News Portal

राजकुमार लेखीलाई हराउँदै थाकसमा धनीराम निर्वाचित

हिमाली संचार संवाददाता
८२५ पटक

काठमाडाैं – थारु कल्‍याणकारिणी सभा (थाकस)को २२ औं महाधिवेशनबाट अध्‍यक्षमा धनीराम चौधरी निर्वाचित भएका छन्। धनीरामले अध्‍यक्षका प्रतिद्वन्द्वी पूर्वमहामन्त्री एवं राजपाका महामन्त्रीलाई एक दर्जन भोटले हराउँदै अध्‍यक्ष पदमा निर्वाचित भएको निर्वाचन अधिकृत श्रवण कुमार चौधरीले बताए।

उनका अनुसार धनीरामले ८२ भोट पाउँदा राजकुमारले ७० भोट पाएका थिए। यस्तै, अर्का अध्‍यक्षमा उम्म‍ेदवारी दिएका विश्राम महतोले भने जम्‍मा १० भोट पाएका थिए।

यस्तै, थारु कल्‍याणकारिणी सभा जिल्ला सभापतिहरूमा पनि रौतहटबाहेक सबैमा सर्वसम्मतिले केन्द्रीय सदस्‍यहरू निर्वाचित भएका छन्। झापाबाट हरिनारायण चौधरी सर्वसम्‍मत केन्द्रीय सदस्‍यमा चयन भएका छन् भने मोरङबाट कन्‍नुलाल चौधरी, सुनसरीबाट पुनितलाल चौधरी चयन भएका छन्।

यस्तै, उदयपुरबाट जयराम पञ्‍जियार, सप्तरीबाट सावित्री चौधरी,सिरहाबाट वीरेन्द्र चौधरी, धनुषाबाट उत्तम चौधरी, महोत्तरीबाट चन्द्र नारायण सिंह थारु, रौतहटबाट अधिकलाल चौधरी निर्वाचित भएका छन्। त्‍यसैगरी, बाराबाट हृदयनारायण चौधरी, पर्साबाट बृजमोहन चौधरी, मकवानपुरबाट जानकी चौधरी, चितवनबाट राजेन्द्र चौधरी, नवलपरासीबाट नरेश चौधरी र रुपन्देशीबाट देवीप्रसाद चौधरी सर्वसम्मतिले केन्द्रीय सदस्‍य चयन भएका छन्।

यस्तै, कपिलवस्तुबाट जञ्‍जीरप्रसाद चौधरी, दाङबाट चूर्णबहादुर चौधरी, सुर्खेतबाट कृष्ण बहादुर थारु, बाँकेबाट नेमनारायण सिंह थारु र बर्दियाबाट मिनराज चौधरी चुनिएका छन् भने कैलालीबाट रामचरण चौधरी र कञ्‍चनपुरबाट भागिरथ राना थारु केन्द्रीय सदस्‍यमा सर्वसम्‍मतिले चयन भएका छन्।

यता, थारु कल्‍याणकारिणी सभाले महिला केन्द्रीय सदस्‍यहरूको लागि ९ सदस्यीयका लागि १३ जनाले उम्मेदवारी दिएपछि चुनाव गराउनु परेको थियो। जसमा दिलकुमारी चौधरीले २५ मतले विजयी भइन् भने विष्णकुमारी चौधरीले २२ मत, कृष्णमाया चौधरीले २१ मत, यशोदा चौधरीले २१ मत, सुमित्रा कुमारी चौधरीले १९, इन्दु चौधरीले १९ मत , सरस्वती चौधरीले १७ मत, उर्मिलादेवी चौधरीले १७ मत र लक्ष्मी चौधरीले १७ मतका साथ निर्वाचित भएका छन्।

निर्वाचित सबै पदाधिकारीहरूलाई प्रमुख निर्वाचन अधिकृतले शपथ ग्रहण गराएका थिए। थारु कल्‍याणकारिणी सभाको स्थापना वि.सं. २००५ सालमा समाजसेवी बलिबन्ठा थारुले आफ्‍नो अगुवाइमा गरेका थिए भने थाकसका पहिलो अध्‍यक्ष केवल बाबु थारु थिए।

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख १२ गतेको राशिफल

आज वैशाख १२, २०८३ ( अप्रिल २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कांग्रेस संसदीय दलको नेता चयन रोकियो, सहमतिका लागि थप प्रयास जारी

वैशाख ११, काठमाडौं – नेपाली कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया तत्कालका लागि स्थगित गरेको...

सुकुमवासी बस्ती हटाउने निर्णयविरुद्ध थापाथलीमा प्रदर्शन

काठमाडौं, ११ वैशाख – सरकारले सुकुमवासी बस्ती हटाउने निर्णय गरेपछि थापाथली क्षेत्रमा स्थानीय बासिन्दा र...

आज २०८३ साल वैशाख ११ गतेको राशिफल

आज वैशाख ११, २०८३ ( अप्रिल २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

गौतमबुद्ध विमानस्थलमा ४६ लाखको व्यापार, पोखरा विमानस्थल अझै शून्य

काठमाडौं, १० वैशाख – नेपालमा निर्माण भएका दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट अपेक्षाअनुसार वैदेशिक व्यापार हुन...