News Portal

  • प्रदेश १ सरकारद्वारा “खुवालुङ” संरक्षण गरी, धार्मिक पर्यटकीय क्षेत्र बनाउने घोषणा

    हिमालीसंचार संवाददाता
    ३९७ पटक

    काठमाण्डौ – संधीय सरकारद्वारा विस २०७८-०७९ सालको बजेटमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोशी नजीमा रहेको अवरोध हटाएर जल यातायात सञ्चालन गर्ने कार्य योजना बजेटमा उल्लेख गरेकाले पुन: चौतर्फी जनविरोध भएपछि प्रदेश १ सरकारले कोशी नदीमा रहेको खुवालुङको संरक्षण गर्दै धार्मिक पर्यटकीय क्षेत्र घोषणा गर्ने जनाएको छ ।

    त्यसका लागि प्रदेश सरकारले बजेटसमेत विनियोजन गरिएको जनाएको छ । गत बिहीबार प्रदेशसभामा प्रस्तुत गरिएको प्रदेश–१ सरकारको वार्षिक नीति तथा कार्यक्रममार्फत खुवालुङ क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने घोषणा गरिएको हो।  प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कोशी जलाधार तथा जल पर्यटन सम्भाव्यता अध्ययन गरिने र खुवालुङको संरक्षण गर्दै ऐतिहासिक तथा धार्मिक क्षेत्र बनाइने घोषणा गरेका छन् ।

    किरात समुदायको धार्मिक तथा सांस्कृतिक महत्वको विषयवस्तुको खोज, अनुसन्धान गर्ने पनि प्रदेश सरकारको कार्यक्रममा समेटिएको छ । अरुण नदीको सभ्यताको खोजी गर्ने र किरात संस्कृतिको प्रवद्धन गर्नेसमेत नीति तथा कार्यक्रममा समेटिएको छ । प्रदेश नं. १ सरकारको नीति तथा कार्यक्रमको बुँदा नं. १७ मा भनिएको छ; “किराती संस्कृति, सभ्यता र मुन्धुमसंग जोडिएको सप्तकोशी नदीमा अवस्थित खुवालुङ्ग ढुंगाको संरक्षण गर्दै जलयातायात सँगै त्यस क्षेत्रलाई ऐतिहासिक, धार्मिक एवम् साँस्कृतिक पर्यटकीय केन्द्रको रुपमा संरक्षण र विकास गरिनेछ । अरुण तमोर सभ्यताको अध्ययन तथा संरक्षण गर्दै ऐतिहासिक, सांस्कृतिक र पर्यटकीय क्षेत्रको रुपमा विकास गरिनेछ।” 

    यस्तै, नीति तथा कार्यक्रममा कोशी जलाधार क्षेत्र तथा प्रदेशको ठूला सिँचाइ प्रणालीहरुमा पर्यापर्यटन तथा जल पर्यटनको सम्भाव्यता अध्ययन गरिनेछ । प्रदेश सरकारको नीति तथा कार्यक्रममा कोशी जलाधार क्षेत्रका ठूला नदीबाट ट्रङ्क-लाइनद्वारा पिउने पानीको दिगो आपूर्तिको वैकल्पिक व्यवस्था गर्दै त्यसको निर्यातका लागि सम्भाव्यता अध्ययन गरिनेछ समेत भनिएको छ ।

    प्रदेश सरकारको बजेटमार्फत् ‘खुलालुङ’ फुटाउन लागेको भन्दै आदिवासी जनजाति महासंघलगायतले चर्को विरोध गरेका थिए । संधीय सरकारका अर्थमन्त्री विष्णु पौडेलले प्रस्तुत गरेको २०७८-७९ सालको बजेट वक्तव्यक्तमा ‘कोशी नदीको चतरादेखि भोजपुरसम्म जल–यातायात सञ्चालन गर्न रहेका अवरोध हटाइनेछ’ भन्ने वाक्यांश राखिएको थियो । बजेटले खुवालुङ फुटाउने घोषणा गरेको अभियन्ताहरुले बताउँदै आएका थिए ।उदयपुर, धनकुटा, भोजपुर र सुनसरीको संगमस्थल त्रिवेणीमा अवस्थित आदिवासी किरातीहरुको आस्था एवं मुन्धुमी शक्ति केन्द्र, ऐतिहासिक सांस्कृतिक धरोहर खुवालुङलाई नष्ट गर्न नहुने अभियन्ताहरुको माग रहेको थियो । 

