News Portal

धरानमा धरेलु हतियारधारी समुहले प्रहरी माथि आक्रमण, प्रहरी चौकी तोडफोट

“तीन जना प्रहरी घाइते, दुई जना आक्रमणकारी प्रहरी नियन्त्रणमा“

हिमालीसंचार संवाददाता
४०२ पटक

धरान – बिहीबार साँझ धरान-१५ स्थित बाझगरामा रहेको अस्थायी प्रहरी चौकीमा दुई जना युवा आफूलाई धम्की आएको भन्दै उजुरी गर्न पुगे। उनीहरू भित्र पुग्ने बित्तिकै मास्कधारी अर्को धरेलु हतियारधारी समूहले उजुरी गर्न आउने साथी माथी अन्धाधुन्ध खुकुरी प्रहार गरे । उनीहरूले त्यहाँ आइपुगेको दुई युवालाई खुकुरी प्रहार गर्दा चौकीका प्रमुख असई सुमन दाहालले रोक्न खोज्दा उनी काटिन पुगे ।

उनीसँगै प्रहरी हवलदार विजय यादव र प्रहरी जवान अरुण राजवंशी सामान्य घाइते भएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक भिमराज राईले जानकारी दिए । असई दाहालको देब्रे हातमा गम्भीर चोट लागेकोले उनको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

खुकुरी प्रहार गर्ने युवाहरू प्रहरी चौकीमा दुई युवालाई खोज्दै मोटरसाइकलमा आइपुगेका थिए । बाजगराका अस्थायी प्रहरी चौकीमा ४ जना मात्रै प्रहरी रहेको चौकीमा उनीहरूले तोडफोड गर्दै सजिलै फरार भए । उनीहरूले चौकीको झ्यालको सिसा फुटाएका छन् । प्रहरीले आक्रमण गर्नेलाई भने यो समाचार तयार पारुन्जेल सम्म पक्राउ गर्न सकेको छैन।
आफूहरूलाई धम्की दिएको भन्दै प्रहरी चौकी पुगेका दुई जनालाई भने प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ । प्रहरी निरीक्षक राईका अनुसार अहिले फरार भएकाहरूको खोजी र अनुसन्धान प्रहरीले सुरु गरेको छ ।

प्रतिकृया दिनुहोस्

नुतन शैलीमा ऐतिहासिक चरीत्र- यशोधरा

काठमाडौं – यशोधरा महामानव, बौद्ध धर्मका प्रवर्तक तथा महान् त्यागी सिद्धार्थ गौतमकी पत्नी हुन्। प्रस्तुत...

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, पुष ७ – अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ।...

विपद् पूर्वतयारीलाई अझ प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल

काठमाडौं, पुष ७ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा विपद् व्यवस्थापनलाई अझ व्यवस्थित, व्यापक र प्रभावकारी...

अनुमतिविना माइतीघरमा प्रदर्शन, मिराज ढुंगाना समूहलाई प्रहरीले हटायो

काठमाडौं, पुष ७ – अनुमति नलिई माइतीघरमा प्रदर्शनमा उत्रिएको मिराज ढुंगाना नेतृत्वको समूहलाई प्रहरीले त्यहाँबाट...