News Portal

ज्वाला संग्रौलालाई तीन दिन हिरासतमा राख्न अनुमति

हिमालीसंचार संवाददाता
३७७ पटक

काठमाडौ – आफूलाई अभियन्ता बताउने ज्वाला संग्रौलालाई तीन दिन हिरासतमा राख्न प्रशासनले अनुमति दिएको छ। अभद्र व्यवहार सम्बन्धी कसूरमा अनुसन्धानका लागि हिरासतमा राख्न जिल्ला प्रशासन कार्यालय, काठमाडौंले अनुमति दिएको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले काठमाडौं प्रहरी आएको माग अनुसार अनुसन्धानका लागि अनुमति दिइएको बताए । संग्रौलासँगै उनका पति हिमाल उपाध्याय र शर्मिला वाइवालाई पनि थुनामा राख्न अनुमति दिइएको छ ।

युवा संघकी नेतृ खुश्बु (नविता) घिमिरेले दिएको किटानी जाहेरीका आधारमा संग्रौला पक्राउ परेकी थिइन्। घिमिरेमाथि एक महिनाअघि संग्रौलाले प्रहरी वृत्त, गौशालामा कुटपिट गरेको जाहेरीमा भनिएको छ ।

संग्रौलाले महाराजगञ्ज प्रहरीका असई मणिकान्त झालाई रंगभेदी अभिव्यक्ति दिएर दुर्व्यवहार गरेपछि पुरानो घटना पनि सतहमा आएको थियो । र, प्रहरीले उनको खोजी थालेको थियो ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ८ गतेको राशिफल

आज पुष ८, २०८२ (डिसेम्बर २३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नुतन शैलीमा ऐतिहासिक चरीत्र- यशोधरा

काठमाडौं – यशोधरा महामानव, बौद्ध धर्मका प्रवर्तक तथा महान् त्यागी सिद्धार्थ गौतमकी पत्नी हुन्। प्रस्तुत...

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, पुष ७ – अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ।...

विपद् पूर्वतयारीलाई अझ प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल

काठमाडौं, पुष ७ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा विपद् व्यवस्थापनलाई अझ व्यवस्थित, व्यापक र प्रभावकारी...