News Portal

युद्धविराम सम्झौतापछि इजरायलद्वारा गाजापट्टीमा दोस्रो पटक आक्रमण

हिमालीसंचार संवाददाता
४९४ पटक

एजेन्सी।
गत महिना हमाससँग युद्धविरामको सम्झौता भएपछि इजरायलले दोस्रो पटक गाजा पट्टीमा आक्रमण गरेको छ। इजरायली लडाकु विमानले बिहीबार दोस्रो पटक गाजा पछ्छीमा श्रृङलाबद्ध आक्रमण गरेको हो।

गत महिना हमाससँग ११ दिनको युद्धपछि दुवै पक्षबीच युद्धविरामको सम्झौता भएको थियो। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार बिहीबार गाजा क्षेत्रमा हमासका लडाकुहरु रहेको स्थानमा इजरायलको सेनाले मिसाइल आक्रमण गरेको हो।

अहिलेसम्म यो आक्रमणमा मानवीय क्षति भएको वा, नभएको स्पष्ट हुन सकेको छैन। इजरायलको आक्रमणपछि हमासले एक विज्ञप्ति जारी गर्दै आफ्ना मानिसहरु र आफ्नो पवित्र स्थल बचाउन इजरायली आक्रमणको प्रतिकार गर्ने बताएको छ।

हमासको स्वामित्वमा रहेको एक टेलिभिजनले गाजा पट्टीको पश्चिमी भागमा इजरायली ड्रोन झारिएको दाबी गरेको छ। केही सञ्चारमाध्यमले हमासले पनि इजरायलतर्फ आक्रमण गरेको बताएका छन्।

प्रतिकृया दिनुहोस्

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...