News Portal

हङकङमा नेपाल फाइनान्सको ९ औं वार्षिक साधारणसभा सम्पन्न

हिमालीसंचार संवाददाता
३४४ पटक

युवा राई/हङकङ– हङकङकै इतिहासमा नेपालीहरुद्धारा खोलिएको पहिलो आधिकारिक तथा सफल वित्तिय संस्था नेपाल फाइनान्स लिमिटेडद्धारा कोभिड–१९ को महामारीका बीच पनि सेयर होल्डरहरुलाई लगानीको १० प्रतिशत लाभांश वितरण गर्दै ९ औं वार्षिक साधारण सभा सम्पन्न गर्यो ।

बगैंचा रेष्टुरेण्ट एण्ड पार्टी प्यालेसमा रात्री भोज सहित आयोजना गरिएको कार्यक्रममा फाइनान्सका महाप्रबन्धक शशीमदन राईद्धारा जानकारी गराइए अनुसार ५० जना सेयर धनी रहेको फाइनान्सको सेयर धनी पूँजी १३ मिलियन हङकङ डलर सहित गरी हाल कुल पूँजी ६२ मिलियन हङकङ डलर रहेको छ । आकर्षक व्याजदरमा वचत तथा सहुलियत तवरले विभिन्न ऋणहरु प्रवाह गर्दै आएको फाइनान्सले सन् २०२०/२०२१ सालमा सम्पूर्ण खर्च कटाएर ११ लाख डलर खुद मुनाफा आर्जन गर्दै सम्पूर्ण सेयर होल्डरहरुलाई लगानीको १० प्रतिशत लाभांश वितरण गरेको हो ।

नेपाल फाइनान्सका अध्यक्ष धिरज कुमार राईको अध्यक्षतामा सम्पन्न खुल्लासत्र कार्यक्रमका प्रमुख अतिथि नेपाली महावाणिज्यदुत उदय बहादुर रानामगर रहेका थिए । त्यस्तै गरी विशेष अतिथिका रुपमा हङकङ नेपाली महासंघका अध्यक्ष टंक राना, गैरआवासीय नेपाली संधका अध्यक्ष टिका गुरुङ, च्याम्बर्स अफ कमर्सका अध्यक्ष डासुराम पराजुली, बगैचा लिमिटेडका अध्यक्ष नरेश सुनुवार लगायतको उपस्थिति रहेका थियो ।

आयोजित कार्यक्रममा नेपाली राष्ट्रिय गानको धुनसंगै अतिथिहरुद्धारा स्याम्पेन फोडेर उद्धघाटन गरिएको कार्यक्रममा अतिथिहरुद्धारा शुभकामना मन्तव्य राख्दै हङकङबासी नेपालीहरु केबल सेक्युरिटी गार्ड र कन्स्ट्रक्सनमा लेबर काम मात्रै गर्दैनन् ब्यापारको क्षेत्रमा पनि उत्तिकै अगाडी बढिरहेका छन् भन्ने एउटा गतिलो उदाहरण नेपाल फाइनान्स रहेको भन्दै सम्पूर्ण टिमको प्रशंसा गरेका थिए ।

सन् २००७ सालबाट स्थापित भएता पनि सन् २०११ सालबाट सक्रिय रुपमा कारोबार गर्दै सन् २०१३ सालबाट आधिकारिक रुपमा लाइसेन्स प्राप्त गर्ने नेपालीहरुको पहिलो वित्तिय संस्था नेपाल फाइनान्सले हाल हङकङमा रियल स्टेट, अल्फा रेमिट्यान्स, बगैचा तथा हेल्लो किचन रेष्टुरेण्ट संचालनमा ल्याउनुका साथै निकट भविश्यमा नेपालमा समेत लगानी गर्ने उदेश्यका साथ अगाडी बढिरहेको फाइनान्सका अध्यक्ष धिरज कुमार राईले बताए ।

प्रतिकृया दिनुहोस्

नुतन शैलीमा ऐतिहासिक चरीत्र- यशोधरा

काठमाडौं – यशोधरा महामानव, बौद्ध धर्मका प्रवर्तक तथा महान् त्यागी सिद्धार्थ गौतमकी पत्नी हुन्। प्रस्तुत...

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, पुष ७ – अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ।...

विपद् पूर्वतयारीलाई अझ प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल

काठमाडौं, पुष ७ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा विपद् व्यवस्थापनलाई अझ व्यवस्थित, व्यापक र प्रभावकारी...

अनुमतिविना माइतीघरमा प्रदर्शन, मिराज ढुंगाना समूहलाई प्रहरीले हटायो

काठमाडौं, पुष ७ – अनुमति नलिई माइतीघरमा प्रदर्शनमा उत्रिएको मिराज ढुंगाना नेतृत्वको समूहलाई प्रहरीले त्यहाँबाट...