News Portal

१२ वर्षपछि इजरायलको सत्ताबाट बाहिरिए नेतान्याहु

हिमालीसंचार संवाददाता
४३० पटक

एजेन्सी।
इजरायलमा १२ वर्षदेखि निरन्तर सत्तामा रहेका प्रधानमन्त्री बेन्यामिन नेतान्याहु पदबाट हटाइएका छन्। आइतबार इजरायलको संसद कुनेसटमा भएको मतदानमा विपक्षी गठबन्धनका नेता नाफ्ताली बेनेटले बहुमत पाएपछि उनी सत्ताबाट बाहिरिएका हुन्। योसँगै बेनेट इजरायलको नयाँ प्रधानमन्त्री बनेका छन्।

संसदमा भएको मतदानमा बेनेटका पक्षमा ६० र नेतान्याहुका पक्षमा ५९ मत परेका थिए। तर ७१ वर्षीय नेतान्याहुले आफू छिट्टै सत्तामा फर्किने दाबी गरेका छन्। नेतान्याहु सत्ताबाट बाहिरिनुलाई कतिपय विश्लेषकले एउटा युगको अन्त्य भनेका छन्।

यसैबीच अमेरिकाका राष्ट्रपति जो बाइडेनले नयाँ प्रधानमन्त्री बेनेटलाई बधाई दिँदै अमेरिकी सरकार इजरायलको नयाँ सरकारसँग सहकार्य गर्ने इच्छा व्यक्त गरेका छन्। विपक्षी दलबीच भएको सहमतिअनुसार बेनेटले २ वर्षपछि पद छाड्नुपर्नेछ। र, त्यसपछि अर्का नेता याइर लापिड प्रधानमन्त्री बन्नेछन्।

प्रतिकृया दिनुहोस्

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...