News Portal

  • फेरी खुवालुङ माथी धावा; कुनै पनी हालतमा खुवालुङ फुटाउन नदिने-किरात राई यायोक्खा

    “खुवालुङ” किरात समुदायको मुन्दुमी आस्थाको केन्द्र मात्र नभएर महत्वपूर्ण सांस्कृति केन्द्र पनी हो”

    हिमालीसंचार संवाददाता
    ४१७ पटक

    काठमाण्डौ – किरात राईहरुको सर्वोच्च संस्था किरात राई यायोक्खाले भर्खरै नेपाल सरकारले जारी गरेको आर्थिक बर्ष २०७८/७९ सालको बजेट भाषणको ३०४ नम्बरमा कोशी नदीको चतरादेखि भोजपुरसम्मको जलयातायात संचालन गर्न जलमार्गमा रहेको अवरोध हटाईने छ’ वाक्यांश प्रति आफ्नो ध्यानकार्षण भएको जनाएको छ।

    किरात राई यायोक्खाले एक विज्ञप्ति मार्फत “खुवालुङ” समग्र किरात समुदायको मुन्दुमी आस्थाको केन्द्र रहेको उल्लेख गर्दै आफ्नो महत्वपूर्ण सांस्कृति केन्द्र रहेको हुनाले राज्यका तीन तहका निकायाहरुलाई लिखित जानकारी समेत गराई सकेको उल्लेख गरेको छ। 

    गत फागुण ८ गते प्रधानमन्त्री केपी शर्मा ओलीले विराटनगरमा आयोजित एक कार्यक्रममा कोशी नदीमा रहेको “खुवालुङ” क्रेन लगाई फुटाउने, नष्ट गर्ने सार्वजनिक भाषण दिएपछि चौतर्फी रुपमा सरकारको आलोचना भएको थियो। विश्वभरका किरात समुदायले प्रधानमन्त्री ओलीको अभिव्यक्ति प्रति चर्को विरोध भएको थियो। 

    गत चैत्र १७ गते किरात राई यायोक्खा, सरोकारवाला निकाय लगायद प्रदेश नं.१ का मुख्यमन्त्री शेरधन राईको संयुक्त टोलीले खुवालुङको स्थलगत अध्ययन अवलोकन गरेर प्रविधिक सबै दृष्टिकोणले जस्ताको त्यस्तै खुवालुङ राखेर अन्य स्थानबाट जलमार्ग निर्माणगरी जलयातायात संचालन गर्न सकिने प्रशस्तै आधार सहितको विकल्प भएको हुनाले मुख्यमन्त्री शेरधन राईले “खुवालुङ” संरक्षण गर्ने सार्वजनिक प्रतिवद्धता जानाएका थिए।

    किरात राई यायोक्खा केन्द्रिय कार्यसमितिका अध्यक्ष दिवस राई र महासचिव जनक राईद्वारा संयुक्त रुपमा हस्तक्षरित विज्ञप्तिमा भनिएको छ; “किरातीहरुको पवित्र सांस्कृतिक स्थल खुवालुङलाई अवरोधको रुपमा लिएको हो वा होइन यसबारे स्पष्ट पार्नका लागि सरकारसंग माग गर्दछौ, यदि खुवालुङलाई पनी इंगित गरेको भए खुवालुङलाई यथावत अवस्थामै राखेर कोशी नदिको जलयात्रा संचालन गर्न सकिने प्रशस्तै विकल्प भएको हुनाले सोही विकल्प अनुरुप काम गर्न सरकारलाई गम्भीर ध्यानाकर्षण गराउदै खुवालुङ नष्ट गर्न कुनै पनी हालतमा नदिईने प्रष्ट पार्न चाहान्छौ।”

    किरात राई यायोक्खाद्वारा जारी विज्ञप्तिमा थप भनिएको छ; “नेपालकै प्राचीन सांस्कृतिक सम्पदा खुवालुङको संरक्षण र प्रवद्धनका लागि तीनै तहका सरकारलाई गम्भीर ध्यानाकर्षण गराउदै खुवालुङ नष्ट गर्ने कदम चालिए सरोकारवाला समुदाय र नागरिक समाजको तर्फबाट बृहत संधर्ष अगाडि बढाईने स्पष्ट पार्दै खुवालुङको संरक्षणका लागि संधर्ष गर्दै आएका सम्पूर्ण संस्थाहरु, सरोकारवाला समुदाय र नागिरक समाज प्रति आभार समेत व्यक्त गरिएको छ। 

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    हितेन्द्रदेव शाक्य सर्वोच्च अदालतमा गए, सरुवा निर्णयविरुद्ध रिट दायर

    काठमाडौं, कार्तिक १७  – नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आफ्नो सरुवा निर्णयविरुद्ध...

    काठमाडौंमा लत्रिएका तार व्यवस्थापन सुरु

    काठमाडौं, १७ कार्तिक — काठमाडौं महानगरपालिकाले शहरका विभिन्न स्थानमा लत्रिएका तार व्यवस्थापन गर्न काम सुरु...

    मोबाइलको लतमा फसेका युवालाई गलत तत्वले प्रयोग गरेको पोखरेलको दाबी

    काठमाडौं, १७ कात्तिक — नेकपा एमालेका महासचिव शंकर पोखरेलले पछिल्लो समय मोबाइलको अत्यधिक प्रयोगमा रमाउने...

    युके पठाइदिन्छु भन्दै ४२ लाख ठगी गर्ने युवक पक्राउ

    काठमाडौँ, कार्तिक १७ – वैदेशिक रोजगारीका नाममा ठगी गर्ने एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।...

    कैलालीमा दुई भारतीय नागरिक पक्राउ, २८ लाख रुपैयाँ बरामद

    कैलाली, कार्तिक १७ – स्रोत नखुलेको ठूलो परिमाणको नगदसहित दुई भारतीय नागरिक कैलालीमा पक्राउ परेका...