News Portal

मोरङको ईशान्त फर्मेसीले कोभिड अस्पताललाई स्वास्थ्य सामाग्री सहयोग

हिमालीसंचार संवाददाता
३३३ पटक

रबिन्द्र बराल/मोरङ – मोरङ जिल्लाको रंगेली अस्पतालमा संचालन भएको कोभिड अस्पताललाई ईशान्त फर्मेसीद्वारा स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ ।

रंगेली वडा नम्बर ७ शुक्रवारेमा रहेका ईशान्त फर्मेसीले नेपालमा दोस्रो लहरको कोरोना भाईरसका कारण आक्रन्त बन्दै गरेको र अग्रपंक्तिमा काम गर्दै आईरहेका स्वास्थ्यकर्मीहरुलाई स्वास्थ्य सामाग्रीका कारण काम गर्नका लागि सहज र सरल होस भनेर स्वास्थ्य सामाग्री हस्तान्तरण अजयले जानकारी दिए। 

कोभिड अस्पताललाई कामेसु रोहेन्द्र पाण्डे तथा स्वास्थ्य शाखा प्रमुख ब्रजेश मेहताको  रोहवरमा ५ हजार थान सर्जिकल मास्क, १ सय २० थान सेनिटाईजर, ४ प्याकेट ग्लोभ,  ५० थान फेस-सिलड, १ सय काटुन खानेपानी र १ सय  अक्सिजन सिलीनडर रीफिल गर्न नगद ४० हजार रुपैयाँ गरेर डेर लाख रुपैयाँ बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको ईशान्त फार्मेसीका प्रोप्राइटर अजय कुमार मंण्डलले बताए। 

कोरोना भाइरस तिव्र रुपमा फैलिदै गएको र स्वास्थ्य सामाग्री  खरिद गर्ने समेत नपाई रहेको अवस्थामा यसरी दाताहरुले स्वास्थ्य सामाग्री उपलब्ध गराएको र  स्वास्थ्यकर्मीहरुलाई काम गर्ने हौसला प्रदान गरेमा रंगेली अस्पतालका मेसु रोहेन्द्र पाण्डेले विशेष आभार व्यक्त गरे। 

प्रतिकृया दिनुहोस्

कास्कीमा कांग्रेस सभापति थापाको कार्यकर्ता सम्वोधन: ‘अबकी बार सय पार’ नारा दिनुहोस्

कास्की, माघ २३ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शुक्रबार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन...

चितवन–२ मा रवि र कांग्रेस उम्मेदवार खरेलबीच भेटघाट, स्वच्छ र सम्मानजनक प्रतिस्पर्धाको प्रतिबद्धता

काठमाडौं, २३ माघ – प्रतिनिधिसभा निर्वाचनअन्तर्गत चितवन–२ मा प्रतिस्पर्धामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि...

मेडिकल व्यवसायी दुर्गा प्रसाईं चाल्नाखेलबाट नियन्त्रणमा

काठमाडौँ, माघ २३ – मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’...

आज २०८२ साल माघ २३ गतेको राशिफल

आज माघ २३, २०८२ ( फेब्रुअरी ६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रौतहटमा रास्वपा उम्मेदवारको गाडीले ठक्कर दिँदा ४ वर्षीय बालिकाको मृत्यु

रौतहट, माघ २२ – रौतहटको इशनाथ नगरपालिकामा आज दुःखद घटना भएको छ। रास्वपा उम्मेदवारको प्रचार...