News Portal

देशभरका सीडीओलाई गृह मन्त्रालयको १२ बुँदे सर्कुलर

हिमालीसंचार संवाददाता
५९५ पटक

काठमाडौं।
गृह मन्त्रालयले देशभरका जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायलाई १२ बुँदे सर्कुलर गर्दै कानुन विपरितका गतिविधिमा कडाइ गर्न निर्देशन दिएको छ। गृहमन्त्री खगराज अधिकारीले पदभार सम्हालेलगत्तै बिहीबार साँझ मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रधान कार्यालयलाई १२ बुँदे परिपत्र गर्दै यस्तो निर्देशन दिएको हो।

आफ्नो पदवहाली कार्यक्रममा अधिकारीले देशमा शान्ति सुरक्षा, अमनचयन र नियम कार्यान्वयनमा गृह प्रशासन अब्बल देखिनेगरी काम गर्न निर्देशन दिएका थिए। कार्यक्रममा सुरक्षा निकायका प्रमुखहरु, काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरु र विभागीय प्रमुखरुको उपस्थिति रहेको थियो।

नवनियुक्त गृहमन्त्री अधिकारीको पदवहालीपछि गृहले जारी गरेको परिपत्रमा अपराध नियन्त्रणमा कुनै पनि सम्झौता नगर्न, चुनावी रणनीति तयार पार्न र सरकारबाट सञ्चालित बिकासे आयोजना समयमै सम्पन्न हुने गरी तदारुकताका साथ जिम्मेवारी निर्वाह गर्न स्थानीय प्रशासन र सुरक्षा निकायहरुलाई निर्देशन दिइएको छ। गृहको परिपत्रमा शान्ति सुरक्षा, कोभिड संकट व्यवस्थापन, सीमा सुरक्षा एवं अपराध अनुसन्धान तथा नियन्त्रणमा केन्द्रीत रहन निर्देशन दिइएको छ।

गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालका अनुसार नवनियुक्त मन्त्रीबाट प्राप्त निर्देशन र निर्णयलाई कार्यान्वयनका लागि सबै जिल्ला प्रशासन कार्यालय र मातहतका सुरक्षा निकायहरुलाई परिपत्र गरिएको हो। पदभार ग्रहणलगत्तै अधिकारीलाई गृह सचिव महेश्वर न्यौपानेले मन्त्रालय र सुरक्षा निकायबाट भइरहेका कार्यसम्पादनको अवस्थाबारे ब्रिफिङ गरेका थिए।

मन्त्रालयको सर्कुलरमा निषेधाज्ञाका कारण बन्द भएका व्यापाररव्यवसाय जनस्वास्थ्यका मापदण्ड पालना गरेर सञ्चालन गर्नेसम्बन्धी कार्ययोजना पेश गर्न स्थानीय प्रशासनलाई निर्देशन गरिएको छ।

त्यसैगरी, आर्थिक कारोबार क्रमशः खुलाउदै लैजाने गरी अवधारणा बनाउन, चुस्त सेवा प्रवाह, सीमा नाकाबाट स्वास्थ्य परीक्षण नगरी विदेशीलाई प्रवेश निषेध, विकास निर्माणका काममा हुने ढिलासुस्ती विरुद्ध प्रमुख जिल्ला अधिकारीमार्फत् अनुगमन लगायतका विषय उल्लेख छन्।

प्रतिकृया दिनुहोस्

पासवान परिवारलाई राहत सहयोग

चैत्र १५, मोरङ — मोरङको सुनबर्सी नगरपालिका–६ पटियापाडा स्थित पासवान टोलमा बसोबास गर्दै आइरहेका फुलुवा...

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...