News Portal

मोरङको ईशान्त फर्मेसीका संचालकले नेपाल प्रहरीलाई स्वास्थ्य सामाग्री सहयोग

हिमालीसंचार संवाददाता
३२० पटक

रबिन्द्र बराल/मोरङ – मोरङ जिल्लाको रंगेली नगरपालिकामा रहेको ईलाका प्रहरी कार्यलय र सशस्त्र प्रहरी वेस बिओपी रंगेलीलाई ईशान्त  फर्मेसीद्वारा स्वास्थ्य सामाग्री सहयोग गरिएको छ ।

रंगेली वडा नं. -७ शुक्रवारेमा रहेको ईशान्त फर्मेसीले नेपालमा दोस्रो लहरको कोरोना भाईरसका कारण अग्रपंक्तिमा रहेर देश र जनाताको शान्ति सुरक्षमामा २४ घण्टा अहोरत्र खटिदै आएको ईलाका प्रहरी कार्यलय रंगेलीलाई ७ हजार थान सर्जिकल माक्स, ७० पिस सेनिटाईजर, गेल्वस , फेस-सिलड, र  ससस्त्र वेश क्याप बिओपी रंगेलीलाई २५ सय पिस सर्जिकल माक्स, सेनिटाईजर  र दोहमना चौकीलाई समेत १५ सय पिस सर्जिकल माक्स र सेनिटाईजर सहयोग गरिएको थियो। 

अहिले सिमाक्षेत्रमा खटिरहदा आफुहरुलाई हत्यारले भन्दा माक्स जरुरी रहेको समयमा यसरी सहयोगी मनले आफुहरुलाई स्वास्थ्य सामाग्री दिएकोमा निकै लाभान्वित भएको बिओपीका प्रमुख  कमल अधिकारीले बताए । प्रहरीहरुलाई ७० हजार बराबरको सामाग्री वितरण गरेको र अझै पनि आफूले अग्रपंक्तिमा रहेर काम गर्दे आएका ब्यक्तिहरुलाई स्वास्थ्य सामाग्रीहरु वितरण गर्दे जाने  ईशान्त फार्मेसीका प्रोप्राइटर अजय कुमार मंण्डल बताए । 

यसरी ईशान्त फर्मेसिले स्वास्थ्य सामाग्री उपलब्ध गराएको हुनाले आफ्नो युनिटमा कार्यरत प्रहरीलाई समेत काम गर्ने हौसला प्रदान गरेको ईलाका प्रहरी कार्यलय रंगेलीका प्रहरी निरिक्षक अनमोल खड्काले बताए । उनले केही दिन अगाडी समेत रंगेलीमा रहेको कोभिड अस्पताललाई डेर लाख रुपैयाँ बराबरको स्वास्थ्य सामाग्री समेत सहयोग गरेको थियो ।

प्रतिकृया दिनुहोस्

नुतन शैलीमा ऐतिहासिक चरीत्र- यशोधरा

काठमाडौं – यशोधरा महामानव, बौद्ध धर्मका प्रवर्तक तथा महान् त्यागी सिद्धार्थ गौतमकी पत्नी हुन्। प्रस्तुत...

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, पुष ७ – अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ।...

विपद् पूर्वतयारीलाई अझ प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल

काठमाडौं, पुष ७ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा विपद् व्यवस्थापनलाई अझ व्यवस्थित, व्यापक र प्रभावकारी...

अनुमतिविना माइतीघरमा प्रदर्शन, मिराज ढुंगाना समूहलाई प्रहरीले हटायो

काठमाडौं, पुष ७ – अनुमति नलिई माइतीघरमा प्रदर्शनमा उत्रिएको मिराज ढुंगाना नेतृत्वको समूहलाई प्रहरीले त्यहाँबाट...