News Portal

  • तिते करेलाका यति धेरै फाइदा: मुटुरोग, क्यान्सर, मधुमेह जस्ता खतरनाक रोगबाट छुट्कारा !

    हिमालीसंचार संवाददाता
    १२६९ पटक

    काठमाडौँ।
    खादा तितो अनि व्लड प्रेसर लो भएकाले धेरै खान नहुने हामीले तरकारीको रुपामा प्रयोग गर्ने फलनै तिते करेला हो। तीते करेलाको केहि फाईदा यस्ता छन्। खानामा रुचि बढाउँछ। छालाको सङ्क्रमण, चिलाउने खटिरा, घाउ आदिलाई हटाउँछ। खाएको कुरा राम्ररी पचाउँछ। पेटसफा राख्दछ। कब्जियत हुन दिँदैन। पेटसम्बन्धी विभिन्न रोग जस्तै: ग्याष्ट्रिक, अल्सर आदिलाई कम गर्दै लैजान्छ। रगत शुद्धीकरण गरी सफा राख्न मद्दत गर्छ। मधुमेह रोगीलाई इन्सुलिनको काम गर्छ।

    यसले छाला सम्बन्धी विभिन्न रोगजस्तै यस्तै हात खुट्टाका जोर्नी दुख्ने वा बाथ रोग भएको, पिसाब पोल्ने, पत्थर भएका, अम्लपित्त, हैजाजस्ता रोगमा करेलाको सेवनबाट फाइदा गर्छ। यस्तै, तीते करेलालाई उमाल्दा यसमा एन्टिअक्सिडेन्ट उत्पन्न हुन्छ, जसले क्यान्सरको सम्भावनालाई घटाउँछ। औषधिको रूपमा तीते करेलाको हरेक भाग जस्तै: फल, पात, बियाँ, जरा आदि विभिन्न प्रकारका रोगको उपचारका लागि प्रयोग गरिएको पाइन्छ।

    तीतेकरेलका बियाँ पेटमा जुका लागेको खण्डमा तीते करेलाको बियाँलाई पिनेर सेवन गरेमा यसले पेटमा भएको जुकालाई बाहिर निकाल्न मद्दत गर्छ। साना केटाकेटीलाई झाडा वा, वान्ता भइरहेमा तीनवटा करेलाको बियाँ र तीनवटा मरिच पिनेर धूलो गरी पानीसँग खुवाइदिएमा झाडा वा, वान्तारोकिन्छ। मधुमेह रोगीले तीतेकरेलाको धूलो बिहानबेलुका एक एक चम्चा खाइदिएमा यसले इन्सुलिनको काम गर्छ।

    तीतेकरेलाको पात पिसेर लेप बनाएर लगाएमा छालाको रोग निको हुन्छ। यस्तैआगाले पोलेको ठाउँमा लगाइदिँदा फाइदा गर्छ। तीते करेलाको पात आगोमा तताएर सिधेनुनसँग खानाअघि खाएमा अम्लपित्त रोगमा फाइदा गर्छ। बर्षा याममा हैजा लागेको शङ्का लागेमा वाहैजाको पहिलो चरणमा छ भने, करेलाको रस वा, पातको रस खाएमा फाइदा गर्छ। यसका लागि दुई चिया चम्चा रसमा त्यति नै मात्रा सेतो प्याजको रस मिलाई खानुपर्दछ। तीतेकरेलाको जरालाई पिसेर लेप बनाएर पाइल्समा लगाए यसले फाइदा गर्छ।

    तीते करेलाको जराको रसमा बराबरमात्रामा मह वा, तुलसीको रस मिसाएर दिनहुँ राति एक महिना जति खाएमा श्वासप्रश्वास समबन्धी रोग जस्तै चिसो लाग्ने, दम, ब्रोन्काइटिस, घाँटीको रोग आदिबाट मुक्ति पाउन सकिन्छ। अन्य उपयोगितातीते करेलाको दिनहुँ सेवनले शरीरको तौल कम गर्न वा, घटाउन मद्दत गर्छ। तीते करेलाको फाईदा मात्रै होइन वेफाईदा पनि छ। गर्भवती महिलाले तीते करेलाको सेवन गर्नु उचित हुँदैन। यसको सेवनले गर्भवती महिलाहरूको गर्भपतन वा, रक्तश्राव हुने सम्भावना हुन्छ।

    यसको बढी सेवनले पेटदुख्ने र झाडा हुने सम्भावना हुन्छ। रक्तअल्पता (एनिमिया) भएका र कमजोर व्यक्तिलाई भने तीते करेलाको नियमित सेवनले रिँगटा लाग्ने र अझ कमजोर हुने गरेको पाइन्छ। तीतेकरेलाको बियाँको घेरामा हुने तत्वलेसाना बालकहरूलाई विषादिको काम गर्छ।

    तिते करेला खादा यसको स्वाद सबैलाई मन नपर्न सक्छ। कति त तिते करेलाको नामै लिन चाहदैनन्। तर, यहि तिते करेलामा भिटामिन ए, भिटामिन बि १, भिटामिन बी २, भिटामिन सि, फाइबर, क्याल्सियम, पोटासियम, जिङक, फलाम, कपर तथा फोस्फोरस लगायतका गुणकारी भिटामिनहरु पाइन्छ। करेला विभिन्न रोगका लागि उपयोगी खानेकुरा हो। आज हामी हाम्रो भान्सामा पाक्ने तिते करेलाका १२ गुणका बारेमा चर्चा गर्दैछौं।

