News Portal

राजकुमार लेखीलाई हराउँदै थाकसमा धनीराम निर्वाचित

हिमाली संचार संवाददाता
७४२ पटक

काठमाडाैं – थारु कल्‍याणकारिणी सभा (थाकस)को २२ औं महाधिवेशनबाट अध्‍यक्षमा धनीराम चौधरी निर्वाचित भएका छन्। धनीरामले अध्‍यक्षका प्रतिद्वन्द्वी पूर्वमहामन्त्री एवं राजपाका महामन्त्रीलाई एक दर्जन भोटले हराउँदै अध्‍यक्ष पदमा निर्वाचित भएको निर्वाचन अधिकृत श्रवण कुमार चौधरीले बताए।

उनका अनुसार धनीरामले ८२ भोट पाउँदा राजकुमारले ७० भोट पाएका थिए। यस्तै, अर्का अध्‍यक्षमा उम्म‍ेदवारी दिएका विश्राम महतोले भने जम्‍मा १० भोट पाएका थिए।

यस्तै, थारु कल्‍याणकारिणी सभा जिल्ला सभापतिहरूमा पनि रौतहटबाहेक सबैमा सर्वसम्मतिले केन्द्रीय सदस्‍यहरू निर्वाचित भएका छन्। झापाबाट हरिनारायण चौधरी सर्वसम्‍मत केन्द्रीय सदस्‍यमा चयन भएका छन् भने मोरङबाट कन्‍नुलाल चौधरी, सुनसरीबाट पुनितलाल चौधरी चयन भएका छन्।

यस्तै, उदयपुरबाट जयराम पञ्‍जियार, सप्तरीबाट सावित्री चौधरी,सिरहाबाट वीरेन्द्र चौधरी, धनुषाबाट उत्तम चौधरी, महोत्तरीबाट चन्द्र नारायण सिंह थारु, रौतहटबाट अधिकलाल चौधरी निर्वाचित भएका छन्। त्‍यसैगरी, बाराबाट हृदयनारायण चौधरी, पर्साबाट बृजमोहन चौधरी, मकवानपुरबाट जानकी चौधरी, चितवनबाट राजेन्द्र चौधरी, नवलपरासीबाट नरेश चौधरी र रुपन्देशीबाट देवीप्रसाद चौधरी सर्वसम्मतिले केन्द्रीय सदस्‍य चयन भएका छन्।

यस्तै, कपिलवस्तुबाट जञ्‍जीरप्रसाद चौधरी, दाङबाट चूर्णबहादुर चौधरी, सुर्खेतबाट कृष्ण बहादुर थारु, बाँकेबाट नेमनारायण सिंह थारु र बर्दियाबाट मिनराज चौधरी चुनिएका छन् भने कैलालीबाट रामचरण चौधरी र कञ्‍चनपुरबाट भागिरथ राना थारु केन्द्रीय सदस्‍यमा सर्वसम्‍मतिले चयन भएका छन्।

यता, थारु कल्‍याणकारिणी सभाले महिला केन्द्रीय सदस्‍यहरूको लागि ९ सदस्यीयका लागि १३ जनाले उम्मेदवारी दिएपछि चुनाव गराउनु परेको थियो। जसमा दिलकुमारी चौधरीले २५ मतले विजयी भइन् भने विष्णकुमारी चौधरीले २२ मत, कृष्णमाया चौधरीले २१ मत, यशोदा चौधरीले २१ मत, सुमित्रा कुमारी चौधरीले १९, इन्दु चौधरीले १९ मत , सरस्वती चौधरीले १७ मत, उर्मिलादेवी चौधरीले १७ मत र लक्ष्मी चौधरीले १७ मतका साथ निर्वाचित भएका छन्।

निर्वाचित सबै पदाधिकारीहरूलाई प्रमुख निर्वाचन अधिकृतले शपथ ग्रहण गराएका थिए। थारु कल्‍याणकारिणी सभाको स्थापना वि.सं. २००५ सालमा समाजसेवी बलिबन्ठा थारुले आफ्‍नो अगुवाइमा गरेका थिए भने थाकसका पहिलो अध्‍यक्ष केवल बाबु थारु थिए।

प्रतिकृया दिनुहोस्

पपुलिजम र अराजकतावादप्रति गगनको कडा चेतावनी, रवि–बालेनतर्फ संकेत

काठमाडौं, पुष २८ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा पनि पपुलिस्ट र अराजकतावादी प्रवृत्तिहरूले...

उनेपाले समानुपातिक सूची दर्ता गराउन अदालत जाने तयारी

काठमाडौं, २८ पुस – उज्यालो नेपाल पार्टी (उनेपा) ले प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो समानुपातिक उम्मेदवार सूची...

गगन थापाले बन्दसत्रमा पेस गरे कांग्रेसको राजनीतिक प्रतिवेदन

काठमाडौं, २८ पुस – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन अन्तर्गत चलिरहेको बन्दसत्रमा राजनीतिक...

कांग्रेस विशेष महाधिवेशनः प्रतिनिधि नाम दर्ता आज पनि जारी, बन्दसत्र केही ढिलो सुरु हुने

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनमा प्रतिनिधिहरूको नाम दर्ता प्रक्रिया...

देउवा विशेष महाधिवेशनको बन्दसत्रमा सहभागी नहुने

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विशेष महाधिवेशनको बन्दसत्रमा सहभागी हुने भन्ने सूचनामा कुनै...