News Portal

  • वीपी प्रतिष्ठान सुधारका लागि राजनीतिक दल र नागरिक समाजबीच छलफल

    हिमालीसंचार संवाददाता
    ३८० पटक

    धरान – वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको बेथिती अन्त्य गर्न धरानका नागरिक समाज र राजनीतिक दलका प्रतिनिधिहरुबीच आज छलफल भएको छ । 

    धरानको वीपी प्रतिष्ठानमा बेथिती बढ्दै गएको निष्कर्ष सहित नागरिक समाज र राजनीतिक दलका प्रतिनिधिहरुबीच छलफल भएको हो । धरानका राजनीतिक दलहरुले अक्सिजन प्लान्ट तत्काल मर्मत गर्नुपर्नेलगायत मागहरु राखेर प्रतिष्ठानका उपकुलपति डा.ज्ञानेन्द्र गिरीको कार्यालयअघि धर्नासमेत दिएका थिए। सुनसरी उद्योग वाणिज्य संघ धरानको हलमा बुधबार आयोजित छलफलले वीपी प्रतिष्ठानको ख्याती पुनरुत्थान गर्न पुनः स्थानीय सरकार, नागरिक समाज र सम्पूर्ण धरानका राजनीतिक दलहरुबीच संयुक्त बैठक बस्ने निर्णय गरेको छ । 

    बैठकमा सहभागी नेकपा माओवादी केन्द्रका नेता चोत्लुङका अनुसार उक्त छलफल वीपी प्रतिष्ठानलाई कसरी सुधार गर्न सकिन्छ भन्ने एजेण्डामा केन्द्रीत रहेको थियो । छलफलले केही दिनभित्रै स्थानीय सरकार प्रमुख र उपप्रमुखसमेतको सहभागीतामा त्रिपक्षीय भेला गर्ने र ठोस निर्णय गरेर अघि बढ्ने समझदारी गरेको नेता चोत्लुङले बताए । ‘आज नगारिक समाज र राजनीतिक दलका प्रतिनिधिहरुबीच छलफल भएको छ। ’उनले भने,‘धरान नगर प्रमुख र उपप्रमुख दुवै जना वीपीको सिनेट सदस्य रहेका छन्, त्यसैले उहाँहरुसहित केही दिन भित्रै त्रिपक्षीय भेला गर्ने समझदारी भएको छ ।’

    बैठकले त्रिपक्षीय भेला नभएसम्मको लागि नागरिक सञ्जालकातर्फबाट डा.राजेन्द्र शर्माले समन्वय गर्ने र अवधारणा पत्र पनि नागरिक सञ्जालले तयार गर्ने निर्णय गरेको छ । नागरिक सञ्जालमा मनोजकुमार मेन्याङ्बो, हरिप्रसाद दाहाल, गौरीशंकर अग्रवाल, हर्ष सुब्बा, भवानी वराल र महिला सञ्जालकी अध्यक्ष चेतना श्रेङ रहने बैठकले निर्णय गरेको छ । 

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    हितेन्द्रदेव शाक्य सर्वोच्च अदालतमा गए, सरुवा निर्णयविरुद्ध रिट दायर

    काठमाडौं, कार्तिक १७  – नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आफ्नो सरुवा निर्णयविरुद्ध...

    काठमाडौंमा लत्रिएका तार व्यवस्थापन सुरु

    काठमाडौं, १७ कार्तिक — काठमाडौं महानगरपालिकाले शहरका विभिन्न स्थानमा लत्रिएका तार व्यवस्थापन गर्न काम सुरु...

    मोबाइलको लतमा फसेका युवालाई गलत तत्वले प्रयोग गरेको पोखरेलको दाबी

    काठमाडौं, १७ कात्तिक — नेकपा एमालेका महासचिव शंकर पोखरेलले पछिल्लो समय मोबाइलको अत्यधिक प्रयोगमा रमाउने...

    युके पठाइदिन्छु भन्दै ४२ लाख ठगी गर्ने युवक पक्राउ

    काठमाडौँ, कार्तिक १७ – वैदेशिक रोजगारीका नाममा ठगी गर्ने एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।...

    कैलालीमा दुई भारतीय नागरिक पक्राउ, २८ लाख रुपैयाँ बरामद

    कैलाली, कार्तिक १७ – स्रोत नखुलेको ठूलो परिमाणको नगदसहित दुई भारतीय नागरिक कैलालीमा पक्राउ परेका...