News Portal

सशस्त्र बल बलडङ्गाले ठुलो मात्रामा ट्रक सहित डिजल बरामद

“ नेपाल प्रहरी र तस्करहरुको मिलेमतोमा सिमा क्षेत्रमा तस्कर”

हिमालीसंचार संवाददाता
३९२ पटक

रबिन्द्र बराल/मोरङ – नेपालमा कोरोना दोस्रो लहर चलिरहेको समयमा मुलुकभर लकडाउन तथा निषेधाज्ञा कडाई गरिएको छ। भारत तर्फको सिमावर्ती क्षेमामा नेपाल प्रहरी र तस्करीहरुको  साटगाटमा ठुलो मात्रामा डिजल र पेट्रोल भारत तर्फ तस्करी भइरहेको छ।

पछिल्लो समयमा सिमाक्षेत्रमा कोरोना संक्रमण आउन सक्ने भन्दै भारत तर्फको सिमाक्षेत्रमा कडाई गरेको भए पनी यति ठुलो परिमाणमा डिजल तस्कर हुने गरेको पाईएपछि नेपाल प्रहरीहरुसंगै ठुलै साटगाटमा तस्करी हुने गरेको हुन सक्ने देखिन्छ। 

मोरङको रतुवामाई नगरपालिका-४ स्थित पैयामरी झुर्किया सडक खण्डबाट सशस्त्र प्रहरी बिओपी बल्डङ्गाले टुटन ट्रक सहित ४६ सय लिटर डिजल बरामद गरेको छ। गत शनिबार बिहान नेपालबाट अबैध रुपमा भारत तर्फ डिजल र पेट्रोल लैजादै गरेको मे १ ख १५०९ नम्बरको टुटन ट्रक चेक जाँच गर्ने क्रममा ट्रकमा २ सय लिटर अट्ने ड्रम्ममा २२  ड्रम डिजर र एक ड्रम पेट्रोल सहित सशस्त्र प्रहरीले ट्रक सहित बरामद गरेको छ ।  

पूर्वाञ्चलका ईटहरी, उर्लाबारी लगायदका पेट्रोल पम्पहरुबाट डिजल तथा पेट्रोल ल्याएको हुन सक्ने स्थानीयले बताएका छन् । भारतमा डिजल आईसी ९० रुपैयाँ प्रतिलिटर अर्थात नेपाली रुपैयाँ १ सय ४४ रुपैयाँ प्रतिलिटरमा बिक्रीवितरण हुने गरेको छ।  नेपालमा भने प्रतिलिटर १ सय २ रुपैयाँ प्रतिलिटर खरिद गरेर अबैध रुपमा  भारतमा विक्री गर्दा सोही डिजल प्रतिलिटर ४० रुपैयाँ सम्म फाईदा हुने भएकाले तस्करी गरेर भारत तर्फ लैजाने गरेको व्यापारीहरु बताउँछन् । 

बरामद गरिएको डिजल आमबारी चोक र कपर्सुकामा घानको काँटा संचालन गर्दा आएका चिरंन्जिवि खतिवडाको प्रहरीले जनाएको छ ।  सशस्त्र  बल बिओपी बल्ड्ङ्गाका प्रहरी निरिक्षक सुक बहादुर तामाङका अनुसार बरामद गरिएको सामान विराटनगर स्थित सशस्त्र प्रहरीको गणमा लगिएको बताए । आन्दाजी मुल्य डिजल र गाडी सहित ९ लाख रुपैयाँ बराबरको रहेको छ । सशस्त्र प्रहरीका एसपी तिर्थ पौड्यलका अनुसार सो सामान विराटनगर भन्सार कार्यालयमा बुझाईने बताए ।

प्रतिकृया दिनुहोस्

कास्कीमा कांग्रेस सभापति थापाको कार्यकर्ता सम्वोधन: ‘अबकी बार सय पार’ नारा दिनुहोस्

कास्की, माघ २३ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शुक्रबार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन...

चितवन–२ मा रवि र कांग्रेस उम्मेदवार खरेलबीच भेटघाट, स्वच्छ र सम्मानजनक प्रतिस्पर्धाको प्रतिबद्धता

काठमाडौं, २३ माघ – प्रतिनिधिसभा निर्वाचनअन्तर्गत चितवन–२ मा प्रतिस्पर्धामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि...

मेडिकल व्यवसायी दुर्गा प्रसाईं चाल्नाखेलबाट नियन्त्रणमा

काठमाडौँ, माघ २३ – मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’...

आज २०८२ साल माघ २३ गतेको राशिफल

आज माघ २३, २०८२ ( फेब्रुअरी ६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रौतहटमा रास्वपा उम्मेदवारको गाडीले ठक्कर दिँदा ४ वर्षीय बालिकाको मृत्यु

रौतहट, माघ २२ – रौतहटको इशनाथ नगरपालिकामा आज दुःखद घटना भएको छ। रास्वपा उम्मेदवारको प्रचार...