News Portal

मोरङको रंगेलीमा सशस्त्र प्रहरी बिओपीले भवन उद्धाटन ग’यो

हिमालीसंचार संवाददाता
४०२ पटक

रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालिका-५, स्थित घनापट्टिमा सशस्त्र प्रहरी बल नेपाल बिओपी धनापट्टीको नव निर्मित भवन एक कार्यक्रमको आयोजना गरेर उद्घाटन गरिएको छ।

नेपालको बोर्डर आउट पोष्ट स्थापना गर्ने नेपाल सरकारको नीति तथा सिमा सुरक्षाको लागि रंगेलीमा थप बिओपी स्थापना  गरिएको हो । कार्यक्रममा प्रमुख अतिथि तथा अथितिहरुले सिला लेखको अनवरण गर्नुका साथै कम्पाउन्ड भित्र बृक्षारोपण समेत गरेका छन् । 

भवन उद्घाटनमा रंगेली नगरपालीकाको नगर प्रमुख दिलिप कुमार बगडिया सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह बाहीनीका बाहीनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक बंशीराज दाहाल, सशत्र प्रहरीका एसपी तिर्थ पौडेल, नगरपालिकाका कर्याकारी अधिकृत टोम प्रसाद सुवेदी, ईलाका प्रहरी कार्यलय रंगेलीका प्रहरी निरिक्षक अनमोल खड्का, बिओपी रंगेलीका प्रहरी निरिक्षक  कमल बहादुर अधिकारी, रंगेली अस्पतालका मेसु रोहेन्द्र पाण्डे, समाजसेवी मनोज कुमार अग्रवाल, बिनोद कुमार मण्डल, लगायतको उपस्थिति समेत रहेको थियो।

भवन निर्माणका लागि स्थानीय  राकेश मण्डलले  ४ कठ्ठा, शंकर कुमार मण्डलबाट १ कठ्ठा तथा मोहनलाल मण्डलबाट १ कठ्ठा गरी ६  कठ्ठामा सशस्त्र प्रहरी बल नेपाल बिओपी स्थापना गरिएको हो ।  उक्त भवन २०७७ साल माघ १७ गते शिलन्यास गरेर २०७८/असार ७ गते  सम्पन्न भएको छ ।  

नव निर्मित भवनमा ४ कोठा, १ ब्यारेक र स्टोर रुम सहीतको किचन तथा मेश समेत निर्माण गरिएको छ। भवन निर्माणकार्यका लागि  रंगेली नगरपालिकाबाट १६ लाख रुपैयाँ तथा समाजसेवी मनोज कुमार अग्रवालले ३ कोठाको छत ढलान सहित शौचालय तथा जस्ता पता र स्नान  घर तथा अन्य समाजसेवीहरुको सहयोगमा उक्त भवन निर्माणकार्य सम्मपन्न भएको हो। ३५ लाख रुपैयाँ बराबरको लागतमा भवन निर्माण सम्पन्न गरिएको प्रहरी निरिक्षक  कमल बहादुर अधिकारीले बताए ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ८ गतेको राशिफल

आज पुष ८, २०८२ (डिसेम्बर २३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नुतन शैलीमा ऐतिहासिक चरीत्र- यशोधरा

काठमाडौं – यशोधरा महामानव, बौद्ध धर्मका प्रवर्तक तथा महान् त्यागी सिद्धार्थ गौतमकी पत्नी हुन्। प्रस्तुत...

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, पुष ७ – अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ।...

विपद् पूर्वतयारीलाई अझ प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल

काठमाडौं, पुष ७ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा विपद् व्यवस्थापनलाई अझ व्यवस्थित, व्यापक र प्रभावकारी...