News Portal

वीपी प्रतिष्ठान सुधारका लागि राजनीतिक दल र नागरिक समाजबीच छलफल

हिमालीसंचार संवाददाता
४३१ पटक

धरान – वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको बेथिती अन्त्य गर्न धरानका नागरिक समाज र राजनीतिक दलका प्रतिनिधिहरुबीच आज छलफल भएको छ । 

धरानको वीपी प्रतिष्ठानमा बेथिती बढ्दै गएको निष्कर्ष सहित नागरिक समाज र राजनीतिक दलका प्रतिनिधिहरुबीच छलफल भएको हो । धरानका राजनीतिक दलहरुले अक्सिजन प्लान्ट तत्काल मर्मत गर्नुपर्नेलगायत मागहरु राखेर प्रतिष्ठानका उपकुलपति डा.ज्ञानेन्द्र गिरीको कार्यालयअघि धर्नासमेत दिएका थिए। सुनसरी उद्योग वाणिज्य संघ धरानको हलमा बुधबार आयोजित छलफलले वीपी प्रतिष्ठानको ख्याती पुनरुत्थान गर्न पुनः स्थानीय सरकार, नागरिक समाज र सम्पूर्ण धरानका राजनीतिक दलहरुबीच संयुक्त बैठक बस्ने निर्णय गरेको छ । 

बैठकमा सहभागी नेकपा माओवादी केन्द्रका नेता चोत्लुङका अनुसार उक्त छलफल वीपी प्रतिष्ठानलाई कसरी सुधार गर्न सकिन्छ भन्ने एजेण्डामा केन्द्रीत रहेको थियो । छलफलले केही दिनभित्रै स्थानीय सरकार प्रमुख र उपप्रमुखसमेतको सहभागीतामा त्रिपक्षीय भेला गर्ने र ठोस निर्णय गरेर अघि बढ्ने समझदारी गरेको नेता चोत्लुङले बताए । ‘आज नगारिक समाज र राजनीतिक दलका प्रतिनिधिहरुबीच छलफल भएको छ। ’उनले भने,‘धरान नगर प्रमुख र उपप्रमुख दुवै जना वीपीको सिनेट सदस्य रहेका छन्, त्यसैले उहाँहरुसहित केही दिन भित्रै त्रिपक्षीय भेला गर्ने समझदारी भएको छ ।’

बैठकले त्रिपक्षीय भेला नभएसम्मको लागि नागरिक सञ्जालकातर्फबाट डा.राजेन्द्र शर्माले समन्वय गर्ने र अवधारणा पत्र पनि नागरिक सञ्जालले तयार गर्ने निर्णय गरेको छ । नागरिक सञ्जालमा मनोजकुमार मेन्याङ्बो, हरिप्रसाद दाहाल, गौरीशंकर अग्रवाल, हर्ष सुब्बा, भवानी वराल र महिला सञ्जालकी अध्यक्ष चेतना श्रेङ रहने बैठकले निर्णय गरेको छ । 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...

एमाले अझै तेस्रो शक्ति : केपी शर्मा ओली

काठमाडौं, १२ चैत – केपी शर्मा ओलीले आफ्नो पार्टी नेपाल कम्युनिष्ट पार्टी (एमाले) अझै पनि...

८ किमि हिँडेर विद्यालय : मोरङको मिर्चाडाँगीका बालबालिकाको पीडा

रविन्द्र बराल मोरङ – के तपाईं पत्याउनु हुन्छ ? नेपालमै यस्तो गाउँ छ जहाँ पुग्न...

सिलाम साक्मासहित बालेनको उपस्थितिले झल्कायो सांस्कृतिक पहिचान

काठमाडौं, चैत १२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह प्रतिनिधिसभा सदस्यको शपथ...