News Portal

येलेदोङ ५०८१ औ साकेला फोटो कन्टेस्टमा गायिका मिना राई विजयी

हिमालीसंचार संवाददाता
७३४ पटक

काठमाण्डौ – ‘साङ्केन क्रियसन’को आयोजनामा ‘साकेला फोटो कन्टेस्ट प्रतियोगितामा येलेसम्बत ५०८१ औ येलेदोङ उभौली साकेला चाडको अबसरमा आयोजित कार्यक्रमद्वारा खोटाङकी मीना पुमा राई प्रथम भएकी छिन् । विजेता राई पेशाले गायिका साथै संगीतकार हुन्। 

त्यस्तै, खोटाङकै सजिना चाम्लिङ राई दोस्रो र काठमाडौंकी सोनिया थुलुङ राई तेस्रो भएकी छिन् । प्रथम, दोस्रो र तेस्रो हुनेले क्रमशः १५, १० र ५ हजार रुपैयाँ बराबरको ‘साङ्केन क्रियसन’को सपिङ कुपन पाउने साङ्केन क्रियशनका संचालिका खुसेनिछो चाम्लिङ राईले हिमालीसंचारसंगको कुराकानीमा जानकारी दिएकी छिन् ।

उभौली साकेला चाड विस २०७८ सालको अवसरमा आयोजित सो प्रतियोगिता गत जेठ १० गतेदेखि २१ गतेसम्म अनलाइन फेसबुकमार्फत सञ्चालन गरिएको थियो। त्यसको नतिजा जेठ २२ गते सार्वजानिक गरिएको हो। प्रतियोगितामा किराती भेषभूषामा खिचिएको फोटोहरू ‘साङ्केन क्रियसन’ फेसबुक पेजबाट सार्वजानिक गरी दर्शक मानुभावहरुको ‘लाइक’को आधारमा विजेता छनौटगरी विजेता घोषणा गरिएको संचालिका खुसेनिछो चाम्लिङ राईले बताईन् । उक्त प्रतियोगितामा प्रथम मिना पुमा राईले कुल लाइक १ हजार ७ सय ७५, दोस्रो सजिना चाम्लिङ राईले १ हजार ४ सय ८ र तेस्रो सोनिया थुलुङ राईले ७ सय १२ लाइक प्राप्त गरेकी आयोजकले जनाएको छ ।

“जीवनमा पहिलोपटक प्रतियोगितामा सहभागी भएकी थिएँ,’ विजयी भएपछि मीना राईले सामाजिक सञ्जाल आफ्नो फेसबुक लाइभमा करिब ४५ मिनेटको कुराकानीमा, ‘प्रतियोगिता सानो, ठूलो हुँदैन । यो विजय म मात्र नभएर मेरा इष्टमित्र, शुभचिन्तक, साथीभाइ सबै विजयी बन्नुभएको छ भनेर सबैसंग आफ्नो मिठो अनुभूति सेयर गरेकी थिइन्।’

त्यस्तै, ‘बेस्ट फोटो अवार्ड’बाट भोजपुरका विजय छाङ्छा राई, पोखराका सचिता राई र सिक्किमका मणि राई क्रमशः प्रथम, दोस्रो र तेस्रो भएका थिए। विजेता तीनैजनाले युगल रूपमा काठमाडौं दक्षिणकालीस्थित बोसनडाँडामा रहेको ‘ब्ल्यु माउन्टेन रिसोर्ट’मा एक दिन बस्ने प्याकेज रहेको छ। 

‘डे बाई डे पोस्ट’मा माथिमा विजेताबाहेक सबैभन्दा बढी ‘लाइक’ पाउने ११ जना छनोटमा परेका छन् । छनोटमा पर्नेमा पंकज सिप्तुङखा राई– झापा (५०१), श्रृति राई– इटहरी (४९०), निर्जला राई-काठमाडौं (४३५), मेरी राई- इलाम (४२७), ममता खोम्युङ्खा राई-मोरङ (३७९), निता राई- धरान (३५७), शिम्रन थुलुङ-काठमाडौं (२५४), मनिषा राई- खोटाङ (२२६), राजन साम्पाङ- सुनसरी (१६६), देवीराम राई- सिक्किम (१३५) र आशिका राई- सिक्किम (६१) रहेका छन् । विजयीहरूले ‘साङकेन क्रियसन’बाट १ हजार बराबरको सपिङ कुपन पाएका छन्। 

प्रतियोगिताको अनलाइन विजेता घोषणा गर्ने कार्यक्रममा ‘नेपाल आदिवासी चेम्बर्स अफ् कमर्स’को अध्यक्ष तथा उधोगपति तेजबहादुर थुलुङ राई, विशेष अतिथिहरूमा ‘किरात राई यायोक्खा’ काठमाडौं जिल्ला कार्यसमितिका अध्यक्ष प्रमिला राई, गोर्खाज् फाइनान्सका शम्भु राई र युनिटेक मिडिया प्रालिका सुरज राईको सहभागिता रहेको थियो । 

त्यस्तै, हङकङबाट समाजसेवी किन्दर राई, साउदी अरबबाट समाजसेवी वीरबहादुर राई, अमेरिकाबाट खुसी राई र काठमाडौंबाट तेज बान्तावा राईको ‘जुम’मार्फत आयोजित अनलाइन कार्यक्रममा  उपस्थिति रहेको थियो ।

‘साङ्केन क्रियसन’ सञ्चालक खुसेनिछो चाम्लिङका अनुसार यो प्रतियोगितामा देश-विदेशबाट ३ सय १३ जना प्रतिस्पर्धीहरूको सहभागिता रहेको थियो । ‘यो प्रतियोगिता पहिलोचोटी आयोजना गरिएको भएता वृहत सहभागिता र सहयोगको लागि सबैलाई धन्यवाद छ,’ संचालिका राईले थप भने ‘साङ्केन क्रियसन’ले किराती भेषभूषा, सांस्कृतिक सामग्रीहरूको व्यावसाय तथा प्रचार-प्रसार गर्दै आएको छ । यसको सञ्चालन चन्द्रा चाम्लिङ र खुसेनिछो चाम्लिङ हुन् । संचालिका खुशेनिछोका अनुसार यो प्रतियोगिता वर्षेनी आयोजना गरिने जानकारी समेत दिएकी छिन् ।

प्रतिकृया दिनुहोस्

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...