News Portal

हङकङ नेपाली महासंघ हङकङले २ सय थान अक्सिजन कन्सन्ट्रेटर र अन्य स्वास्थ्या सामाग्री नेपाल पठाउने

हिमालीसंचार संवाददाता
४८० पटक

युवा राई/हङकङ – कोरोना भाइरसको दोस्रो लहरको असरले नेपालमा दैनिक हजारौ संख्यामा संक्रमित थपिरहेको छ भने करिब सयौ जनाले ज्यान गुमाउनु परिरहेको छ। यो पिडामा हङकङका नेपालीले २ सय थान अक्सिजन कन्सन्ट्रेटर साथै अन्य स्वास्थ्य सामाग्री नेपाल पठाउने भएका छन् । 

गत २९ तारिख शनिवार साँझ मङककको नाथन सेन्टर ५८० नाथन रोड स्थित महासंघको आफ्नै कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरेर एक प्रेस विज्ञप्ति जारी गर्दै “हेल्प नेपाल फाइट एगेन्स्ट कोभिड-१९ क्यामपेन” भन्ने नाराका साथ महासंघले कोरोना न्यूनीकरण तथा व्याबस्थापनका लागि हङकङमा रहेका नेपालीहरु समक्ष सहयोगको लागि अपील गरेको हो। 

हेल्प नेपाल अभियानको पहिलो चरणमा महासंघले न्युनतम २ सय थान अक्सिजन कन्सेन्ट्रेटर नेपाल पठाउने योजना रहेको छ। अक्सिजन सिलिक्ण्डरको अभाव हुदै गरेको अवस्थामा अक्सिजन बनाउने यो मेसिन सर्वसाधारण जनताको जीवन रक्षाको महत्वपूर्ण विकल्प रहेको हुदा उक्त उपकरण जीवन उपयोगी हुने संधले जनाएको छ।  

कोरोना भाइरसको दोस्रो लहरले नेपालमा अक्सिजन अभावका कारण सर्वसाधारण अकालमा मृत्युवरण गरिरहेका छ्न। अत  अहिलेको स्थितिमा अक्सिजन कन्सेन्ट्रेटरले धेरैको उपयोगी साथै सर्वसाधारणका लागि जीवन रक्षा गर्ने भएकोले पहिलो चरणमा कन्सेन्ट्रेटर पठाउने कुरा अभियानका संयोजक रिता गुरुङले बताए।

सोर्स एक्सन “Sowers Action” नामक एनजीओसंगको सहकार्यमा संचालित यो अभियान न्यूनतम २ सय वटा अक्सिजन कन्सेन्ट्रेटर यथाशीघ्र  एयर कार्गो मार्फत नेपाल पठाउने जानकारी दिईन्।

नेपाली महावाणिज्य दूतावास हङकङको सहजीकरणमा देशको नेपालको ७७ जिल्लाको सरकारी अस्पतालहरुमा कन्सन्ट्रेटरहरु वितरण गरिने लक्ष्य रहेको उक्त प्रेस मिटमा महासंघकी सल्लाहकार तथा अभियान संयोजक रिता गुरुङले बताएकी हुन्।

अभियानको दोस्रो चरण अन्तर्गत महावाणिज्य दूतावास हङकङ मार्फत नेपाल सरकारले तय गरेको माग सुची अनुसारका विभिन्न  स्वास्थ्य सामाग्री तथा राहत जनित वस्तुहरु नेपाल पठाउने भएको हो।

महासंघले सोअर्स एक्सन सोएर्स संगको सहकार्यमा डोनेसन संकलन गर्नको निम्ति जुन महिनाभरी च्यारिटी वाक गर्ने भएको हो। दातृ संस्था सोर्स एक्सनले दिएको २०० थान अक्सिजन कन्सन्ट्रेटर तयारी अबस्थामा रहेको भएता पनि ढुवानी खर्च जुटाउनु पर्ने दायित्व हामीसंग छ त्यसैले मातृभूमि प्रति माया दर्साउने हङकङका संघसंस्था, समाजसेवी, व्यापारी, लगायत हङकङबासी समस्त नेपालीहरुमा महासंघका अध्यक्ष टंक रानाले पत्रकार सम्मेलन मार्फत आर्थिक सहयोगको लागि सबैलाई अनुरोध गरेका थिए ।

“समस्यामा परेका नेपालीहरुलाई राहत प्रदान एवं उद्वार गर्नु मानवीय कर्तव्य हो । तसर्थ यस पवित्र अभियानलाई सफल पार्न यहाँहरु संपूर्णलाई आ-आफ्नो तहबाट आर्थिक सहयोग संकलनमा सहभागिता जनाइ यस बारेमा जानकारी सम्प्रेषण गरिदिनुभइ हातेमालो गरिदिन हुन हङकङ नेपाली महासंघ हार्दिक अपिल गर्दछ” विज्ञप्तिमा भनिएको छ।

प्रतिकृया दिनुहोस्

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...