News Portal

लुथरन सामुदायिक कल्याण समाजले झापा तथा मोरङमा स्वास्थ्य सामग्री वितरण

हिमालीसंचार संवाददाता
३०६ पटक

रबिन्द्र बराल/मोरङ – कोभिड–१९ जोखिम न्युनीकरणका लागि मोरङ तथा झापाको क्वारेन्टाइन सेन्टर तथा प्रहरी चौकीहरुलाई लुथरनद्वारा ७ लाख बराबरको स्वास्थ्या सामग्री वितरण गरेको छ।

हाल नेपालमा कोरोना भाइरसको दोश्रो लहरको महामारीले आक्रान्त पारेको अवस्था छ । यसै सन्दर्भमा कोभिड–१९ को संक्रमण जोखिम न्युनीकरण तथा रोकथामका लागि लुथरन सामुदायिक कल्याण समाजले झापा तथा मोरङ् जिल्लामा स्वास्थ्य सामग्रीहरु वितरण गरेको छ । मोरङ जिल्लाको रंगेली नगरपालिका, सुनवर्षी नगरपालिका, धनपालथान गाउँपालिका तथा जहदा गाउँपालिका र झापा जिल्लाको कमल गाउँपालिका तथा शिवशताक्षी नगरपालिका क्षेत्रमा संचालनमा रहेको क्वारेन्टाई सेन्टरहरुका लागि स्वास्थ्य सामग्री वितरण गरिएको हो । 

लुथरन विश्व फेडेरेसन नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा लुथरन सामुदायिक कल्याण समाजले रु. ७ लाख बराबरको कोभिड–१९ प्रतिकार्यका लागि सहयोग वितरण गरेको हो । नगरपालिका तथा गाउँपालिका स्तरमा संचालनमा रहेको क्वारेन्टाईन सेन्टरहरुको प्रयोजनका लागि ११० थान पीपीई सेट, १७० थान एन्टीजेन किट, २४० थान भीटीएम सेट, १ थान इलेक्ट्रिक स्यानीटाइजर डिस्प्यान्सन, ३९०० पिस सर्जिकल मास्क, ५६ लिटर स्यानिटाईजर, १८ प्याकेट पञ्जा, ६ थान अक्सिमिटर, ६ थान भ्यापोराईजर तथा ६ थान थर्मल गन सहयोग स्वरुप हस्तान्तरण गरिएको छ । 

त्यसै गरि  फ्रन्टलाईनमा अहोरात्र खटिरहेका प्रहरी चौकीहरुलाई पनि सर्जिकल मास्क, स्यानिटाइजर तथा पञ्जाहरु उपलब्ध गराईएको छ । मोरङ जिल्लाका प्रहरी चौकी मझारे जहदा, प्रहरी चौकी कर्सिया धनपालथान, अस्थायी प्रहरी चौकी बेतौना धनपालथान, नगर प्रहरी चौकी रंगेली, प्रहरी चौकी सुनवर्षी तथा झापा जिल्लाको प्रहरी चौकी तोपगाछीलाई कोभिड–१९ को जोखिम न्युनीकरणका लागि सहयोग सामग्री वितरण गरिएको हो ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...

एमाले अझै तेस्रो शक्ति : केपी शर्मा ओली

काठमाडौं, १२ चैत – केपी शर्मा ओलीले आफ्नो पार्टी नेपाल कम्युनिष्ट पार्टी (एमाले) अझै पनि...

८ किमि हिँडेर विद्यालय : मोरङको मिर्चाडाँगीका बालबालिकाको पीडा

रविन्द्र बराल मोरङ – के तपाईं पत्याउनु हुन्छ ? नेपालमै यस्तो गाउँ छ जहाँ पुग्न...

सिलाम साक्मासहित बालेनको उपस्थितिले झल्कायो सांस्कृतिक पहिचान

काठमाडौं, चैत १२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह प्रतिनिधिसभा सदस्यको शपथ...