News Portal

खोटाङमा निर्धारीत भन्दा बढी भाडा उठाउने व्यवसायी कारबाहीमा

हिमालीसंचार संवाददाता
४९८ पटक

खोटाङ – खोटाङमा कोभिड–१९ को महामारीका बेला यात्रुबाट बढी भाडा उठाउने यातायात व्यवसायीलाई जिल्ला प्रहरी कार्यालय खोटाङले  कारबाही गरेको छ।

कोरोना महामारीका समयमा जिल्लादेखि बाहिर जाने सवारी पास लिएका बा ४ ख २१२९ नम्बरको बस सञ्चालकले खोटाङबाट जिल्ला बाहिर जाने यात्रुबाट निर्धारण गरेभन्दा ३ सय रुपैयाँ बढी भाडा लिएको पाइएपछि कारबाही गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

खोटाङ यातायात प्रालिमा आवद्ध बसका सञ्चालकले दिक्तेलबाट काठमाण्डौ जाने यात्रुबाट प्रतियात्रु १ हजार २ सय रुपैयाँ भाडा लिनुपर्नेमा १ हजार ५ सय रुपैयाँ भाडा लिएको पाइएपछि बढी भाडा सम्वन्धित यात्रुलाई फिर्ता गराउदै सो बसका सञ्चालकलाई सवारी नियम अनुसार १ हजार ५ सय रुपैयाँ जरिवाना गरेर पुःन त्यस्तो गल्ति नदोहोर्‍याउने शर्तमा छाडिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता एवं प्रहरी निरिक्षक सागर शाहले हिमालीसंचार डटकमसंगको कुराकानीमा जानकारी दिए ।

खोटाङदेखि यात्रु लिएर काठमाण्डौ जाँदै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय खोटाङबाट खटिएका संयुक्त प्रहरी टोलीले आकस्मिक चेकजाँच गर्ने क्रममा बसमा सवार यात्रुबाट बढी भाडा लिइएको फेला परेको हो ।

खोटाङ जिल्लाबाट अतिआवश्यक कामका लागि जिल्ला बाहिर आवत–जावत गर्ने यात्रुलाई आर्थिक भार कम होस् भन्ने लक्ष्यका साथ जिल्ला प्रशासन कार्यालयले प्रतिव्यक्ति १ हजार २ सय रुपैयाँ बस भाडा निर्धारण गर्दै आवश्यक स्वास्थ्य मापदण्ड पालना गर्ने गरी बस संचालनका लागि सवारी पास उपलव्ध गराएको जनाइएको छ ।

कोरोना महामारीकाबिचमा सवारी पास पाएका सवारी साधनले यात्राका क्रममा चर्को भाडा असुल गर्ने गरेको यात्रुको गुनासो छ । 

प्रतिकृया दिनुहोस्

मानव ओसारपोसार मुद्दामा कुवेतमा कार्यरत जीवन परियारमाथि(भुसाल) पक्राउ पुर्जी जारी

काठमाडौं — वैदेशिक रोजगारसम्बन्धी ठगी कसूर मुद्दामा संलग्न दुई जनालाई पक्राउ गरी उपस्थित गराइदिन काठमाडौं उपत्यका...

गंगा–जमुना–१ मा साना बालबालिकालाई न्यानो कपडा सहयोग

धादिङ – धादिङ जिल्ला, गंगा–जमुना गाउँपालिका–१, किचेतस्थित देउराली आधारभूत विद्यालयमा ठोट्नेपानी संरक्षण, संवर्धन तथा विकास...

आज २०८२ साल पुष ८ गतेको राशिफल

आज पुष ८, २०८२ (डिसेम्बर २३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नुतन शैलीमा ऐतिहासिक चरीत्र- यशोधरा

काठमाडौं – यशोधरा महामानव, बौद्ध धर्मका प्रवर्तक तथा महान् त्यागी सिद्धार्थ गौतमकी पत्नी हुन्। प्रस्तुत...

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...