News Portal

दिक्तेल रुपाकोट मझुवागढीका वडाध्यक्षहरुद्वारा नगर बैठक बहिष्कार

हिमालीसंचार संवाददाता
३२० पटक

खोटाङ – दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख दिपनारायण रिजालले आगामी आर्थिक वर्षका लागि कार्य योजनाको शीर्षक र स्थान नतोकी ४ करोड ३१ लाख रुपैयाँ छुट्याउन खोजेपछि वडाअध्यक्षहरुले नगर कार्यपालिकाको बैठक बहिष्कार गरेका छन् ।

नेकपा एमाले (ओली समूह) का नेतासमेत रहेका नगरप्रमुख रिजालले आफ्नो कार्यकर्ता तथा आसेपासेहरुलाई आफूखुसी बजेट बाँड्ने मनसायले सो बजेट छुट्याउन खोजेको आरोप लगाउँदै नगरपालिका भित्रका १५ वटा वडामध्ये ९ वटा वडाका वडाअध्यक्षहरु साथै दुई कार्यपालिकाको सदस्यहरुले बैठक बहिष्कार गरेका हुन् ।

गत असार ८ गते आर्थिक वर्ष २०७८/७९ सालको बजेट तर्जुमा गर्ने क्रममा नगरप्रमुख रिजालले ४ करोड ३१ लाख रुपैयाँ शीर्षकविहीन बजेट छुट्याउने प्रस्ताव ल्याएका थिए ।

नगरका वडाअध्यक्षहरुले योजनाको नाम र प्रस्तावित बजेट खर्च हुने स्थान तोक्न पटकपटक माग गर्दा पनि नगरप्रमुख रिजालले एकमुष्ट बजेट पारित गर्न खोजेपछि उनीहरुले बैठक बहिष्कार गरेका हुन् । बैठक बहिष्कार गरेपछि वडाअध्यक्षसहित ११ जना जनप्रतिनिधिहरुले हिजै संयुक्त विज्ञप्ति समेत निकालेका छन् ।

बैठक बहिष्कार गर्ने वडाहरुमा वडा नं १ का अध्यक्ष टंकप्रसाद आचार्य, वडा नं २ का अध्यक्ष ललितकुमार राई, वडा नं ५ का अध्यक्ष निर्मल राई, वडा नं ६ का अध्यक्ष माधव राई, वडा नं ७ का अध्यक्ष महन्तकुमार राई, वडा नं १० का अध्यक्ष मुगाधन राई, वडा नं ११ का अध्यक्ष रामचन्द्र राई, वडा नं १२ का अध्यक्ष विकास राई, वडा नं १३ का अध्यक्ष भीम राई र कार्यपालिका सदस्य गंगा विक र कृष्णमाया परियारले नगरप्रमुख रिजालविरुद्ध संयुक्त विज्ञप्ति समेत निकालेका छन् ।

प्रतिकृया दिनुहोस्

सुन्दर आधारभूत विद्यालयको ३६औँ वार्षिक उत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

धादिङ — गंगाजमुना गाउँपालिका वडा नम्बर ५ स्थित सुन्दर आधारभूत विद्यालयको ३६औँ वार्षिक उत्सव तथा...

आज २०८२ साल माघ २४ गतेको राशिफल

आज माघ २४, २०८२ ( फेब्रुअरी ७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कास्कीमा कांग्रेस सभापति थापाको कार्यकर्ता सम्वोधन: ‘अबकी बार सय पार’ नारा दिनुहोस्

कास्की, माघ २३ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शुक्रबार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन...

चितवन–२ मा रवि र कांग्रेस उम्मेदवार खरेलबीच भेटघाट, स्वच्छ र सम्मानजनक प्रतिस्पर्धाको प्रतिबद्धता

काठमाडौं, २३ माघ – प्रतिनिधिसभा निर्वाचनअन्तर्गत चितवन–२ मा प्रतिस्पर्धामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि...

मेडिकल व्यवसायी दुर्गा प्रसाईं चाल्नाखेलबाट नियन्त्रणमा

काठमाडौँ, माघ २३ – मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’...