News Portal

मोरङको ईशान्त फर्मेसीका संचालकले नेपाल प्रहरीलाई स्वास्थ्य सामाग्री सहयोग

हिमालीसंचार संवाददाता
३५० पटक

रबिन्द्र बराल/मोरङ – मोरङ जिल्लाको रंगेली नगरपालिकामा रहेको ईलाका प्रहरी कार्यलय र सशस्त्र प्रहरी वेस बिओपी रंगेलीलाई ईशान्त  फर्मेसीद्वारा स्वास्थ्य सामाग्री सहयोग गरिएको छ ।

रंगेली वडा नं. -७ शुक्रवारेमा रहेको ईशान्त फर्मेसीले नेपालमा दोस्रो लहरको कोरोना भाईरसका कारण अग्रपंक्तिमा रहेर देश र जनाताको शान्ति सुरक्षमामा २४ घण्टा अहोरत्र खटिदै आएको ईलाका प्रहरी कार्यलय रंगेलीलाई ७ हजार थान सर्जिकल माक्स, ७० पिस सेनिटाईजर, गेल्वस , फेस-सिलड, र  ससस्त्र वेश क्याप बिओपी रंगेलीलाई २५ सय पिस सर्जिकल माक्स, सेनिटाईजर  र दोहमना चौकीलाई समेत १५ सय पिस सर्जिकल माक्स र सेनिटाईजर सहयोग गरिएको थियो। 

अहिले सिमाक्षेत्रमा खटिरहदा आफुहरुलाई हत्यारले भन्दा माक्स जरुरी रहेको समयमा यसरी सहयोगी मनले आफुहरुलाई स्वास्थ्य सामाग्री दिएकोमा निकै लाभान्वित भएको बिओपीका प्रमुख  कमल अधिकारीले बताए । प्रहरीहरुलाई ७० हजार बराबरको सामाग्री वितरण गरेको र अझै पनि आफूले अग्रपंक्तिमा रहेर काम गर्दे आएका ब्यक्तिहरुलाई स्वास्थ्य सामाग्रीहरु वितरण गर्दे जाने  ईशान्त फार्मेसीका प्रोप्राइटर अजय कुमार मंण्डल बताए । 

यसरी ईशान्त फर्मेसिले स्वास्थ्य सामाग्री उपलब्ध गराएको हुनाले आफ्नो युनिटमा कार्यरत प्रहरीलाई समेत काम गर्ने हौसला प्रदान गरेको ईलाका प्रहरी कार्यलय रंगेलीका प्रहरी निरिक्षक अनमोल खड्काले बताए । उनले केही दिन अगाडी समेत रंगेलीमा रहेको कोभिड अस्पताललाई डेर लाख रुपैयाँ बराबरको स्वास्थ्य सामाग्री समेत सहयोग गरेको थियो ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...

एमाले अझै तेस्रो शक्ति : केपी शर्मा ओली

काठमाडौं, १२ चैत – केपी शर्मा ओलीले आफ्नो पार्टी नेपाल कम्युनिष्ट पार्टी (एमाले) अझै पनि...

८ किमि हिँडेर विद्यालय : मोरङको मिर्चाडाँगीका बालबालिकाको पीडा

रविन्द्र बराल मोरङ – के तपाईं पत्याउनु हुन्छ ? नेपालमै यस्तो गाउँ छ जहाँ पुग्न...

सिलाम साक्मासहित बालेनको उपस्थितिले झल्कायो सांस्कृतिक पहिचान

काठमाडौं, चैत १२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह प्रतिनिधिसभा सदस्यको शपथ...