News Portal

राउन्ड टेबल-१५ द्वारा रंगेलीका अतिविपन्न परिवारलाई खाद्यान्न सामाग्री हस्तान्तरण

सेन्ट्रल राउन्ड टेबल-१५ द्वारा अतिविपन्न घर परिवारलाई खाद्यान्न सामाग्री बितरण

हिमालीसंचार संवाददाता
४४२ पटक

रबिन्द्र बराल– माेरङकाे विराटनगरमा स्थापना भएको सेन्ट्रल राउन्ड टेबल-१५ द्वारा अतिविपन्न घर परिवारलाई खाद्यान्न सामाग्री बितरण गरिएको छ ।
कोभिड १९ महामारीको समयमा लागेको निषेधाज्ञाले गर्दा दैनिकी ज्यालादारी मजदुर हरुकाे घरमा आर्थिक अवस्था कमजोर भएको र दुई छाक टार्ने हम्मेहम्मे परिरहेको सामयमा काेहि पनि भोकै बस्न बाध्य नपराे भन्दै राउन्ड टेबलले एक सय परिवारलाई अत्यावशक खाद्यान्न सामाग्री सहयोग गरेका छन ।
रंगेली नगरपालिकाकाे वडा नम्बर ८ का सुकुम्बासी टाेल र ९ का अतिविपन्न एक यस घरपरिवार लाई खाधन्य सामाग्री बितरण गरिएको थियोे । राउन्ड टेबल १५ का अध्यक्ष कपिल अग्रवाल, संस्थाका सुमित अग्रवाल, अरुण माेदी, राजेश अग्रवाल ,राजेश शर्मा रंगेलीका समाज सेवि कमल राजवंशी लगायत काे उपस्थितिमा उक्त खाद्यान्न हस्तान्तरण गरेका थिए । राउनटेवलले प्रत्येक परिवारलाई १० केजी चामल, १ केजि दाल,२ प्याकेट भुजा, २ केजी आलु , आधा लिटर तेल र १ केजी नुन हस्तान्तरण गरिएको थियो ।
त्यसैगरी विराटनगर सेन्ट्रल राउन्ड टेबल-१५ ले विराटनगरका विभिन्न बडाहरुमा समेत अतिविपन्न परिवारलाई अत्यावशक खाद्यान्न उपलब्ध गराएको थियो ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण...