News Portal

खोटाङमा निर्धारीत भन्दा बढी भाडा उठाउने व्यवसायी कारबाहीमा

हिमालीसंचार संवाददाता
५२८ पटक

खोटाङ – खोटाङमा कोभिड–१९ को महामारीका बेला यात्रुबाट बढी भाडा उठाउने यातायात व्यवसायीलाई जिल्ला प्रहरी कार्यालय खोटाङले  कारबाही गरेको छ।

कोरोना महामारीका समयमा जिल्लादेखि बाहिर जाने सवारी पास लिएका बा ४ ख २१२९ नम्बरको बस सञ्चालकले खोटाङबाट जिल्ला बाहिर जाने यात्रुबाट निर्धारण गरेभन्दा ३ सय रुपैयाँ बढी भाडा लिएको पाइएपछि कारबाही गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

खोटाङ यातायात प्रालिमा आवद्ध बसका सञ्चालकले दिक्तेलबाट काठमाण्डौ जाने यात्रुबाट प्रतियात्रु १ हजार २ सय रुपैयाँ भाडा लिनुपर्नेमा १ हजार ५ सय रुपैयाँ भाडा लिएको पाइएपछि बढी भाडा सम्वन्धित यात्रुलाई फिर्ता गराउदै सो बसका सञ्चालकलाई सवारी नियम अनुसार १ हजार ५ सय रुपैयाँ जरिवाना गरेर पुःन त्यस्तो गल्ति नदोहोर्‍याउने शर्तमा छाडिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता एवं प्रहरी निरिक्षक सागर शाहले हिमालीसंचार डटकमसंगको कुराकानीमा जानकारी दिए ।

खोटाङदेखि यात्रु लिएर काठमाण्डौ जाँदै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय खोटाङबाट खटिएका संयुक्त प्रहरी टोलीले आकस्मिक चेकजाँच गर्ने क्रममा बसमा सवार यात्रुबाट बढी भाडा लिइएको फेला परेको हो ।

खोटाङ जिल्लाबाट अतिआवश्यक कामका लागि जिल्ला बाहिर आवत–जावत गर्ने यात्रुलाई आर्थिक भार कम होस् भन्ने लक्ष्यका साथ जिल्ला प्रशासन कार्यालयले प्रतिव्यक्ति १ हजार २ सय रुपैयाँ बस भाडा निर्धारण गर्दै आवश्यक स्वास्थ्य मापदण्ड पालना गर्ने गरी बस संचालनका लागि सवारी पास उपलव्ध गराएको जनाइएको छ ।

कोरोना महामारीकाबिचमा सवारी पास पाएका सवारी साधनले यात्राका क्रममा चर्को भाडा असुल गर्ने गरेको यात्रुको गुनासो छ । 

प्रतिकृया दिनुहोस्

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...