News Portal

मोरङको रंगेली बस पार्कमा रहेको ईलाका प्रशासन कार्यालय शुक्रवारेको नयाँ घरमा स’यो

हिमालीसंचार संवाददाता
४०० पटक

रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालिका वडा नम्बर ७ स्थित बसपार्कमा रहेको ईलाका प्रशासन कार्यलय रंगेली ७ कै शुक्रवारे स्थित आदर्श टोलमा सरेको छ ।

हुलाकी सडक निर्माण भएपछि बसपार्कमा रहेको प्रशासन कार्यलयमा सेवा ग्राहीहरुका लागि बस्ने तथा पार्किङको समेत ब्यवस्थापन नभएको हुनाले बसपार्कबाट शुक्रबारेमा सारिएको ईलाका प्रशासन कार्यलय रंगेलीका प्रमुख सुनिल पौडेलले बताए ।   

शुक्रबारेमा रहेको ईशान्त फर्मेसीका संचालक अजय कुमार मंण्डलले आफू बस्नका लागि एसी सहितको ५ वटा कोठा सहित हल तथा कार्यलय प्रमुखको लागि आवास कक्ष र सेवा ग्राहिका लागि पार्किङ सहित निर्माण गरिएको घरमा ईलाका प्रशासन सरेको हो । 

अजयले एक करोडको लागतमा घर निर्माण  गरेर आफू बसोबास गर्ने भने पनि उनले गाउँको बिकासकालाई ईलाका प्रशासन  कार्यलयलाई उक्त घर भाडामा दिएका हुन । उनले भने पहिचानबाट लोप हुन अवस्थामा रहेको शुक्रवारेलाई पुनः जगाउनका लागि आफुले प्रशासनलाई दिएको उनले बताए ।  

शुक्रवारे ईलाका प्रशासनको कार्यलय आएपछि सो गाउँका स्थानीयहरु खुशीले हर्षित भएको स्थानीय राजेश आचार्यले बताए। कोरोना भाईरसका कारण निषेधाज्ञा कारण बन्द रहेको प्रशासनको सम्पूर्ण काम काज १४ गतेदेखि संचालनमा आएको र ईलाका  प्रशानबाट रंगेली नगरपालिका,  सुनवर्सी नगरपालिका, रतुवामाई नगरपालिका र धनपालथना गाउँपालिकाको केही वडा तथा कनेपोखरी गाउँपालिकाको वडा नम्बर १ का स्थानीयहरुलाई सेवा दिदै आईरहेको कार्यलय प्रमुख सुनिल पौडेलले बताए ।

प्रतिकृया दिनुहोस्

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, पुष ७ – अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ।...

विपद् पूर्वतयारीलाई अझ प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल

काठमाडौं, पुष ७ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा विपद् व्यवस्थापनलाई अझ व्यवस्थित, व्यापक र प्रभावकारी...

अनुमतिविना माइतीघरमा प्रदर्शन, मिराज ढुंगाना समूहलाई प्रहरीले हटायो

काठमाडौं, पुष ७ – अनुमति नलिई माइतीघरमा प्रदर्शनमा उत्रिएको मिराज ढुंगाना नेतृत्वको समूहलाई प्रहरीले त्यहाँबाट...

आज २०८२ साल पुष ७ गतेको राशिफल

आज पुष ७, २०८२ (डिसेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...