News Portal

मोरङमा कछुवा सहित ४ जना युवा पक्राउ

हिमालीसंचार संवाददाता
३६९ पटक

रबिन्द्र बराल/मोरङ – मोरङको सुनवर्सी नगरपालिका-८ सिक्टी स्थित विश्वकर्मा कुडेली सडक खण्डबाट कछुवा सहित ४ जना युवा पक्राउ परेका छन ।

सिक्टि प्रहरीले चेकजाँच गर्ने क्रममा दक्षिणबाट उत्तर तर्फ आउदै गरेको मे १० प ५६२ नम्वरको मोटरसाईकल चेक जाँच गर्ने क्रममा ८ केजी कछुवा सहित ४ जना युवा पक्राउ परेका हुन् ।पथरीशनिश्चरे नगरपालिका    वस्ने ४३ बर्षीय जिवन गुरुङ, सुनवर्षी नगरपालिका    केचना शुक्रवारे  वस्ने २५ बर्षीय  दिपक भन्ने मेघराज थापा रहेका छन । 

त्यस्तै, को २३ प ५९३१ नम्वरको मोटरसाईकल चालक २१ बर्षीय निरज खडका र आकाश रायमाझीलाई समेत प्रहरीले पक्राउ गरेको छ। उनीहरुको साथबाट  आकाश रायमाझी जीवन गरुङ, हेम भक्त गुरुङ, रिना गुरुङ, सरस्वती गुरुङ, डिल्ली बहादुर थापा र अल्फारु खातुनको सक्कल नेपाली नागरिकता समेत फेला परेको प्रहरीले जनाएको छ ।  

उनीहरुलाई रंगेलीमा रहेको सव डिभिजन वन कार्यालय मोरङमा कार्यरत सहायक वन अधिकृत नरेन्द्र प्रसाद गुरागाईलाई कछुवा सहित जिम्मा लगाएको इलाका प्रहरी कार्यलय रंगेलीका प्रहरी निरिक्षक अनमोल खड्काले बताए ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण...