News Portal

मोरङको रंगेली नगरपालिकामा तरुण दलले ग’यो पैदल यात्रीलाई सर्जिकल माक्स वितरण

हिमालीसंचार संवाददाता
२९५ पटक

रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालिकामा नेपाल तरुण दलले सर्जिकल माक्स वितरण गरेको छ।  कोरोना भाइरसको दोस्रो लहरको न्यू भेरियेन्ट कोभिडको विरुद्ध तरुणदलले सर्जिकल मास्क तथा सेनिटाईजर वितरण गरेको हो । 

तरुण दलले बिहीबार रंगेली नगरपालिकाको मुख्य बजार हुदै बसपार्कसम्मको सडक खण्डमा आवत जावत गर्ने सर्वसाधारणहरुका लागि सर्जिकल माक्स वितरण गरेको हो ।  

उक्त कार्यक्रममा तरुणदल मोरङ्ग सभापति संजय थापा, तरुण दल मोरङ कोषाध्यक्ष अनिल रिजाल, नेपाल बिधार्थी संघका देवचन्द्र घिमिरे, रंगेलीका तरुण दलका अगुवा कार्यकर्ता लगायतको उपस्थित रहेको थियो। 

तरुण दलले रंगेलीमा काेराेना पाेजेटिव भएर नेगेटिभ भएको व्यक्तिहरुको घरमा समेत सेनिटाईजर गर्ने र अति बिपन्न परिवारलाई समेत राहत दिने कार्यक्रम रहेको तरुणदल मोरङ सभापति संजय थापा ले बताए । पछिल्लो समयमा तरुण दलले कोभिडमा  माेरङकाे पथरी, बेलवारी, उर्लाबारी र लेटाङ लगयातका स्थानमा तरुण दल सक्रिय रुपमा विभिन्न रुपमा काम गर्दै आईरहेको छ । तरुण दलको सक्रियता देखेर स्थानीय खुशी भएको स्थानीय अबिषेश अधिकारीले बताए ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...

एमाले अझै तेस्रो शक्ति : केपी शर्मा ओली

काठमाडौं, १२ चैत – केपी शर्मा ओलीले आफ्नो पार्टी नेपाल कम्युनिष्ट पार्टी (एमाले) अझै पनि...

८ किमि हिँडेर विद्यालय : मोरङको मिर्चाडाँगीका बालबालिकाको पीडा

रविन्द्र बराल मोरङ – के तपाईं पत्याउनु हुन्छ ? नेपालमै यस्तो गाउँ छ जहाँ पुग्न...

सिलाम साक्मासहित बालेनको उपस्थितिले झल्कायो सांस्कृतिक पहिचान

काठमाडौं, चैत १२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह प्रतिनिधिसभा सदस्यको शपथ...