News Portal

देशभरका सीडीओलाई गृह मन्त्रालयको १२ बुँदे सर्कुलर

हिमालीसंचार संवाददाता
५६४ पटक

काठमाडौं।
गृह मन्त्रालयले देशभरका जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायलाई १२ बुँदे सर्कुलर गर्दै कानुन विपरितका गतिविधिमा कडाइ गर्न निर्देशन दिएको छ। गृहमन्त्री खगराज अधिकारीले पदभार सम्हालेलगत्तै बिहीबार साँझ मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रधान कार्यालयलाई १२ बुँदे परिपत्र गर्दै यस्तो निर्देशन दिएको हो।

आफ्नो पदवहाली कार्यक्रममा अधिकारीले देशमा शान्ति सुरक्षा, अमनचयन र नियम कार्यान्वयनमा गृह प्रशासन अब्बल देखिनेगरी काम गर्न निर्देशन दिएका थिए। कार्यक्रममा सुरक्षा निकायका प्रमुखहरु, काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरु र विभागीय प्रमुखरुको उपस्थिति रहेको थियो।

नवनियुक्त गृहमन्त्री अधिकारीको पदवहालीपछि गृहले जारी गरेको परिपत्रमा अपराध नियन्त्रणमा कुनै पनि सम्झौता नगर्न, चुनावी रणनीति तयार पार्न र सरकारबाट सञ्चालित बिकासे आयोजना समयमै सम्पन्न हुने गरी तदारुकताका साथ जिम्मेवारी निर्वाह गर्न स्थानीय प्रशासन र सुरक्षा निकायहरुलाई निर्देशन दिइएको छ। गृहको परिपत्रमा शान्ति सुरक्षा, कोभिड संकट व्यवस्थापन, सीमा सुरक्षा एवं अपराध अनुसन्धान तथा नियन्त्रणमा केन्द्रीत रहन निर्देशन दिइएको छ।

गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालका अनुसार नवनियुक्त मन्त्रीबाट प्राप्त निर्देशन र निर्णयलाई कार्यान्वयनका लागि सबै जिल्ला प्रशासन कार्यालय र मातहतका सुरक्षा निकायहरुलाई परिपत्र गरिएको हो। पदभार ग्रहणलगत्तै अधिकारीलाई गृह सचिव महेश्वर न्यौपानेले मन्त्रालय र सुरक्षा निकायबाट भइरहेका कार्यसम्पादनको अवस्थाबारे ब्रिफिङ गरेका थिए।

मन्त्रालयको सर्कुलरमा निषेधाज्ञाका कारण बन्द भएका व्यापाररव्यवसाय जनस्वास्थ्यका मापदण्ड पालना गरेर सञ्चालन गर्नेसम्बन्धी कार्ययोजना पेश गर्न स्थानीय प्रशासनलाई निर्देशन गरिएको छ।

त्यसैगरी, आर्थिक कारोबार क्रमशः खुलाउदै लैजाने गरी अवधारणा बनाउन, चुस्त सेवा प्रवाह, सीमा नाकाबाट स्वास्थ्य परीक्षण नगरी विदेशीलाई प्रवेश निषेध, विकास निर्माणका काममा हुने ढिलासुस्ती विरुद्ध प्रमुख जिल्ला अधिकारीमार्फत् अनुगमन लगायतका विषय उल्लेख छन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण...