News Portal

एटिएम तोडफोड गरेको आरोपमा मोरङमा एकजना युवा पक्राउ

हिमालीसंचार संवाददाता
४०५ पटक

मोरङ – बुढीगंगा गाउँपालिका-३ टंकी चोकस्थित एनआईसी एशिया बैंकको एटीएम तोडफोड गरेको आरोपमा प्रहरीले एकजना युवालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुनसरी दुहबी नगरपालिका-९ घर भएका २४ वर्षीय मो. ईम्तियाज रहेका छन् । उक्त एटिएम तोडफोड गर्दै गरेको अवस्थामा उनलाई सिआरभी पोष्ट बाँसबारीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका उनको साथबाट प्रहरीले १ थान ताला फोड्न प्रयोग भएको हथौडा, १ थान पेचकस, १ थान छिनो र को.३९ प ४८६४ नम्बरको मोटरसाइकल समेत बरामद गरेको हो । साथै उक्त कार्यमा संलग्न सोही ठाउँ बस्ने २५ वर्षीय मो.अनिस हुसेन फरार रहेकाले प्रहरीले खोजी गरिरहेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको  छ ।

प्रतिकृया दिनुहोस्

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, पुष ७ – अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ।...

विपद् पूर्वतयारीलाई अझ प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल

काठमाडौं, पुष ७ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा विपद् व्यवस्थापनलाई अझ व्यवस्थित, व्यापक र प्रभावकारी...

अनुमतिविना माइतीघरमा प्रदर्शन, मिराज ढुंगाना समूहलाई प्रहरीले हटायो

काठमाडौं, पुष ७ – अनुमति नलिई माइतीघरमा प्रदर्शनमा उत्रिएको मिराज ढुंगाना नेतृत्वको समूहलाई प्रहरीले त्यहाँबाट...

आज २०८२ साल पुष ७ गतेको राशिफल

आज पुष ७, २०८२ (डिसेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...