News Portal

कर्सिया बजारमा आगलागी हुदा ७० लाख बराबरको क्षति

हिमालीसंचार संवाददाता
३५१ पटक

रबिन्द्र बराल/मोरङ – मोरङको धनपालथान गाउँपालिका ४ स्थित कर्सिया बजारमा आगलागी हुदा ७० लाख रुपैयाँ बराबरको क्षेती भएको छ ।

रंगेली  नगरपालिकाको वडा नम्बर २ स्थित घर भएका बद्रि कुमार कार्की ले २० बर्ष देखि संचालनमा रहेको  खाजा पसल र  रंगेली २ मंङलवारे घर भएका राजेन्द्र शर्माको फर्निचर उद्योगमा आगलागी  भएको छ। कोरोनाको समयमा खाजा पसल र फर्निचर उद्योग समेत बन्द भएको समय बिधुत सट भई आगलागी भएको रंगेली प्रहरी जनाएको छ । 

आगलागी फर्निचरबाट बिहान ९ बजेदेखि सुरु भएको र डेर घण्टा पछि आगो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । कार्की होटलमा रहेको ग्यास, फ्रिज, लगायत १० लाख बराबरको क्षेति भएको छ । फर्निचर उद्योगमा रहेको काठ, फर्निचर, मोटर लगायत ६० लाख बराबरको क्षेति भएको राजेन्द्र  शर्माले बताए ।  

आगो नियन्त्रणमा रंगेलीको दमकल, कानेपोखरी, बिराटनगरको दमकल सहित नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयहरुको संयुक्त प्रयासमा २ घण्टापछि  आगो नियन्त्रणमा आएको थियो ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...

एमाले अझै तेस्रो शक्ति : केपी शर्मा ओली

काठमाडौं, १२ चैत – केपी शर्मा ओलीले आफ्नो पार्टी नेपाल कम्युनिष्ट पार्टी (एमाले) अझै पनि...

८ किमि हिँडेर विद्यालय : मोरङको मिर्चाडाँगीका बालबालिकाको पीडा

रविन्द्र बराल मोरङ – के तपाईं पत्याउनु हुन्छ ? नेपालमै यस्तो गाउँ छ जहाँ पुग्न...

सिलाम साक्मासहित बालेनको उपस्थितिले झल्कायो सांस्कृतिक पहिचान

काठमाडौं, चैत १२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह प्रतिनिधिसभा सदस्यको शपथ...