News Portal

  • राणाध्वज लामा एनआरएनए कुवेतको अध्यक्षमा निर्विरोध

    हिमालीसंचार संवाददाता
    ४२४ पटक

    कुवेत।
    गैर-आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कुवेतको सातौ महाधिवेशन हिजो २३ जुलाई शुक्रबारका दिन राणाध्वज लामालाई अध्यक्षमा निर्विरोध चयन गर्दै सम्पन्न भएको छ।

    कोभिड महामारीका कारण भौतिक रुपमा उपस्थित भएर हुन नसकेको कारण भर्चुवल माध्यमबाट भएको महाधिवेशन निवर्तवान अध्यक्ष सुजन केसीको सभापतित्वमा नेपाली दूतावास कुवेतका राजदुत दुर्गा प्रसाद भण्डारीको प्रमुख आतिथ्यमा, केन्द्रिय अध्यक्ष कुमार पन्त, केन्द्रिय उपाध्यक्ष बद्रि केसी, केन्द्रिय महासचिब हेमराज शर्मा, आईसीसी सदस्य यस्मीन वेगम, केन्द्रिय प्रवक्ता डीबी क्षेत्रि, सचिव आरके सुबेदी, कुवेतका आइसिसी सदस्य अमित चामलिङ, मानर्थ आइसिसी सदस्य सुरज मास्के, मध्यपूर्व महिला संयोजक सुमित्रा पौडेल, मध्यपुर्व संयोजक प्रविन गुरुङ्ग, उपसंयोजक जोन आर्याल, मध्यपुर्व युवा संयोजक राज रेग्मीलगायत विभिन्न देशका प्रतिनिधि र कुवेतमा रहेका संघ संस्था, पत्रकार, समाजसेवीलगायतको उपास्थिति रहेको थियो।

    २०२१ – २०२३ को कार्यकालको लागि नेतृत्व चयनमा निर्विरोध रुपमा आईसिसि सदस्यहरु हरि लावती र माधव पौडेललाई चयन गरिएको छ। अध्यक्षमा राणाध्वज लामा, उपाध्यक्षहरु क्रमसः उमेश पुडासैनी, माधव शाही, टिकाराम आचार्य र महिला उपाध्यक्षमा अमृता वान्तावालाई चयन गरिएको हो।

    महासचिवमा मानबहादुर तामाङ, सचिवमा जीवन कुमार विश्वकर्मा र मनिश केसी पनि निर्विरोध चयन भएका छन भने, कोषाध्यक्ष र सह-कोषाध्यक्षमा क्रमश: प्रेमप्रसाद गुरुङ र सोनाम लामालाई गरिएको छ। यसैगरि, युवा संयोजकमा नवराज पराजुली र दामोदार बटालालाई चयन गरिएको छ। सह-युवा संयोजकमा आङ्ग नुर्बु शेर्पा निर्विरोध चयन भएका हुन। महिला संयोजक र सह-संयोजकमा पनि रमिता योञ्जन र सजिना गुरुङ क्रमश: चयन भएका छन।

    निर्वाचित र मनोनित १२ कार्यसमिति सदस्यहरुमा विजय धामी, देवी बहादुर सुनुवार, रेशम लामा, सूर्य कुमार लामा, गीता तिवारी, मिलन कुमार तामाङ, जीवन सुनार, वेदनाथ हुमागाइँ, बसन्त साम्बा, हेमन्त नगरकोटी, सरोज बास्ताकोटी र जय नारायण माझी थारुलाई पनि निर्विरोध चयन गरिएको हो।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल मंसिर २५ गतेको राशिफल

    आज मंसिर २५, २०८२ (डिसेम्बर ११, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    रामनाथ अधिकारीले गरे निर्वाचन नलड्ने घोषणा

    धादिङ, — नेपाली कांग्रेस धादिङका सभापति तथा निवर्तमान प्रतिनिधि सभाका सदस्य, साथै नेपाल सरकारका पूर्व...

    यात्री समाज कुवेतको प्रथम अधिवेशन भव्य रूपमा सम्पन्न

    कुवेत, कुवेतकाे खैतानस्थित राजधानी होटलमा यात्री समाज कुवेतको दोस्रो वार्षिक उत्सव तथा प्रथम अधिवेशन उत्साहपूर्ण...

    गगन थापा चार जिल्लाबाट सिफारिस, काठमाडौं–४ नै थापाको पहिलो रोजाइ

    काठमाडौँ, मंसिर २४ – आगामी संघीय निर्वाचनका लागि नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई चार जिल्लाबाट...

    बहुविवाह मामिलामा डीएसपी मधु नेपाल पक्राउ, तीन दिनको म्याद थप

    बुटवल, मंसिर २४ – बहुविवाहको आरोपमा नवलपरासी पूर्वमा कार्यरत प्रहरी नायब उपरीक्षक मधु नेपाललाई रुपन्देही...