News Portal

सुनसरी समाज युएईद्वारा राहत वितरण

हिमालीसंचार संवाददाता
३५१ पटक

आरपी सहयात्री/सुनसरी – वैदेशिक रोजगारीको लागि युएई पुगेका सुनसरीबासीहरुले आफ्नो जिल्लामा रहेका अशक्तहरुलाई राहत वितरण गरेका छन् ।

सुनसरी समाज युएईको संयोजकत्वमा थालिएको राहत संकलन अभियान अन्तर्गत १८ जना शारीरिक र मानसिक रूपमा अशक्तहरुलाई चामल, तेल लगायतका खाद्यान्न वितरण गरिएको सुनसरी समाज युएईका अध्यक्ष सुरेन्द्र लामाले जानकारी दिएका छन् । 

अध्यक्ष लामाका अनुसार कोरोनाले आतंकित भएका जिल्लाबासीहरुको मनमा थोरै भए पनि खुसी बाँड्न यो अभियान चलाइएको थियो । यो अभियानमा प्रत्येक अशक्त जिल्लाबासीलाई २ हजार रुपैयाँ बराबरको खाद्य सामग्री प्रभावितहरुको घरमै पुगेर जून २७ र २८ गरेर २ दिनसम्म वितरण गरिएको थियो ।

वितरणकार्यमा सुनसरी समाज युएईका पुर्व अध्यक्ष देविका आचार्य, पुर्व महासचिव राम आचार्य, कोसाध्यक्ष सुशील श्रेष्ठ   लगायतका पुर्वपदाधिकारीहरुको उपस्थिति थियो ।

यसरी राहत पाउनेहरुमा वसन्त आले, ६५ बर्षका असक्त भई हिँडडुल गर्न नसक्ने बराहाक्षेत्र्-१०, सुनसरीका वसन्त आले, बराहक्षेत्र-१ चताराका डिल्लिराम भूजेललगायतका १८ जना रहेको  राहत संकलन अभियान संयोजक सरु कटवालले जानकारी दिएकी छन् ।

त्यस्तै, ढाड कुद्रो भएकोले हिँडडुल गर्न नसक्ने ५८ वर्षकी बेदमाया चौहान, दुईटाई खुट्टा नचल्ने अरुको सहारामा बाच्नु पर्ने बराहक्षेत्र – ११ का अशक्त ४५ वर्षका बुद्धिमान उराउ, बराहक्षेत्र -९ कि ४० वर्सिय लक्ष्मी घिमिरे पनि रहेकी छिन् ।

वराहाक्षेत्र – ९, कि ४८ वर्षकी चन्चला कबिरथ, ३६ वर्षकी संगीता राईले पनि राहत सामग्री प्राप्त गरेका छन् । त्यसैगरी भुद्री चौधरी, भोजराज चौधरी, सन्तोष कुमार चौधरी,आशिष राई, निसा परियार, पायल अग्रवाल, प्रमोद सरदार, सुरज चौधरी, चौंठनी चौंधरी, चन्दन धामी, शिव बहादुर सुइयाल गरी जम्मा १८ जनालाई राहत वितरण गरिएको जानकारी संयोजक कटवालले दिएकी छन् ।

यसरी दिएका सामग्रीमा बोरा चामल २५ केजी, तेल २ लिटर, नुन १ केजी, साबुन २ डल्ला, स्विस्ट बिस्कुट १ बक्स, दाल २ केजी,न्युटेला १ प्याकेट र सेनिटाइजर १ थान रहेका छन् । 

राहत वितरणमा पुर्व अध्यक्ष देविका आचार्यको नेतृत्वमा, राम आचर्य,सुशील कुमार श्रेष्ठ,  दिपिका काफ्ले,अर्जुन बस्नेत, फडिन्द्र अधिकारी, सीता माया तामाङ श्रेष्ठ, राम भक्त राई , गणेश तामाङ र राधा आचार्यले सहभागिता जनाएर राहत वितरण कार्यलाई व्यवस्थित बनाएका थिए ।

यो अभियान सफल पार्न युएईबाट संथापक रोहित बस्नेत, अध्यक्ष सुरेन्द्र लामा, प्रमुख सल्लाहकार भोला ढकाल दुर्गा अधिकारी, सबिना पराजुली, तिलकबहादुर कार्की अरुण शर्मा, सरु कटुवाल,पेसल नेपाल, रुद्र कार्की, देबेन्द्र कटुवाल बासुरी, ईन्द्र बिस्ट, मदन पोख्रेल, राजु श्रेष्ठ, दिनेश प्र.न्यौपाने, सुशील श्रेष्ठ, निर्मला राई  मनिश लोप्चन, सोनी भन्डारी, सुमन पराजुली, अशोक राई, नारायण गिरी, अनन्त भट्टराई, खेम श्रेष्ठ, देबिका आचार्य,भेषराज पराजुली, नेत्रप्रसाद निरौला, रबिकुमार गिरी, हेलन राई, भिम प्र.राजबंशि, मुकेश शर्मा, भवानी माङ्मु र राधा आचार्यले प्रत्यक्ष आर्थिक सहयोग गरेका थिए ।

यो अभियानलाई सफल बनाउन प्रत्यक्ष, अप्रत्यक्ष आर्थिक भौतिक र न्यायिक रुपमा साथ र सहयोग  गर्नुहुने सम्पुर्ण महानुभावहरू प्रति सुनसरी समाज युएईले उच्च सम्मानका साथ हार्दिक नमन व्यक्त गरेको अध्यक्ष सुरेन्द्र लामाले जानकारी दिएका छन् ।

प्रतिकृया दिनुहोस्

मानव ओसारपोसार मुद्दामा कुवेतमा कार्यरत जीवन परियारमाथि(भुसाल) पक्राउ पुर्जी जारी

काठमाडौं — वैदेशिक रोजगारसम्बन्धी ठगी कसूर मुद्दामा संलग्न दुई जनालाई पक्राउ गरी उपस्थित गराइदिन काठमाडौं उपत्यका...

गंगा–जमुना–१ मा साना बालबालिकालाई न्यानो कपडा सहयोग

धादिङ – धादिङ जिल्ला, गंगा–जमुना गाउँपालिका–१, किचेतस्थित देउराली आधारभूत विद्यालयमा ठोट्नेपानी संरक्षण, संवर्धन तथा विकास...

आज २०८२ साल पुष ८ गतेको राशिफल

आज पुष ८, २०८२ (डिसेम्बर २३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नुतन शैलीमा ऐतिहासिक चरीत्र- यशोधरा

काठमाडौं – यशोधरा महामानव, बौद्ध धर्मका प्रवर्तक तथा महान् त्यागी सिद्धार्थ गौतमकी पत्नी हुन्। प्रस्तुत...

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...