News Portal

पुतली खवास मृत्यु प्रकरणमा प्रहरीको फितलो अनुसन्धान, पिडितले अझै न्याय पाएनन्

हिमालीसंचार संवाददाता
४१२ पटक

रबिन्द्र बराल/मोरङ – मोरङको  कानेपोखरी गाउँपालिका वडा नम्बर- ३ स्थित पुतली चौकमा वैशाख २० गते सिता भनिने पुतली खवासको मकै बारीमा मृत अवस्थामा फेला परेकी थिईन। १६ बर्षकि खवासको मृत्यु भएको एक महिना हुनै लाग्दा समेत प्रहरीले अनुसन्धानमा बेवास्ता गरेको भन्दै न्याको खोजिमा पत्रकार सामु आईपुगेका छन।

मृतका ठुलोबुवा शिवचरण चौधरीको अनुसार मेरो छोरी स्थानीय प्रकाश खड्काको मकै वारीमा मृत अवस्था भेटिएको महिना दिन बितिसक्दा समेत ईलाका प्रहरी कार्यलय पथरी र जिल्ला प्रहरी कार्यलय मोरङले अनुसन्धानमा बेवास्ता गरेर पिडितलाई न्याय दिनुको साटो अझै पीडा दिएको बताएका छन।

उनले भने मकै वारीमा घोप्टो अवस्थामा भेटिएको लाशलाई प्रकाश खड्काले आफ्नै आँगनमा लाश ल्याएको उने बताए। घर देखि ३ सय मिटर टाढा रहेको मकै बारीमा मृत अवस्थामा फेला परेको तर सो खेतमा ६ ईन्चि जति मात्रै पानी रहेको तर प्रहरीले भने पानिमा डुवेर मृत्यु भएको जवाफ दिए पछि आफुले न्याय नपाएको दुखेको पोखेका छन।

उनले भने १६ बर्षको उमेर सम्म छोरीको कुनै पनि द्रिघ रोगहरु नभएको र शरीरमा समेत कुनै चोटपटक नदेखिएको हुनाले उनको हत्या भएको आरोप लगाएका छन। उनले भने ३ बजे सम्म छोरीले खड्का परिवारको गाई, बाख्रा ल्याएको ४ बजे मकै बारीमै लाश भेटिएको र प्रकाश खड्का आफैले कतै पानीमा पो डुवेकी छे की समेत भनेको उनले बताए।

पछि छोरीको लास पानीमा नै मृत भेटिपछि थप आशंका बडेको ठुलोबुवा शिवचरणले बताए। मृतक युवती खडकाको घरमा कहिले काँही विहान वेलुका गाई-बाख्रा खुटने ल्याउने काम गर्दै आइरहेको  ठुलो बुबाले बताए।

बैशाख २० गते साँझ ३:३० बजे  हरियो मकै पोली खान्छु भनेर मकै टिप्न गएको र ४ बजे सोही ठाउँमा मृत अवस्थामा फेला परेकी थिईन। मृतकको परिवारका अनुसार सधै काम गर्न जान्थी कहिले दिदी त कहिलै बहिनी उसको भवितव्यं मृत्यु नभएर हत्या गरिएको उनका बुवा पन्च चौधरीले आरोप लगाएका छन। अहिलेसम्म प्रहरीले राम्रोसंग अनुसन्धान नगर्दा आफूहरुले न्याय नपाएको समेत बताए।

मृतकका बुवा अनुसार प्रहरीले चाडो भन्दा चाडै दोसी पत्ता लगाएर  कार्वाहीको माग समेत गरेका छन। पिडित परिवारले मृत्यु भएको केही दिन पछि प्रकाश खड्कालाई पथरी प्रहरी कार्यलय जाउ भन्दा समेत उनी जान नमानेको हुनाले आफुहरुलाई थप आशंका उत्पन्न भएको आफन्त ले बताए। 

यता ईलाका प्रहरी कार्यलय पथरीका डिएपी प्रकाश खड्कासंग उक्त घटनाको बिषयमा जानकारी लिन खोज्दा उनले भने उक्त घटानाको अनुसन्धान जिल्ला प्रहरी कार्यलय मोरङले गरिरहेको भन्दै आफू पंछिन समेत खोजेका छन। मोरङका डिएसपी मानवहादुर गुरुङलाई टेलिफोन मार्फत जानकारी लिदा उनले भने  आफुहरुले अनुसन्धान भईरहेको र पोष्टमाटमको रिपोर्ट आउन बाँकी रहेको हुनाले रिपोर्ट आएपछि थप अनुसन्धान गरिने गुरुङले बताए।

प्रतिकृया दिनुहोस्

नुतन शैलीमा ऐतिहासिक चरीत्र- यशोधरा

काठमाडौं – यशोधरा महामानव, बौद्ध धर्मका प्रवर्तक तथा महान् त्यागी सिद्धार्थ गौतमकी पत्नी हुन्। प्रस्तुत...

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, पुष ७ – अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ।...

विपद् पूर्वतयारीलाई अझ प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल

काठमाडौं, पुष ७ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा विपद् व्यवस्थापनलाई अझ व्यवस्थित, व्यापक र प्रभावकारी...

अनुमतिविना माइतीघरमा प्रदर्शन, मिराज ढुंगाना समूहलाई प्रहरीले हटायो

काठमाडौं, पुष ७ – अनुमति नलिई माइतीघरमा प्रदर्शनमा उत्रिएको मिराज ढुंगाना नेतृत्वको समूहलाई प्रहरीले त्यहाँबाट...