News Portal

मुख्यमन्त्री पोखरेल खोप लिएर पुगे गोरखाको चुमनुब्री

हिमालीसंचार संवाददाता
४५९ पटक

पोखरा।
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली नेतृत्वको टोली भेरोसेल खोप लिएर शुक्रबार गोरखाको उत्तरी गाउँपालिका चुमनुब्री पुगेको छ। उक्त गाउँपालिकाका लागि चाहिने ३ हजार खोप लिएर टोली हेलिकोप्टरमा गएको हो। चुमनुब्रीमा ३ हजार ५ सय खोप चाहिनेमा ५ सय जनाले यस अघि नै खोप लगाइसकेका छन्।

मुख्यमन्त्री पोखरेलले प्रदेशका सबै नागरिकलाई छिटोभन्दा छिटो खोप उपलब्ध गराउन प्रतिबद्ध रहेको त्यसका लागि बजेटको समेत प्रबन्ध गरिसकेको बताए। संघ सरकारमार्फत प्राप्त खोप प्रदेशको भण्डारण केन्द्रमा राखेर जिल्लाहरुमा पठाइएको र प्राथमिकता प्राप्त व्यक्तिहरुलाई उपलब्ध गराउने मुख्यमन्त्री पोखरेलले निर्देशन दिइसकेका छन्।

भण्डारण क्षमता कम भएका कारण प्रदेशबाट तत्काल जिल्लामा पठाउने र त्यसपछि पालिकाहरुमा पठाएर खोप लगाउने गरिएको छ। अहिले चुमनुब्री पठाइएको खोप ३ हजार जनालाई नै उपलब्ध गराइने छ। दोस्रो डोजका लागि फेरि प्रदेश सरकारले खोप पुर्याउने छ।

खोपका साथमा मुख्यमन्त्रीसहितको टोलीले मास्क, सेनिटाइजरलगायत स्वास्थ्य सामग्रीसमेत लगेको छ। टोलीमा स्वास्थ्य तथा जनसंख्या मन्त्री मधुमाया अधिकारी गुरुङ, ऊर्जा, सिँचाइ तथा जलस्रोत मन्त्री हरिशरण आचार्य, प्रमुख सचिव डा.दामोदर रेग्मी छन्। माउन्टेन चाइल्ड संस्थाको सहयोगमा हेलिकोप्टरमार्फत् खोप चुमनुब्री पुर्याइएको हो।

हेलिकोप्टरले पालिकाका ७ वटै वडाको केन्द्रमा खोप छाड्ने छ। बर्खा याममा बाढी पहिरोले बाटो बिगारेपछि एउटा वडाबाट अर्कोमा जान पनि समस्या रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा.विनोदविन्दु शर्माले बताए।

प्रतिकृया दिनुहोस्

पासवान परिवारलाई राहत सहयोग

चैत्र १५, मोरङ — मोरङको सुनबर्सी नगरपालिका–६ पटियापाडा स्थित पासवान टोलमा बसोबास गर्दै आइरहेका फुलुवा...

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...