    १) श्वासप्रश्वास समस्यामा:
    ताजा करेला दम, रुघाखोकीजस्ता श्वासप्रश्वासको समस्या भएकाहरुका लागि करेला निक्कै गुणकारी हुन्छ। यसको सेवनबाट यस्ता प्रकारका रोगीहरुलाई केहि राहत मिल्न सक्छ।

    २) लिभर टनिक:
    दैनिक एक गिलास करेलाको जुसले कलेजोको समस्या समाधान हुन्छ। स्वास्थ्यमा परिवर्तन आएको हेर्न कम्तीमा पनि एक साता करेलाको जुस पिउनै पर्ने हुन्छ।

    ३) रोग प्रतिरोधक:
    पानीमा उमालेको करेलाको पात दिनहुँ खानाले शरीरमा रोग प्रतिरोधी क्षमतामा वृद्धि हुन्छ।

    ४) डण्डीफोरमा:
    करेलाको सेवनले डण्डीफोर, दागलगायतका छालाको संक्रमण हटाउनुका साथै रगतमा भएको अनियमितता हटाउछ। कागती मिसाएको करेलाको जुस ६ महिनासम्म खाली पेटमा खानाले अनुहारको सुन्दरतामा निखार ल्याउछ।

    ५) मधुमेह:
    करेलाको जुसले टाइप टु मधुमेहलाई सबैभन्दा बढी लाभ मिल्छ। चिनिया र भारतीय प्राचिन चिकित्सा पद्दतिमा करेला लामोसमयदेखि प्रयोग हुँदैं आएको विश्वास गरिन्छ। हालै भएका अनुसन्धानले पनि यसलाई पुष्टि गरेको छ। इन्सुलिनको अभाव वा, विकासका प्रतिरोधकका कारण कोषहरुले रगतबाट सुगरको मात्रा लिन असफल भएमा टाइप टु मधुमेह लाग्छ। दुवै अवस्थामा कोषहरु सुगर लिन असमर्थ रहन्छन्। किनासे नामका प्रोटिन सक्रिय नहुँदा कोषले सुगर लिन नसक्ने भएकाले करेलाले किनासेहरुलाई सक्रिय बनाउछन्। करेलामा रहेका केही रासायनिक तत्वहरुले पनि इन्सुलिनको जस्तै काम गर्छन्, जसले रगतमा सुगरको मात्रा कम गर्न मद्दत गर्छन्।

    ६) कब्जियतमा:
    यसमा भएका फाइबरहरुले खाना पचाउन मद्दत गर्छन्। यसले गर्दा कब्जियतको समस्या पनि हट्छ।

    ७) मिर्गौला र ब्लाडर:
    यसले कलेजो र ब्लाडरलाई स्वस्थ बनाउन मद्दत गर्छ। यसका साथै मिर्गौलाको पत्थरी हटाउन पनि सहयोग गर्छ।

    ८) मुटुको रोग:
    यो मुटुको समस्याका लागि पनि लाभदायी मानिन्छ। यसले शरीरमा भएको खराब कोलेष्टेरोल हटाई हृदयाघात हुने सम्भावना कम गर्छ। यसले रगतमा चिनीकोमात्र घटाई मुटुलाई स्वस्थ राख्न सहयोग गर्छ।

    ९) क्यान्सरमा:
    करेलाको सेवनले क्यान्सरका कोष वृद्धि हुनबाट जोगाउछ।

    १०) तौल घटाउन:
    यसमा भएका एन्टिअक्सिडेन्टले शरीरलाई स्वस्थ राख्छ। यसले मेटाबोलिजम र पाचन प्रणालीलाई सुधार गर्ने भएकाले चााँडो चाँडो तौल घटाउन यसले मद्दत गर्छ।

    ११) छालाको समस्यामा:
    करेलाको नियमित सेवनले छालालाई चम्किलो राख्न मद्दत गर्नुका साथै दागरहित बनाउन मद्दत गर्छ। छालाका रोग तथा संक्रमण हटाउछ। यसमा भएको भिटामिन सिले चाउरीपना हटाउछ।

    १२) कपाल चम्काउन:
    करेलाको रसमा एक कप दही मिसाएर लगाउनुस् र केही समयपछि धुनुस, यसले कपालमा प्राकृतिक चमक आउछ। करेलाको जुसले कपाल झर्ने समस्या पनि हटाउछ। करेलाको जुसमा चिनी मिसाएर लगाउनाले कपाल झर्ने समस्या समाधान हुन्छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    राप्रपा जुम्लाका नेता–सदस्य निलम्बित

    काठमाडौं, २९ असोज – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले जुम्ला जिल्लाका चार जना नेता–सदस्यलाई एक...

    विपिन जोशीको सम्झनामा जेन जी युवाहरुले बुधबार दीप प्रज्वलन गर्ने

    काठमाडौं, असोज २९ – इजरायलमा अपहरणमा परेर ज्यान गुमाएका विपिन जोशीको सम्झनामा जेनजीका युवाहरू बुधबार...

    एमालेको महाधिवेशन मङ्सिरमा पोखरामा हुने, ओलीले प्रस्ताव गरे

    काठमाडौं, असोज २९ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको ११ औँ महाधिवेशन मङ्सिर...

    ओली : पार्टी कमिटीले भने मात्र राजीनामा दिन्छु, फेसबुकले होइन

    काठमाडौं, असोज २९ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको विवाद र चुनौती समाधान...

    रामबाघ महलमा एमालेको केन्द्रीय कमिटी बैठक सुरु

    ललितपुर, असोज २९ – नेकपा एमालेको १०औं केन्द्रीय कमिटी बैठक बुधबार ललितपुरको जावलाखेलस्थित रामबाघ महलमा...