News Portal

  • ओली सरकारविरुद्ध नाराबाजी गर्दै सडक अबरुद्ध गर्न खोज्ने डा केसीका १५ समर्थक

    हिमाली संचार संवाददाता
    ४६२ पटक

    काठमाडौं– केपी ओली नेतृत्वको सरकारविरुद्ध चर्को नाराबाजी गर्दै  सडक अवरुद्ध पार्ने डाक्टर गोविन्द केसीका १५ समर्थक पक्राउ परेका छन् ।

    सडक अवरुद्ध पार्ने प्रयास गरेपछि उनीहरुलाई त्रिवि शिक्षण अस्पताल महाराजगन्जको गेटबाटै पक्राउ गरिएको महानगरीय प्रहरी परीसर काठमाडौंका प्रमुख एसएसपी विश्वराज पोखरेलले जानकारी दिए ।

    केसीका समर्थक नाराबाजीसहित महाराजगञ्जस्थित टिचिङ अस्पतालबाट बालुवाटार जान खोजेका थिए ।  तर,   प्रहरीले उनीहरुलाई अस्पतालको मुल गेटमै रोकेपछि प्रहरी र सरकारविरुद्ध चर्को नाराबाजी गरेका थिए ।

    उनीहरुले ‘टुक्के सरकार मुर्दावाद, प्रहरी दमन मुर्दावाद, केसी सरको अनशन माफियालाई टेनशन, जनता मार्ने अधिकार कसले दियो ए सरकार’ लगायतका  आक्रामक नारा लगाएका थिए ।

    डा. केसीका माग पुरा गराउने उदेश्यले केसी समर्थक बिहीबार विहान टिचिङ अस्पतालमा भेला भएर र्यालीसहित बालुवाटार जाने तयारी गरेका थिए । तर, प्रहरीले र्यालीलाई मुल सडकबाट जान नदिएपछि केहीबेर भनाभन भएको थियो । प्रहरीसँगको भनाभनपछि केहीबेर केसी समर्थक सडकमै बसेर अवरोध गरेका थिए ।

    अहिले पनि गोविन्द केसीका समर्थकहरुले त्रिवि शिक्षण अस्पताल परिसरमा सरकारविरुद्ध नाराबाजी गरिरहेका छन् । सो क्षेत्रमा उल्लेख्य सङख्यामा प्रहरी तैनाथ राखिएको छ ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    माछापोखरीमा महिलाको सुनको सिक्री लुटपाट गर्ने दुई जना समातिए, घटनास्थलबाटै पक्राउ

    काठमाडौं, साउन ११ – शनिबार साँझ राजधानीको व्यस्त क्षेत्र माछापोखरीमा एक महिलाको गलाबाट सुनको सिक्री...

    चितवनमा विद्युत अवरुद्ध हुने सूचना लोडसेडिङसँग सम्बन्धित होइनः ऊर्जामन्त्री खड्का

    चितवन, साउन ११ – चितवनमा लोडसेडिङ सुरु भएको भन्ने हल्लालाई ऊर्जामन्त्री दीपक खड्काले प्रस्ट रूपमा...

    आज २०८२ साल साउन ११ गतेको राशिफल

    आज साउन ११, २०८२ (जुलाई २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    मिनिल्याण्डले गर्‍यो स्वागत

    रविन्द्र बराल/ मोरङ, साउन १० – रंगेली नगरपालिका–७ मा रहेको मिनिल्याण्ड बोर्डिङ स्कुलले कक्षा ११...

    आज २०८२ साल साउन १० गतेको राशिफल

    आज साउन १०, २०८२ (जुलाई २६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...