News Portal

मोरङमा ब्राउन सुगर र लागुऔषध सहित ५ जना युवा पक्राउ

हिमालीसंचार संवाददाता
२७५ पटक

रबिन्द्र बराल/मोरङ – मोरङको सुनवर्सी नगरपालिका-८ विश्वकर्मा चौकबाट लागूऔषध ब्राउन सुगर सहित ३ जनालाई रंगेली प्रहरीले  पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुनसरी ईटहरी-७ का ३५ बर्षीय सुजन भन्ने ललित चौधरी, मोरङ कानेपोखरी-७ का २० बर्षीय महेश चौधरी र १९ बर्षीय भत्तेल भन्ने समिर चौधरी रहेको प्रहरीले जनाएको छ।

सोमबार बेलुका साढे ७ बजे प्रहरी चौकी झपडतलबाट खटिएको प्रहरी टोलीले दक्षिणबाट आउदै गरेको तिन जना सवारी चेक जाँच गर्ने क्रममा उनी हरु लाई पक्राउ गरेको हो । प्रहरीले रहेको प्रदेश नम्बर १-०२-०४५ प ३९७३ नम्बरको मोटरसाईकल चेकजाँच गर्दा उनीहरुको साथबाट १४ ग्राम लागूऔषध ब्राउन सुगर सहित पक्राउ परेका प्रहरीले बताएको छ । 

त्यस्तै, प्रहरीले सोही स्थानबाट राती ९ बजे प्रहरी चौकी सिक्टीबाट खटिएको प्रहरी टोलीले लागूऔषध सहित २ जना युवालाई प्रहरीको टोलीले पक्राउ गरेका छन् । पक्राउ पर्नेमा मोरङ पथरी शनिश्चरे नगरपालिका ४ का २५ बर्षीय प्रकाश लिम्बु, २० बर्षीय बिमल तामाङ रहेका प्रहरीले जनाएको छ ।

उनीहरु दक्षिणबाट आउदै गरेको को ४ प ९१८० नम्वरको मोटरसाईकलमा सवार उनीहरुको साथबाट Diazelab १० पिस 2 ml फेनारगन १० पिस २ ml, IPEL१० पिस र ट्रमोल २०० ट्याब्लेट फेलापारी मोटरसाईकल सहित पक्राउ गरिएको हो । पक्राउ परेका ५ जना युवालाई इलाका प्रहरी कार्यालय रंगेलीमा लगि थप अनुन्धान गरिरहेको प्रहरी निरिक्षक अनमोल खड्काले बताए ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ८ गतेको राशिफल

आज पुष ८, २०८२ (डिसेम्बर २३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नुतन शैलीमा ऐतिहासिक चरीत्र- यशोधरा

काठमाडौं – यशोधरा महामानव, बौद्ध धर्मका प्रवर्तक तथा महान् त्यागी सिद्धार्थ गौतमकी पत्नी हुन्। प्रस्तुत...

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, पुष ७ – अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ।...

विपद् पूर्वतयारीलाई अझ प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल

काठमाडौं, पुष ७ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा विपद् व्यवस्थापनलाई अझ व्यवस्थित, व्यापक र प्रभावकारी...