News Portal

मोरङको रंगेली बस पार्कमा रहेको ईलाका प्रशासन कार्यालय शुक्रवारेको नयाँ घरमा स’यो

हिमालीसंचार संवाददाता
४११ पटक

रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालिका वडा नम्बर ७ स्थित बसपार्कमा रहेको ईलाका प्रशासन कार्यलय रंगेली ७ कै शुक्रवारे स्थित आदर्श टोलमा सरेको छ ।

हुलाकी सडक निर्माण भएपछि बसपार्कमा रहेको प्रशासन कार्यलयमा सेवा ग्राहीहरुका लागि बस्ने तथा पार्किङको समेत ब्यवस्थापन नभएको हुनाले बसपार्कबाट शुक्रबारेमा सारिएको ईलाका प्रशासन कार्यलय रंगेलीका प्रमुख सुनिल पौडेलले बताए ।   

शुक्रबारेमा रहेको ईशान्त फर्मेसीका संचालक अजय कुमार मंण्डलले आफू बस्नका लागि एसी सहितको ५ वटा कोठा सहित हल तथा कार्यलय प्रमुखको लागि आवास कक्ष र सेवा ग्राहिका लागि पार्किङ सहित निर्माण गरिएको घरमा ईलाका प्रशासन सरेको हो । 

अजयले एक करोडको लागतमा घर निर्माण  गरेर आफू बसोबास गर्ने भने पनि उनले गाउँको बिकासकालाई ईलाका प्रशासन  कार्यलयलाई उक्त घर भाडामा दिएका हुन । उनले भने पहिचानबाट लोप हुन अवस्थामा रहेको शुक्रवारेलाई पुनः जगाउनका लागि आफुले प्रशासनलाई दिएको उनले बताए ।  

शुक्रवारे ईलाका प्रशासनको कार्यलय आएपछि सो गाउँका स्थानीयहरु खुशीले हर्षित भएको स्थानीय राजेश आचार्यले बताए। कोरोना भाईरसका कारण निषेधाज्ञा कारण बन्द रहेको प्रशासनको सम्पूर्ण काम काज १४ गतेदेखि संचालनमा आएको र ईलाका  प्रशानबाट रंगेली नगरपालिका,  सुनवर्सी नगरपालिका, रतुवामाई नगरपालिका र धनपालथना गाउँपालिकाको केही वडा तथा कनेपोखरी गाउँपालिकाको वडा नम्बर १ का स्थानीयहरुलाई सेवा दिदै आईरहेको कार्यलय प्रमुख सुनिल पौडेलले बताए ।

प्रतिकृया दिनुहोस्

सुन्दर आधारभूत विद्यालयको ३६औँ वार्षिक उत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

धादिङ — गंगाजमुना गाउँपालिका वडा नम्बर ५ स्थित सुन्दर आधारभूत विद्यालयको ३६औँ वार्षिक उत्सव तथा...

आज २०८२ साल माघ २४ गतेको राशिफल

आज माघ २४, २०८२ ( फेब्रुअरी ७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कास्कीमा कांग्रेस सभापति थापाको कार्यकर्ता सम्वोधन: ‘अबकी बार सय पार’ नारा दिनुहोस्

कास्की, माघ २३ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शुक्रबार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन...

चितवन–२ मा रवि र कांग्रेस उम्मेदवार खरेलबीच भेटघाट, स्वच्छ र सम्मानजनक प्रतिस्पर्धाको प्रतिबद्धता

काठमाडौं, २३ माघ – प्रतिनिधिसभा निर्वाचनअन्तर्गत चितवन–२ मा प्रतिस्पर्धामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि...

मेडिकल व्यवसायी दुर्गा प्रसाईं चाल्नाखेलबाट नियन्त्रणमा

काठमाडौँ, माघ २३ – मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’...