( अप्रिल २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

गौतमबुद्ध विमानस्थलमा ४६ लाखको व्यापार, पोखरा विमानस्थल अझै शून्य

काठमाडौं, १० वैशाख – नेपालमा निर्माण भएका दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट अपेक्षाअनुसार वैदेशिक व्यापार हुन...

बाल विवाह आरोपपछि पक्राउ युवकको मृत्यु प्रकरण विवादमा

सिन्धुली, १० वैशाख – बाल विवाहको आरोपमा पक्राउ परेका २३ वर्षीय श्रीकृष्ण विकको प्रहरी हिरासतमा...