News Portal

युएईका साहित्यकारद्वारा १० लाखको अक्षयकोष स्थापना

हिमालीसंचार संवाददाता
४५८ पटक

रामप्रसाद ढुंगेल/युएई– वैदेशिक रोजगारीको लागि युएईमा रहेर साहित्य साधनालाई निरन्तर दिएका नेपाली साहित्यकारहरु मिलेर १० लाख नेपाली रुपैयाँको अक्षयकोष स्थापना गर्ने भएका छन् । युएईको नेपाली साहित्यिक गतिविधिमा अगाडि बढिरहेको साहित्यिक संस्था “सगरमाथा साहित्य प्रतिष्ठान” ले अक्षयकोष स्थापना गर्ने निर्णय गरेको प्रतिष्ठानका महासचिव डिजी शर्माले बताएका छन् ।

प्रतिष्ठानको केन्द्रीय समितिको बैठकले आगामी दुई वर्षभित्र लक्ष्य पूरा गर्ने गरी १० लाख रुपैयाँ बराबरको कोष स्थापना गर्ने निर्णय गरेको हो । कोष स्थापना भएपछि साहित्य, कला तथा सङ्गीत क्षेत्रमा आवद्ध कुनै संस्था वा ब्यक्तिलाई योगदानको आधारमा सम्मानसहित पुरस्कार दिने लक्ष्य राखिएको छ ।

पुरस्कार तथा पुरस्कारको राशि रकमबारे पछि गठन हुने पुरस्कार वितरण सम्बन्धि मापदण्डमा विस्तृत रुपमा उल्लेख गरिने जनाइएको छ । प्रतिष्ठानको स्थापना दिवसको अवसर पारेर हरेक वर्ष प्रदान गरिने सो पुरस्कारको नाम “सगरमाथा वर्ष पुरस्कार” तय भएको छ । 

युएईमा सक्रिय रहेको यो प्रतिष्ठानले अक्षयकोषका लागि संस्थाका केन्द्रीय सदस्य तथा पदाधिकारी र अन्य ब्यक्ति, संघसंस्थाबाट रकम संकलन गरिने जनाएको छ । 

अहिलेसम्म अक्षयकोषको रकम संकलन, ब्यवस्थापन र सञ्चालनको लागि तत्कालको लागि संस्थाका केन्द्रीय सचिव डि एल घिमिरेको संयोजकत्वमा केन्द्रीय सह-सचिव सुजन सिरेङ चोङ्बाङ लिम्बू र केन्द्रीय सदस्य रविन दर्लामी मगर सदस्य रहेको तीन सदस्यीय अक्षयकोष ब्यवस्थापन समिति बनाइएको छ । 

सगरमाथा साहित्य प्रतिष्ठान नेपालले स्थापना गर्न लागेको अक्षयकोषको लागि अहिलेसम्म केही पदाधिकारी तथा साहित्यप्रेमीहरुले कोषमा स्वतस्फूर्त रकम जम्मा गर्ने घोषणा गरेका छन् ।

प्रतिष्ठानका संरक्षक समर चेम्जोङ आभाषले यो कोषको लागि  ५० हजार, अध्यक्ष जीवित खड्का मगरले ५१ हजार, प्रवक्ता राजेशराज गड्तौलाले २५ हजार, सुचारु विभाव प्रमुख अजित क्षेत्रीले २० हजार, महासचिव डि जि शर्माले ५० हजार नेपाली रुपैयाँ जम्मा गर्ने घोषणा गरेमा छन् ।

यसैगरी केन्द्रीय सदस्य जीरन थुलुङ, सचिव डि एल घिमिरे, सहसचिव सुजन सिरेङ चोङ्बाङ लिम्बू, सदस्य कृष्णप्रसाद घिमिरे, सल्लाहकार  दीपराज न्योङङ्हाङले जनही २०/२० हजार रुपैयाँ जम्मा गर्ने प्रतिबद्धता गरेका छन् ।

यसैगरी संस्थाका संस्थापक अध्यक्ष तथा संरक्षक विवेक दुलाल क्षेत्रीले ५० हजार १ सय ५० रुपैयाँ जम्मा गर्ने घोषणा गरेका छन् । यसका अतिरिक्त केन्द्रीय सदस्यहरु रविन दर्लामी मगर, सदस्य अमृता वान्तवा, युवराज खतिवडा, उपाध्यक्ष सरु शितल राईले पनि जनही २०/२० हजार रुपैयाँ र काठमाडौंबाट सुभद्रा नेपालीबाट १०  हजार गरी अहिलेसम्म १६ जना मनकारी दाता तथा अभियन्ताहरुबाट करिब ४ लाख ३६ हजार रुपैयाँ बराबरको रकम घोषणा भएकोले बाकी रकम पनि निर्धारण गरिएको समयसीमा भित्रमा संकलन गरिसक्ने लक्ष्य लिइएको छ ।

प्रवासबाट नेपाली साहित्यको उत्थानको लागि गरिएको यो अनुकरणीय प्रयत्नलाई सफल बनाउन अध्यक्ष जिवित खडका मगरले सबै मनकारी दाताहरुलाई अनुरोध गरेका छन् ।

प्रतिकृया दिनुहोस्

कास्कीमा कांग्रेस सभापति थापाको कार्यकर्ता सम्वोधन: ‘अबकी बार सय पार’ नारा दिनुहोस्

कास्की, माघ २३ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शुक्रबार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन...

चितवन–२ मा रवि र कांग्रेस उम्मेदवार खरेलबीच भेटघाट, स्वच्छ र सम्मानजनक प्रतिस्पर्धाको प्रतिबद्धता

काठमाडौं, २३ माघ – प्रतिनिधिसभा निर्वाचनअन्तर्गत चितवन–२ मा प्रतिस्पर्धामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि...

मेडिकल व्यवसायी दुर्गा प्रसाईं चाल्नाखेलबाट नियन्त्रणमा

काठमाडौँ, माघ २३ – मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’...

आज २०८२ साल माघ २३ गतेको राशिफल

आज माघ २३, २०८२ ( फेब्रुअरी ६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रौतहटमा रास्वपा उम्मेदवारको गाडीले ठक्कर दिँदा ४ वर्षीय बालिकाको मृत्यु

रौतहट, माघ २२ – रौतहटको इशनाथ नगरपालिकामा आज दुःखद घटना भएको छ। रास्वपा उम्मेदवारको प्रचार...