News Portal

मोरङको रंगेलीमा सशस्त्र प्रहरी बिओपीले भवन उद्धाटन ग’यो

हिमालीसंचार संवाददाता
४२० पटक

रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालिका-५, स्थित घनापट्टिमा सशस्त्र प्रहरी बल नेपाल बिओपी धनापट्टीको नव निर्मित भवन एक कार्यक्रमको आयोजना गरेर उद्घाटन गरिएको छ।

नेपालको बोर्डर आउट पोष्ट स्थापना गर्ने नेपाल सरकारको नीति तथा सिमा सुरक्षाको लागि रंगेलीमा थप बिओपी स्थापना  गरिएको हो । कार्यक्रममा प्रमुख अतिथि तथा अथितिहरुले सिला लेखको अनवरण गर्नुका साथै कम्पाउन्ड भित्र बृक्षारोपण समेत गरेका छन् । 

भवन उद्घाटनमा रंगेली नगरपालीकाको नगर प्रमुख दिलिप कुमार बगडिया सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह बाहीनीका बाहीनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक बंशीराज दाहाल, सशत्र प्रहरीका एसपी तिर्थ पौडेल, नगरपालिकाका कर्याकारी अधिकृत टोम प्रसाद सुवेदी, ईलाका प्रहरी कार्यलय रंगेलीका प्रहरी निरिक्षक अनमोल खड्का, बिओपी रंगेलीका प्रहरी निरिक्षक  कमल बहादुर अधिकारी, रंगेली अस्पतालका मेसु रोहेन्द्र पाण्डे, समाजसेवी मनोज कुमार अग्रवाल, बिनोद कुमार मण्डल, लगायतको उपस्थिति समेत रहेको थियो।

भवन निर्माणका लागि स्थानीय  राकेश मण्डलले  ४ कठ्ठा, शंकर कुमार मण्डलबाट १ कठ्ठा तथा मोहनलाल मण्डलबाट १ कठ्ठा गरी ६  कठ्ठामा सशस्त्र प्रहरी बल नेपाल बिओपी स्थापना गरिएको हो ।  उक्त भवन २०७७ साल माघ १७ गते शिलन्यास गरेर २०७८/असार ७ गते  सम्पन्न भएको छ ।  

नव निर्मित भवनमा ४ कोठा, १ ब्यारेक र स्टोर रुम सहीतको किचन तथा मेश समेत निर्माण गरिएको छ। भवन निर्माणकार्यका लागि  रंगेली नगरपालिकाबाट १६ लाख रुपैयाँ तथा समाजसेवी मनोज कुमार अग्रवालले ३ कोठाको छत ढलान सहित शौचालय तथा जस्ता पता र स्नान  घर तथा अन्य समाजसेवीहरुको सहयोगमा उक्त भवन निर्माणकार्य सम्मपन्न भएको हो। ३५ लाख रुपैयाँ बराबरको लागतमा भवन निर्माण सम्पन्न गरिएको प्रहरी निरिक्षक  कमल बहादुर अधिकारीले बताए ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ २४ गतेको राशिफल

आज माघ २४, २०८२ ( फेब्रुअरी ७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कास्कीमा कांग्रेस सभापति थापाको कार्यकर्ता सम्वोधन: ‘अबकी बार सय पार’ नारा दिनुहोस्

कास्की, माघ २३ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शुक्रबार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन...

चितवन–२ मा रवि र कांग्रेस उम्मेदवार खरेलबीच भेटघाट, स्वच्छ र सम्मानजनक प्रतिस्पर्धाको प्रतिबद्धता

काठमाडौं, २३ माघ – प्रतिनिधिसभा निर्वाचनअन्तर्गत चितवन–२ मा प्रतिस्पर्धामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि...

मेडिकल व्यवसायी दुर्गा प्रसाईं चाल्नाखेलबाट नियन्त्रणमा

काठमाडौँ, माघ २३ – मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’...

आज २०८२ साल माघ २३ गतेको राशिफल

आज माघ २३, २०८२ ( फेब्रुअरी ६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...