News Portal

रौतहटमा प्रेम पत्र पठाएको आरोपमा युवकमाथि कुटपिट

हिमालीसंचार संवाददाता
४९४ पटक

रौतहट – रौतहटमा एक युवकमाथि कुटपिट भएको छ। युवतीलाई प्रेम पत्र पठाएको आरोपमा दुर्गा भगवती गाउँपालिका वडा नम्बर ५ का १९ वर्षीय युवकमाथि कुटपिट भएको सेतोपाटीले खबर लेखेको छ।

यो घटना बिहीबारको हो। युवकलाई अर्का एक पुरूषले कुटपिट गरिरहेको भिडिओ भाइरल भएपछि यसबारे प्रहरीले सोधखोज गरेको थियो। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक शिद्धिविक्रम शाहले करिब ४५ वर्षका राजदेव गिरीले १९ वर्षका विकास पासवानलाई कुटपिट गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताए।

पासवानमाथि लठ्ठीले पिँडुला, ढाड लगायतमा कुटपिट गर्दा गाउँलेहरू भने, हेरिरहेका थिए। यो घटनाबारे बुझ्न प्रहरीले दुवै जनालाई कार्यालयमा बोलाएको छ। ‘युवतीलाई प्रेमपत्र पठाएको विषयमा कुटपिट भएको भन्नेछ। हामी थप बुझ्दैछौं,’ उनले भने।

पासवानले राजदेवकी छोरीलाई भने, प्रेम पत्र पठाएका थिएनन्। ‘कुट्ने मान्छेकै छोरी होइन। अर्कैकी छोरीलाई पठाएको हो। अलि जान्नेमान्ने गाउँका नेता खालका मान्छे रहेछन्,’ उनले भने, ‘कुटपिटबाट युवकको शरीरमा निलडाम बसेको छ।’ प्रहरीले यस घटना सम्बन्धी थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन २९ गतेको राशिफल

आज फागुन २९, २०८२ ( मार्च १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

शीर्षक : रंगेलीमा दुई बालक बेहोस अवस्थामा फेला, अपहरण आशंकामा प्रहरीद्वारा सोधपुछ

रंगेली (मोरङ), फाल्गुन २८ बिहीबार : मोरङको रंगेली नगरपालिका–५ मा दुई जना बालक बेहोस अवस्थामा...

इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान सीआईबीद्वारा सुरु

सुर्खेत, फागुन २८ — सुर्खेतमा एक किशोरीको हत्या भएको घटनाको थप अनुसन्धान अब केन्द्रीय अनुसन्धान...

बालेनलाई संसदीय दलको नेता बनाउन रास्वपाले विधान सच्याउनुपर्ने

काठमाडौं, फागुन २८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको...

मध्यपूर्व तनावको असर : भारततर्फ आउँदै गरेको जहाजमा आक्रमण, तेल मूल्य उकालो

काठमाडौँ : विश्वकै सबैभन्दा व्यस्त समुद्री मार्ग मानिने स्ट्रेट अफ होर्मुजमा बुधबार भएका शृंखलाबद्ध आक्रमणमध्ये...