News Portal

गोकुल बाँस्कोटालाई प्रश्न: ‘आफ्नो स्थानमा अरू मन्त्री बन्दा मन कटक्क खाएन ?’

हिमालीसंचार संवाददाता
४०९ पटक

काठमाडौँ।
बिहीबार मन्त्रिपरिषद् विस्तार गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना लागि ‘ज्यान दिन’ तयार एमाले नेताहरूलाई मन्त्री नबनाएपछि धेरैको मनमा खुल्दुली मच्चिएको छ। ओलीका अति प्रिय एवं विश्वास पात्रमध्ये पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटा पनि एक हुन्। जसले यसपटक मन्त्री बन्ने अवसर पाएनन्।

यसै सन्दर्भमा सामाजिक सञ्जालमा उनलाई कतिपयले जिज्ञासा राखिरहेका छन्। जसमा बाँस्कोटाले जवाफ पनि फर्काएका छन्। ती सवाल–जवाफ निकै रोचक छन्। त्यो यसरी सुरु भएको छ।

बिहीबार प्रधानमन्त्री ओलीले एक राज्यमन्त्रीसहित ८ जनालाई मन्त्री बनाएपछि एमाले केन्द्रीय सदस्य गोकुल बाँस्कोटाले ट्विट गरेका छन्, ‘अघिल्लो साता र आज मन्त्री नियुक्त हुनु हुने माननीय मन्त्रीज्यूहरूलाई हार्दिक बधाई। अनेक प्रकारले चुनौतीयुक्त समयमा प्राप्त यो दायित्त्व सम्पूर्ण रूपमा सामना गर्न सफलता मिलोस् सीमाहीन शुभकामना!!!’

यसमा बीआरआईरविन ट्विटर प्रयोगकर्ताले कमेन्ट गरेका छन्, ‘त्यसमा सञ्चारमन्त्री त अर्कैले लग्दा मन कटक्क खान्न बाँस्कोटाज्यू?’

बाँस्कोटाले जवाफ दिएका छन्, ‘म त्यही केटी चाहिन्छ भन्ने रुन्चे गायक होइन। पार्टीमा सबैको योगदान हुन्छ। थाहा होला नि!’ यस्तै भीम कार्की नामका ट्विटर प्रयोगकर्ताले प्रश्न गरेका छन्, ‘दाजु आफू नभए नि भाउजूलाई एउटा मन्त्रालय मागेको भए के जान्थ्यो र?’ जवाफमा बाँस्कोटाले लेखेका छन्, ‘मात्र घाम पार्टीको भोटर, उनी गृहमै खुसी छन्।’

यसपटक प्रधानमन्त्री ओलीले सञ्चारमत्री नैनकला थापालाई बनाएका छन्। उनी पूर्वमाओवादी नेता एवं पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’की पत्नी हुन्। तर यसपटक बाँस्कोटाले गृहमन्त्रीमा दाबी गरेको तर ओलीका अर्का प्रिय पात्र महेश बस्नेतले पनि यही पद दाबी गरेपछि यो पद अर्का एमाले नेता खगराज अधिकारीले उम्काएको बताइन्छ।

यस्तै तुरुपलाल नामका ट्विटर प्रयोगकर्ता सोध्छन्, ‘गोकुल दाजु, हजुरको जोड़बल र प्रमका सल्लाहकारको कारण महेश बस्नेत गृहमन्त्री हुन नसकेको कुरो के हो? कृपया ! झर्को नमानी बताइदिनु न।’ यसमा बाँस्कोटाको जवाफ छ, ‘कसले कुन परिवेश र परिस्थितिमा के गर्छ, त्यो सबै मेरो ठेक्का भएजस्तो हल्लाखल्ला नहान है दुवा दाउ के को तुरुप?’

यस्तै राजेश राई सोध्छन्, ‘दाजु, यो मन्त्रिमण्डलका सदस्यहरू देख्दा हजुरलाई विरह चलेर आएन?’
जवाफमा बाँस्कोटा भन्छन्, ‘ए भाइ, गणेश पहाडी देखेर चित्त दुख्या हो?’ माधव नेपाल समूह छाडेर हालै आफ्नो समूहमा आएका गणेश पहाडीलाई प्रधानमन्त्री ओलीले सामान्य प्रशासनमन्त्री बनाएका छन्।

यस्तै निर्मल भण्डारीले सोधेका छन्, ‘नयाँ मन्त्रीहरू हेर्दा तपाईं सन्तुष्ट हुनुहुन्छ, कमरेड?’ जवाफमा बाँस्कोटाले भनेका छन्, ‘हन्डरेड पर्सेन्ट कहिल्यै, कसैले, सबै/सबैलाई, आफैंले आफैंलाई समेत सन्तुष्टि दिलाउन सक्दैन। गुटिया वा काँडरेसी गन्ध दिने प्रश्न किन?’

प्रतिकृया दिनुहोस्

पासवान परिवारलाई राहत सहयोग

चैत्र १५, मोरङ — मोरङको सुनबर्सी नगरपालिका–६ पटियापाडा स्थित पासवान टोलमा बसोबास गर्दै आइरहेका फुलुवा...

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...