News Portal

जम्मु-कश्मीरमा चरमपन्थीसँगको झडपमा भारतीय सुरक्षाकर्मीको मृत्यु

हिमालीसंचार संवाददाता
५७१ पटक

एजेन्सी।
भारतको जम्मु-कश्मीरको पुलवामा जिल्लामा बिहीबार रातिदेखि चरमपन्थीसँगको झडपमा एक भारतीय सुरक्षाकर्मीको मृत्यु भएको छ। जम्मु-कश्मीरका डीजीपी दिलबाग सिंहले समाचार एजेन्सी एएनआईसँग भनेका छन्, ‘हामीले सेनाका एक हवल्दार इन्काउन्टरको क्रममा गुमाएका छौं।

प्रहरी, सेना र सीआरपीएफको टोलीले अब आफ्नो अपरेसन अन्त्य गर्ने तयारी गरिरहेका छन्। अहिले खोजी कार्य चलिरहेको छ। पीटीआईका अनुसार पुलवामाको राजपोरा क्षेत्रस्थित हन्जन गाउँमा चरमपन्थीहरु रहेको सूचनाको आधारमा उनीहरुलाई घेरा हालेर खोजीकार्य सुरु भएको एक प्रहरी अधिकारीले बताएका छन्।

उनका अनुसार चरमपन्थी समूहले सुरक्षाकर्मीहरुमाथि गोली चलाएको थियो। चरमपन्थीको आक्रमणपछि भारतीय सुरक्षाकर्मीले जवाफी कारबाही सुरु गरेको दाबी गरेको छ। जसको कारण खोजी अभियान दोहोरो झडपमा परिणत भएको थियो।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ७ गतेको राशिफल

आज पुष ७, २०८२ (डिसेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...