आज : २०२६-०६-०८, सोमबार

मोरङको रंगेलीमा सडकको दायाँबायाँ किनारामा बृक्षारोपण

रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालिकाले बजार क्षेत्रमा  सडकको दायाँबायाँ बजारको सौन्दर्यता बढाउने उदेश्यले बजार क्षेत्रमा बृहत वृक्षारोपण सुरु गरेको छ ।

वृक्षारोपण अभियानमा रंगेली नगरपालिका मेयर दिलिप वगडियाले वृक्ष रोपण गर्दै कार्यक्रमको शुरुवात गरेका छन ।  नगरले नेपाल-भारत बोडर प्रवेश क्षेत्र चोप्राह हुदै निचामारी बक्राह पुल सम्मको सडक खण्डमा करिव ४ किलोमिटर क्षेत्रमा वृक्षारोपण गर्ने सुरु गरेको हो । 

मेयर वगडीयाले वातावरण मैत्री र बजारको सौन्दर्यता संगै बोटविरुवाले अक्सीजन दिने हुदा नगरबासीको स्वास्थ्यलाई समेत राम्रो हुने उद्देश्यले नगरपालिकाले बृक्षारोपण कार्यक्रम सुचारु गरेको हो। उपभोक्ता समितिका अध्यक्ष मनोज कुमार अग्रवालले सडकको दाया बाया दुवै तर्फ बजारलाई सौन्दर्यता दिने र वातावरणलाई स्वच्छ राख्न विभिन्न प्रजातिका विरुवाहरु रोप्नो योजना रहेको बताए ।  

वन तथा भु संरक्षण विभाग र रंगेली नगरपालिकाको साझेदारी र  रंगेली नगरपालिकाको ३० प्रतिशत लगानी सहित करिव ५९ लाख ८९ हजार ३ सय २५ रुपैयाको लगानीमा बृक्षारोपण सुरु गरिएको हो ।

सो क्षेत्रमा करिव १ हजार ६ सय विरुवा रोपिने र विरुवाको सुरक्षाको लागि फलामे तारजाली सहित व्यवस्थित गरिएको  समितिका उपाध्यक्ष शिशुपाल यादवले बताए । सो सडक खण्डमा ५ मिटरको दुरीमा मेन्गो स्ट्रीप, गुलमोहर, निम, शिरीष  कपुर, ज्याक्यारेन्डा लगायतको विरुवा रोप्ने कार्यक्रम रहेको छ ।