News Portal

  • येलेदोङ ५०८१ औ साकेला फोटो कन्टेस्टमा गायिका मिना राई विजयी

    हिमालीसंचार संवाददाता
    ६४४ पटक

    काठमाण्डौ – ‘साङ्केन क्रियसन’को आयोजनामा ‘साकेला फोटो कन्टेस्ट प्रतियोगितामा येलेसम्बत ५०८१ औ येलेदोङ उभौली साकेला चाडको अबसरमा आयोजित कार्यक्रमद्वारा खोटाङकी मीना पुमा राई प्रथम भएकी छिन् । विजेता राई पेशाले गायिका साथै संगीतकार हुन्। 

    त्यस्तै, खोटाङकै सजिना चाम्लिङ राई दोस्रो र काठमाडौंकी सोनिया थुलुङ राई तेस्रो भएकी छिन् । प्रथम, दोस्रो र तेस्रो हुनेले क्रमशः १५, १० र ५ हजार रुपैयाँ बराबरको ‘साङ्केन क्रियसन’को सपिङ कुपन पाउने साङ्केन क्रियशनका संचालिका खुसेनिछो चाम्लिङ राईले हिमालीसंचारसंगको कुराकानीमा जानकारी दिएकी छिन् ।

    उभौली साकेला चाड विस २०७८ सालको अवसरमा आयोजित सो प्रतियोगिता गत जेठ १० गतेदेखि २१ गतेसम्म अनलाइन फेसबुकमार्फत सञ्चालन गरिएको थियो। त्यसको नतिजा जेठ २२ गते सार्वजानिक गरिएको हो। प्रतियोगितामा किराती भेषभूषामा खिचिएको फोटोहरू ‘साङ्केन क्रियसन’ फेसबुक पेजबाट सार्वजानिक गरी दर्शक मानुभावहरुको ‘लाइक’को आधारमा विजेता छनौटगरी विजेता घोषणा गरिएको संचालिका खुसेनिछो चाम्लिङ राईले बताईन् । उक्त प्रतियोगितामा प्रथम मिना पुमा राईले कुल लाइक १ हजार ७ सय ७५, दोस्रो सजिना चाम्लिङ राईले १ हजार ४ सय ८ र तेस्रो सोनिया थुलुङ राईले ७ सय १२ लाइक प्राप्त गरेकी आयोजकले जनाएको छ ।

    “जीवनमा पहिलोपटक प्रतियोगितामा सहभागी भएकी थिएँ,’ विजयी भएपछि मीना राईले सामाजिक सञ्जाल आफ्नो फेसबुक लाइभमा करिब ४५ मिनेटको कुराकानीमा, ‘प्रतियोगिता सानो, ठूलो हुँदैन । यो विजय म मात्र नभएर मेरा इष्टमित्र, शुभचिन्तक, साथीभाइ सबै विजयी बन्नुभएको छ भनेर सबैसंग आफ्नो मिठो अनुभूति सेयर गरेकी थिइन्।’

    त्यस्तै, ‘बेस्ट फोटो अवार्ड’बाट भोजपुरका विजय छाङ्छा राई, पोखराका सचिता राई र सिक्किमका मणि राई क्रमशः प्रथम, दोस्रो र तेस्रो भएका थिए। विजेता तीनैजनाले युगल रूपमा काठमाडौं दक्षिणकालीस्थित बोसनडाँडामा रहेको ‘ब्ल्यु माउन्टेन रिसोर्ट’मा एक दिन बस्ने प्याकेज रहेको छ। 

