News Portal

भोजपुर हतुवागढी गाउपालिकाका वडाध्यक्ष चन्द्रबहादुर विष्टको दादागिरी (भिडियो सहित)

हिमालीसंचार संवाददाता
१२५० पटक

भोजपुर – भोजपुर हतुवागढी गाउपालिका वडा नं.४ का वडाध्यक्ष चन्द्रबहादुर विष्टले सोही वडाका खैराङ निवासी ७० बर्षीय बृद्ध भक्तबहादुर राईलाई असोभनीय अमर्यादित गाली गलौज गरेका छन्।

हतुवागढी गाउपालिका वडा नं.४ का वडाध्यक्ष विष्टले बृद्ध राई माथी वडाकार्यलय परिसरमा हप्की तप्की गर्दै गालीगलौज गरेका भिडियो स्थानीय सानु वालिङ राईले खिचेकी थिईन। उक्त भिडियो टिकटक, युटुव लगायद विभिन्न सामाजिक संजालमा भाइरल भइरहेको छ। वडाध्यक्ष विष्टलाई हदैसम्मको कानुनी कार्बाहीको लागि चौतर्फी माग उठेको छ भने वडाध्यक्षले नैतिकताको आधारमा तुरुन्त राजीनामा दिनु पर्ने माग गरिएको छ।  

वडाध्यक्ष विष्ट नेकपा एमाले पाटीबाट विजयी भएका हुन्। उनी नेकपा एमाले केपी शर्मा पक्षका जनप्रतिनिधि भएका कारण अहमताको पराकाष्टले सिमा नाधेको स्थानीय बताउछन्। अहिले उनको फोन स्वीच अफ गरिएको छ। 

वडाध्यक्ष विष्टले वडाकार्यलय परिसरमा स्थानीय बृद्ध भक्तबहादुर राईले वडाकार्यलय भवन एक लाखको बजेटमा ढलान हुदै गरेको कामका लागि काम गर्ने अनुरोध गर्दा वडाध्यक्ष विष्टले बृद्ध राईलाई अमर्यादित, अशिष्ट दूरब्याबहार गरेका हुन्। उनले जातीयताको विजारोपन समेत गरेका स्थानीयको आरोप रहेको छ । वडाध्यक्ष विष्टले आफु ९० प्रतिशत राईमा आएको क्षेत्री हु, म डरले आएको होईन। बृद्ध राईले चोर औलाले अचेड्दै अपशब्द बोलेका थिए।

वडाध्यक्ष विष्टको चौतर्फी आलोचना भएपछि आज साझ एक विज्ञप्ति मार्फत अशोभनीय शब्द प्रयोग हुन गएकोमा आत्मालोचना गरी बृद्ध भक्तबहादुर राई, स-परिवारसंग सामाजिक रुपमा भेटेर क्षमायाचना माग्ने विज्ञप्तिमा उल्लेख गरेका छन्।

भिडियो यहा हेर्नुस

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...

एमाले अझै तेस्रो शक्ति : केपी शर्मा ओली

काठमाडौं, १२ चैत – केपी शर्मा ओलीले आफ्नो पार्टी नेपाल कम्युनिष्ट पार्टी (एमाले) अझै पनि...

८ किमि हिँडेर विद्यालय : मोरङको मिर्चाडाँगीका बालबालिकाको पीडा

रविन्द्र बराल मोरङ – के तपाईं पत्याउनु हुन्छ ? नेपालमै यस्तो गाउँ छ जहाँ पुग्न...

सिलाम साक्मासहित बालेनको उपस्थितिले झल्कायो सांस्कृतिक पहिचान

काठमाडौं, चैत १२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह प्रतिनिधिसभा सदस्यको शपथ...