News Portal

निषेधाज्ञामा खटिएका प्रहरीले मेयरलाई नचिन्दा विवाद, मेयरले गराए प्रहरीको मापसे चेक

हिमालीसंचार संवाददाता
७१७ पटक

हिमाल जोशी, धनगढी – निषेधाज्ञामा ड्यूटीमा खटिएका प्रहरीलाई मेयरले हकारेका छन्। कैलालीको लम्की चुहा नगरपालिका क्षेत्रमा निषेधाज्ञाको पालना गराउन खटिएका प्रहरीलाई सोही नगरपालिकाका प्रमुख महादेव बजगाईंले हकारेका हुन्।

बुधबार बेलुका ६ बजेतिर लम्की चुहा नगरपालिकाको मोतिपुरमा खुला रहेका पसलहरुलाई बन्द गराउने क्रममा ड्यूटीमा खटिएका प्रहरी सहायक निरीक्षक रेवन्त बोहरालाई नगर प्रमुख महादेव बजगाईंले हपारेर कालोमोसो लगाउने धम्की दिएका थिए। त्यस क्षेत्रमा रहेको एउटा मोबाइल पसल सधैं खुला रहने गरेको गुनासोपछि त्यहाँ पुगेको प्रहरी टोलीले पसल बन्द गराउन खोज्दा मेयर बजगाईंले प्रहरीलाई हप्काएका थिए।

‘प्रहरीले मेयर हुन् भनेर नचिन्दा दोहोरो विवादसमेत भयो,’ एक प्रत्यक्षदर्शीले भने, ‘प्रहरीले तत्काल सबै पसल बन्द गर्न भनेपछि मेयर प्रहरीमाथि जाइलागेका हुन्। मेयरले आतंक मच्चाउने प्रहरीलाई कालोमोसो दल्नुका साथै टाउको फुटाउनेसमेत धम्की दिए। एउटा पसलको बाहिर हाफ पाइन्ट र भेस्ट लगाएर मुखमा माक्स लगाएर बसेका मेयरलाई प्रहरीले चिनेन।’

मेयरले आफू भएको ठाउँमै आफ्नो महत्व नदिएकोले प्रहरीलाई आक्रोश पोखेको बुझिएको छ। त्यहाँ मेयर रहेको र मेयरसँग प्रहरीको विवाद भएको थाहा पाएपछि इलाका प्रहरी कार्यालयका ईन्चार्जले प्रहरी टोलीलाई ‘ब्याक’ गराएका थिए।

त्यतिमात्र होइन प्रहरीप्रति आक्रोशित मेयरले प्रहरीको मापसेसमेत चेक गर्न लगाए। स्थानीय अस्पतालमै चेक गर्दा मदिरा सेवन गरेको नदेखिए पनि मेयरले प्रहरीले मदिरा सेवन नै गरेको दावी गरेपछि ती प्रहरीलाई परीक्षणका लागि टीकापुर अस्पतालमा लगिएको थियो तर त्यहाँ परीक्षण गर्दा पनि रिपोर्ट नेगेटिभ (मदिरा सेवन नगरेको) आएको थियो।

ईलाका प्रहरी कार्यालय लम्कीका ईन्चार्ज प्रहरी निरीक्षक भरत शाहले निषेधाज्ञामा ड्यूटीमा खटिएका प्रहरीले मेयरलाई नचिन्दा सामान्य विवाद भएको बताए। उनले भने, ‘मेयर साप सधैं प्रहरीलाई सहयोग गर्ने मान्छे हो तर त्यहाँ किन रिसाउनु भयो थाहा भएन।’

त्यो क्षेत्रमा एउटा मोबाइल पसल सधैं खुला हुन्छ भन्ने गुनासोपछि प्रहरी टोली त्यहाँ गएको उनले बताए। त्यस घटनाका बारेमा जिल्ला प्रहरी कार्यालयबाट छानविन टोलीसमेत गठन गरिएको प्रहरी निरीक्षक शाहले बताए।

नगरप्रमुख बजगाईंले प्रहरीको व्यवहार देखेर आफूलाई रिस उठेको दावी गरे। उनले निषेधाज्ञा पूर्णरुपमा कार्यान्वयन गर्न आफूले पनि अपिल गरिरहेको तर प्रहरीको शैली राम्रो नभएकाले विवाद भएको बताए।

प्रतिकृया दिनुहोस्

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...