    ‘डे बाई डे पोस्ट’मा माथिमा विजेताबाहेक सबैभन्दा बढी ‘लाइक’ पाउने ११ जना छनोटमा परेका छन् । छनोटमा पर्नेमा पंकज सिप्तुङखा राई– झापा (५०१), श्रृति राई– इटहरी (४९०), निर्जला राई-काठमाडौं (४३५), मेरी राई- इलाम (४२७), ममता खोम्युङ्खा राई-मोरङ (३७९), निता राई- धरान (३५७), शिम्रन थुलुङ-काठमाडौं (२५४), मनिषा राई- खोटाङ (२२६), राजन साम्पाङ- सुनसरी (१६६), देवीराम राई- सिक्किम (१३५) र आशिका राई- सिक्किम (६१) रहेका छन् । विजयीहरूले ‘साङकेन क्रियसन’बाट १ हजार बराबरको सपिङ कुपन पाएका छन्। 

    प्रतियोगिताको अनलाइन विजेता घोषणा गर्ने कार्यक्रममा ‘नेपाल आदिवासी चेम्बर्स अफ् कमर्स’को अध्यक्ष तथा उधोगपति तेजबहादुर थुलुङ राई, विशेष अतिथिहरूमा ‘किरात राई यायोक्खा’ काठमाडौं जिल्ला कार्यसमितिका अध्यक्ष प्रमिला राई, गोर्खाज् फाइनान्सका शम्भु राई र युनिटेक मिडिया प्रालिका सुरज राईको सहभागिता रहेको थियो । 

    त्यस्तै, हङकङबाट समाजसेवी किन्दर राई, साउदी अरबबाट समाजसेवी वीरबहादुर राई, अमेरिकाबाट खुसी राई र काठमाडौंबाट तेज बान्तावा राईको ‘जुम’मार्फत आयोजित अनलाइन कार्यक्रममा  उपस्थिति रहेको थियो ।

    ‘साङ्केन क्रियसन’ सञ्चालक खुसेनिछो चाम्लिङका अनुसार यो प्रतियोगितामा देश-विदेशबाट ३ सय १३ जना प्रतिस्पर्धीहरूको सहभागिता रहेको थियो । ‘यो प्रतियोगिता पहिलोचोटी आयोजना गरिएको भएता वृहत सहभागिता र सहयोगको लागि सबैलाई धन्यवाद छ,’ संचालिका राईले थप भने ‘साङ्केन क्रियसन’ले किराती भेषभूषा, सांस्कृतिक सामग्रीहरूको व्यावसाय तथा प्रचार-प्रसार गर्दै आएको छ । यसको सञ्चालन चन्द्रा चाम्लिङ र खुसेनिछो चाम्लिङ हुन् । संचालिका खुशेनिछोका अनुसार यो प्रतियोगिता वर्षेनी आयोजना गरिने जानकारी समेत दिएकी छिन् ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    मोबाइलको लतमा फसेका युवालाई गलत तत्वले प्रयोग गरेको पोखरेलको दाबी

    काठमाडौं, १७ कात्तिक — नेकपा एमालेका महासचिव शंकर पोखरेलले पछिल्लो समय मोबाइलको अत्यधिक प्रयोगमा रमाउने...

    युके पठाइदिन्छु भन्दै ४२ लाख ठगी गर्ने युवक पक्राउ

    काठमाडौँ, कार्तिक १७ – वैदेशिक रोजगारीका नाममा ठगी गर्ने एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।...

    कैलालीमा दुई भारतीय नागरिक पक्राउ, २८ लाख रुपैयाँ बरामद

    कैलाली, कार्तिक १७ – स्रोत नखुलेको ठूलो परिमाणको नगदसहित दुई भारतीय नागरिक कैलालीमा पक्राउ परेका...

    आज २०८२ साल कार्तिक १७ गतेको राशिफल

    आज कार्तिक १७, २०८२ (नोभेम्बर ३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    ‘पहिला देश’ अभियान अन्तर्गत माइतीघरमा प्रदर्शन र प्रहरी हस्तक्षेप

    काठमाडौं, कार्तिक १६ – डा. निकोलस भुसालले आह्वान गरेको प्रदर्शनमा सहभागी केही प्रदर्शनकारीहरुलाई प्रहरीले पक्राउ...