News Portal

धरानमा आजदेखि चिनिया भेरो सेल खोप लगाउन शुरु

“धरानका लागि भेरो सेल खोप २ हजार १ सय ६० डोज आएको छ”

हिमालीसंचार संवाददाता
४१३ पटक

अविन माबो/धरान – धरान उपमहानगरपालिका धरानमा चिनियाँ अनुदानमा प्राप्त सहयोग कोभिड-१९ विरुद्धको खोप ‘भेरो सेल’ धरान उपमहानगरपालिका भित्र  लगाउन सुरु गरिएको छ ।

संघीय सरकारले देशव्यापी रुपमा सुरु गरेको खोप अभियानअन्र्तगत धरानको छाताचोकस्थित स्वास्थ्य चौकीमा आजदेखि ज्येष्ठ नागरिकहरुलाई ‘भेरो सेल’ खोप लगाउन शुरु गरिएको हो । 

धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार धरानमा भेरो सेल खोप २ हजार १ सय ६० डोज आएको छ । धरानमा जेठ २५, २६ र २७ गतेसम्म तीन दिन खोप लगाउने कार्यक्रम रहेको स्वास्थ्य महाशाखा प्रमुख मेहेताले जानकारी दिए । स्वास्थ्य प्रमुख मेहेताका अनुसार आज बिहान १० बजेदेखि ६० वर्षदेखि ६४ वर्ष उमेरसम्मका ज्येष्ठ नागरिकहरुलाई खोप लगाउन सुरु गरिएको हो। 

आज पहिलो दिन धरानमा लगभग १ हजार भन्दा बढीले खोप लगाउने अनुमान गरिएको छ। गत फागुन महिनामा कोरोनाविरुद्ध अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, ज्येष्ठ नागरिक, कर्मचारीलगायतलाई भारतले अनुदान दिएको खोप कोभिसिल्ड लगाइएको थियो । उनीहरुका लागि दोस्रो डोजको खोप आगामी असार पहिलो सातादेखि लगाउने स्वास्थ्य महाशाखाले जनाएको छ।

धरान उपमहामहानगरपालिकाको मेयर तिलक राई, उपप्रमुख मञ्जु भण्डारी र प्रशासकिय अधिकृत विदुर प्रसाद खनाल पनि भेरो सेल खोप लगाएको स्थानमा स्थलगत निरीक्षण गरेका छन् ।

प्रतिकृया दिनुहोस्

कास्कीमा कांग्रेस सभापति थापाको कार्यकर्ता सम्वोधन: ‘अबकी बार सय पार’ नारा दिनुहोस्

कास्की, माघ २३ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शुक्रबार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन...

चितवन–२ मा रवि र कांग्रेस उम्मेदवार खरेलबीच भेटघाट, स्वच्छ र सम्मानजनक प्रतिस्पर्धाको प्रतिबद्धता

काठमाडौं, २३ माघ – प्रतिनिधिसभा निर्वाचनअन्तर्गत चितवन–२ मा प्रतिस्पर्धामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि...

मेडिकल व्यवसायी दुर्गा प्रसाईं चाल्नाखेलबाट नियन्त्रणमा

काठमाडौँ, माघ २३ – मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’...

आज २०८२ साल माघ २३ गतेको राशिफल

आज माघ २३, २०८२ ( फेब्रुअरी ६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रौतहटमा रास्वपा उम्मेदवारको गाडीले ठक्कर दिँदा ४ वर्षीय बालिकाको मृत्यु

रौतहट, माघ २२ – रौतहटको इशनाथ नगरपालिकामा आज दुःखद घटना भएको छ। रास्वपा उम्मेदवारको प्रचार...