News Portal

भोजपुर हतुवागढी गाउपालिकाका वडाध्यक्ष चन्द्रबहादुर विष्टको दादागिरी (भिडियो सहित)

हिमालीसंचार संवाददाता
१२१७ पटक

भोजपुर – भोजपुर हतुवागढी गाउपालिका वडा नं.४ का वडाध्यक्ष चन्द्रबहादुर विष्टले सोही वडाका खैराङ निवासी ७० बर्षीय बृद्ध भक्तबहादुर राईलाई असोभनीय अमर्यादित गाली गलौज गरेका छन्।

हतुवागढी गाउपालिका वडा नं.४ का वडाध्यक्ष विष्टले बृद्ध राई माथी वडाकार्यलय परिसरमा हप्की तप्की गर्दै गालीगलौज गरेका भिडियो स्थानीय सानु वालिङ राईले खिचेकी थिईन। उक्त भिडियो टिकटक, युटुव लगायद विभिन्न सामाजिक संजालमा भाइरल भइरहेको छ। वडाध्यक्ष विष्टलाई हदैसम्मको कानुनी कार्बाहीको लागि चौतर्फी माग उठेको छ भने वडाध्यक्षले नैतिकताको आधारमा तुरुन्त राजीनामा दिनु पर्ने माग गरिएको छ।  

वडाध्यक्ष विष्ट नेकपा एमाले पाटीबाट विजयी भएका हुन्। उनी नेकपा एमाले केपी शर्मा पक्षका जनप्रतिनिधि भएका कारण अहमताको पराकाष्टले सिमा नाधेको स्थानीय बताउछन्। अहिले उनको फोन स्वीच अफ गरिएको छ। 

वडाध्यक्ष विष्टले वडाकार्यलय परिसरमा स्थानीय बृद्ध भक्तबहादुर राईले वडाकार्यलय भवन एक लाखको बजेटमा ढलान हुदै गरेको कामका लागि काम गर्ने अनुरोध गर्दा वडाध्यक्ष विष्टले बृद्ध राईलाई अमर्यादित, अशिष्ट दूरब्याबहार गरेका हुन्। उनले जातीयताको विजारोपन समेत गरेका स्थानीयको आरोप रहेको छ । वडाध्यक्ष विष्टले आफु ९० प्रतिशत राईमा आएको क्षेत्री हु, म डरले आएको होईन। बृद्ध राईले चोर औलाले अचेड्दै अपशब्द बोलेका थिए।

वडाध्यक्ष विष्टको चौतर्फी आलोचना भएपछि आज साझ एक विज्ञप्ति मार्फत अशोभनीय शब्द प्रयोग हुन गएकोमा आत्मालोचना गरी बृद्ध भक्तबहादुर राई, स-परिवारसंग सामाजिक रुपमा भेटेर क्षमायाचना माग्ने विज्ञप्तिमा उल्लेख गरेका छन्।

भिडियो यहा हेर्नुस

प्रतिकृया दिनुहोस्

नुतन शैलीमा ऐतिहासिक चरीत्र- यशोधरा

काठमाडौं – यशोधरा महामानव, बौद्ध धर्मका प्रवर्तक तथा महान् त्यागी सिद्धार्थ गौतमकी पत्नी हुन्। प्रस्तुत...

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, पुष ७ – अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ।...

विपद् पूर्वतयारीलाई अझ प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल

काठमाडौं, पुष ७ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा विपद् व्यवस्थापनलाई अझ व्यवस्थित, व्यापक र प्रभावकारी...

अनुमतिविना माइतीघरमा प्रदर्शन, मिराज ढुंगाना समूहलाई प्रहरीले हटायो

काठमाडौं, पुष ७ – अनुमति नलिई माइतीघरमा प्रदर्शनमा उत्रिएको मिराज ढुंगाना नेतृत्वको समूहलाई प्रहरीले त्यहाँबाट...