News Portal

मोरङको रंगेली नगरपालिकामा तरुण दलले ग’यो पैदल यात्रीलाई सर्जिकल माक्स वितरण

हिमालीसंचार संवाददाता
२६४ पटक

रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालिकामा नेपाल तरुण दलले सर्जिकल माक्स वितरण गरेको छ।  कोरोना भाइरसको दोस्रो लहरको न्यू भेरियेन्ट कोभिडको विरुद्ध तरुणदलले सर्जिकल मास्क तथा सेनिटाईजर वितरण गरेको हो । 

तरुण दलले बिहीबार रंगेली नगरपालिकाको मुख्य बजार हुदै बसपार्कसम्मको सडक खण्डमा आवत जावत गर्ने सर्वसाधारणहरुका लागि सर्जिकल माक्स वितरण गरेको हो ।  

उक्त कार्यक्रममा तरुणदल मोरङ्ग सभापति संजय थापा, तरुण दल मोरङ कोषाध्यक्ष अनिल रिजाल, नेपाल बिधार्थी संघका देवचन्द्र घिमिरे, रंगेलीका तरुण दलका अगुवा कार्यकर्ता लगायतको उपस्थित रहेको थियो। 

तरुण दलले रंगेलीमा काेराेना पाेजेटिव भएर नेगेटिभ भएको व्यक्तिहरुको घरमा समेत सेनिटाईजर गर्ने र अति बिपन्न परिवारलाई समेत राहत दिने कार्यक्रम रहेको तरुणदल मोरङ सभापति संजय थापा ले बताए । पछिल्लो समयमा तरुण दलले कोभिडमा  माेरङकाे पथरी, बेलवारी, उर्लाबारी र लेटाङ लगयातका स्थानमा तरुण दल सक्रिय रुपमा विभिन्न रुपमा काम गर्दै आईरहेको छ । तरुण दलको सक्रियता देखेर स्थानीय खुशी भएको स्थानीय अबिषेश अधिकारीले बताए ।

प्रतिकृया दिनुहोस्

नुतन शैलीमा ऐतिहासिक चरीत्र- यशोधरा

काठमाडौं – यशोधरा महामानव, बौद्ध धर्मका प्रवर्तक तथा महान् त्यागी सिद्धार्थ गौतमकी पत्नी हुन्। प्रस्तुत...

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, पुष ७ – अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ।...

विपद् पूर्वतयारीलाई अझ प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल

काठमाडौं, पुष ७ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा विपद् व्यवस्थापनलाई अझ व्यवस्थित, व्यापक र प्रभावकारी...

अनुमतिविना माइतीघरमा प्रदर्शन, मिराज ढुंगाना समूहलाई प्रहरीले हटायो

काठमाडौं, पुष ७ – अनुमति नलिई माइतीघरमा प्रदर्शनमा उत्रिएको मिराज ढुंगाना नेतृत्वको समूहलाई प्रहरीले त्यहाँबाट...