News Portal

  • कम्बोडिया पठाऊने भनेर ठगी गरेको आरोपमा युवक पक्राउ

    हिमालीसंचार संवाददाता
    ४५८ पटक

    काठमाडौं।
    कम्बोडिया पठाइदिन्छु भनेर ठगेको आरोपमा प्रहरीले काठमाडौंको नयाँ बानेश्वरबाट एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा काभ्रेको महाभारत गाउँपालिका–१ घर भइ काठमाडौं तारकेश्वर नगरपालिका बस्ने २८ वर्षीय विचारमान मोक्तान उर्फ मिनध्वज छन्।

    मिनध्वज सहितको समूहले काभ्रेको पाँचखाल नगरपालिका–८ का प्रेम बहादुर तामाङसहित ६ जनालाई ‘कम्बोडिया पठाइदिन्छौं’ भनेर प्रलोभनमा पारेर ठगी गरेका थिए। प्रतिव्यक्ति ६ लाख ५० हजारमा कम्बोडिया पठाउने र त्यहाँ पुगेपछि क्यासिनोमा ‘बोस गार्ड’मा काम लगाइदिन्छौ भनेर पैसा लिएर उनीहरु सम्पर्कविहीन भएका थिए।

    मिनध्वजलाई सोमबार पक्रेर आवश्यक कारवाहीका लागि बैदेशिक रोजगार विभाग, बुद्दनगरमा पठाइएको महानगरीय अपराध महाशाखाले जनाएको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल भदौ ९ को राशिफल

    आज भदौ ९, २०८२ (अगस्त २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    तीजमा पशुपतिनाथका सबै ढोका खुला, दर्शन र सुरक्षामा विशेष व्यवस्था

    काठमाडौं, भदौ ८ – हरितालिका तीजको अवसरमा पशुपति क्षेत्र विकास कोषले भक्तजनलाई सहज रूपमा मन्दिर...

    बजार जान निस्केकी रुबी सुटकेसभित्र मृत भेटिइन्, आमासँगको अन्तिम संवाद यस्तो

    रौतहट, भदौ ८ – माधव नारायण नगरपालिका–२ कि २६ वर्षीया रुबीकुमारी साह शनिबार साँझ बजार...

    महेन्द्रनगरका विपिन जोशीकी आमा–बहिनीले राष्ट्रपति पौडेलसँग भेटे

    काठमाडौँ, भदौ ८ – प्यालेस्टिनी समूह हमासले बन्धक बनाएका महेन्द्रनगरका विद्यार्थी विपिन जोशीको रिहाइको माग...

    स्काइ ड्रिम इन्टरप्रेनर्सका संचालक र कर्मचारी पुर्पक्षका लागि थुनामा

    सुर्खेत, भदौ ८ – सुर्खेतमा अवैध नेटवर्किङ व्यवसाय सञ्चालन गरेको आरोपमा *स्काइ ड्रिम इन्टरप्रेनर्स प्रा.लि.*का...