News Portal

प्रदीप ज्ञवालीले गराएका बदनाम निर्णयमा सर्वाेच्च अदालतबाट ‘ब्रेक’

हिमालीसंचार संवाददाता
५९३ पटक

काठमाडौं।
परराष्ट्रमन्त्री पदबाट हट्नुभन्दा केही दिन अघि प्रदीप ज्ञवाली मन्त्रिपरिषद् बैठकमा प्रस्ताव लगेर गराएको राजदूत नियुक्तिका लागि शैक्षिक योग्यता स्नातक नभएपनि हुने निर्णयमा सर्वाेच्च अदालतले ‘ब्रेक’ लगाइदिएको छ। ज्ञवालीको प्रस्तावमा मन्त्रिपरिषद् बैठकले नेपाल सरकारको मन्त्री भइसकेका व्यक्तिको हकमा शैक्षिक योग्यता स्नातक नभएपनि हुने निर्णय गरेको थियो।

यस्तो बदनाम निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वाेच्च अदालतले सरकारका नाममा अन्तरिम आदेश दिएको छ। गत बैशाख २५ गते मन्त्रिपरिषद्बाट निर्देशिका संशोधन गर्दै शैक्षिक योग्यताको प्रावधान संशोधन गरिएको थियो।

अन्य व्यक्तिका हकमा स्नातक उपाधि अनिवार्य भएपनि मन्त्री भइसकेका व्यक्तिको हकमा स्नातक उपाधि आवश्यक नपर्ने गरी निर्देशिका संशोधन भएपनि सर्वाेच्चमा रिट परेको थियो। सर्वाेच्चका न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले शुक्रबार संशोधित निर्देशिकाको शैक्षिक योग्यता सम्बन्धी व्यवस्था कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ।

सरकारले मन्त्रिपरिषद्बाट निर्देशिका संशोधन गरेर विभिन्न ११ देशका राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ। अदालतले मन्त्रीलाई स्नातक नभएपनि हुने व्यवस्था  संविधानले प्रत्याभूत गरेको समानताको हक विपरीत भएकाले कार्यान्वयन नगर्न/नगराउन अन्तरिम आदेश दिएको छ।

प्रतिकृया दिनुहोस्

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...