    संधीय सरकारले गत शनिबार प्रस्तुत गरेको बजेटमा प्रदेश १ सरकालद्वारा ‘खुवालुङ’ फुटाउने घोषणा गरेसँगै फेरि चर्चामा आएको थियो । घुमाइफिराइ ‘चुच्चे ढुङ्गो, उही टुङ्गो’ पारामै किरात संस्कृति जोडिएको ‘खुवालुङ’ फुटाउने भनिएको थियो ।  

    उक्त बजेटमा कोशी नदीको चतरादेखि भोजपुरसम्म जल यातायात सञ्चालन गर्न जलमार्गमा रहेका अवरोध हटाइने भनिएको छ। ‘कोशी नदीको चतरादेखि भोजपुरसम्म जल–यातायात सञ्चालन गर्न रहेका अवरोध हटाइनेछ’ भन्ने वाक्यांशसहित आर्थिक वर्ष २०७८-७९ सालको बजेटले खुवालुङ फुटाउने घोषणा गरेसंगै किरात राई यायोक्खा केन्द्रिय कार्यसमितिले एक विज्ञप्ति जारी गरी “खुवालुङ” किराय समुदायको आस्थाको केन्द्र भएको हुनाले स्थानीय सरकार, प्रदेश सरकार र केन्द्रिय सरकार गरेर तीन तहकै सरकारसंग संरक्षण गर्न आग्रह गरेको थियो । 

    यसैबीच जनता समाजवादी पार्टीको लिम्बुवान राष्ट्रिय समितिले एक प्रेस विज्ञप्ति जारी गर्दै खुवालुङ फुटाउने नहुनेमा जोड दिएको थियो । गतचैत्र पहिलो साता मुख्यमन्त्री शेरधन राई आफैं गएर खुवालुङलाई सांस्कृतिक पर्यटनस्थल बनाउने उदघोष गरेका थिए ।अभियन्ता तथा स्थानीयको चरणबद्ध आन्दोलनपछि गत चैत्रमा सरकार खुवालुङ फुटाउने निर्णयबाट पछि हटेको थियो ।

    विस २०७७ फागुन ७ गते विराटनगरमा आयोजना भएको कार्यक्रममा प्रधानमन्त्री केपी ओलीले सप्तकोशी नदीमा जेटबोट चलाउनेबारे लामो भाषण गरेका थिए । भाषणमा ओलीले जेटबोट चलाउन तगारो बन्न सक्ने सप्तकोशी माझको एउटा ढुंगो क्रेन लगाएर फुटाउने बताएका थिए ।

    प्रधानमन्त्रीले भनेको सो ढुङ्गाको सांस्कृतिक नाम नै ‘खुवालुङ’ हो । यो ढुङ्गा अरुण, दुधकोशी र तमोर मिसिएको नदीको बीच भागमा गाडिएर बसेको छ । खुवालुङ कोशी चतरा पुलबाट पाँच किलोमिटर तथा चर्चित धार्मिकस्थल वराह क्षेत्रबाट एक किलोमिटर माथि पर्छ । करिब २० फिट चौडाइमा रहेको यो ढुंगामा ठूलो आकारको जेटबोट चलाउँदा ठोक्किने समस्या रहने भएकाले प्रधानमन्त्रीले नै यसलाई फुटाउने बताएका हुन् । तर किरात समुदायको सांस्कृतिकस्थल रहेकाले अभियन्ताहरुले जेटबोट चलाउन वैकल्पिक उपाय खोज्न दबाब दिँदै आएका थिए ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    धरान फर्किएर भावुक बने हर्क साम्पाङ, विदेशी टेकओभरको चिन्ता

    धरान, भदौ ३१ – धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ जेएनजी आन्दोलनपछि काठमाडौंबाट फर्किएर धरानमा पत्रकारहरूसँग...

    प्रधानमन्त्री कार्कीको आग्रह अस्वीकार, डा. रुइतको जवाफ– ‘बिरामीलाई छाडेर सरकारमा आउन सक्दिन’

    काठमाडौं, भदौ ३१ – प्रधानमन्त्री सुशीला कार्कीले वरिष्ठ नेत्र रोग विशेषज्ञ डा. सन्दुक रुइतलाई सरकारले...

    पार्टी कार्यालयको अवलोकनमा प्रचण्ड

    काठमाडौं, भदौ ३१ – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज पार्टीको केन्द्रीय...

    आज २०८२ साल भदौ ३१ गतेको राशिफल

    आज भदौ ३१, २०८२ (सेप्टेम्बर १६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    विराटनगरको भाटभटेनीमा शव फेला

    विराटनगर, भदौ ३० – जेनजी आन्दोलनका क्रममा आगजनी भएको विराटनगर–६ स्थित भाटभटेनी सुपरमार्केटमा सोमबार जलेको...