News Portal

संसद विघटन विरुद्ध उत्रिन नागरिक अगुवाको अपील

हिमालीसंचार संवाददाता
७८७ पटक

काठमाण्डौ – संसद विघटन विरूद्ध उत्रिन नागरिक अगुवाहरुले अपील गरेका छन् । राष्ट्रपति र प्रधानमन्त्रीले चालेको प्रतिगामी कदमले संविधान र संसदीय सर्वोच्चताको चिरहरण गरेको निष्कर्ष सहित यसविरुद्ध उत्रिन नागरिक अगुवाहरुले अपील गरेका छन्।

शुक्रबार मध्यरातमा संसद विघटन गरिनु गत ५ पुसको प्रतिगमनकै पुनरावृत्ति भएको निष्कर्ष निकाल्दै उक्त अपील गरेका हुन् ।मध्यरातमा प्रधानमन्त्री ओलीले संसद विघटनको प्रस्ताव राष्ट्रपति समक्ष लग्नु र त्यसको एक घण्टामै संसद विघटन र मध्यावधि चुनावको घोषणा हुनु दोस्रो प्रतिगमनको भएको खण्डमा उक्त अपील गरिएको भनिएको छ। 

प्रतिनिधिसभा विघटन गरी उत्पन्न राजनैतिक संकटले नेपाललाई पुनः एकपटक राजनीतिक अस्थिरताको दलदलमा साथै विदेशी शक्तिको सम्भावित चलखेलतिर घचेटेको पनि नागरिक अगुवाहरुले निष्कर्ष निकालेका छन् । प्रधानमन्त्रीको दाबी गर्ने समूहले पनि त्यो प्रक्रिया संसदभित्रै अभ्यास गरिनुपर्ने पनि वक्तव्यमा उल्लेख छ ।

संसद विघटन गर्ने प्रतिगामी कदमबाट प्राप्त उपलब्धिहरु समेत धरापमा परेको अपीलमा उल्लेख छ । तर लोकतन्त्रमाथिको कुठाराघात र निरंकुशताको आकांक्षा सधैं पराजित हुने गरेको पनि नागरिक अगुवाहरुले बताएका छन् ।

‘लोकतन्त्रमाथिको कुठाराघात र निरंकुशताको आकांक्षा विरुद्ध नेपाली जनताले सधैं साहसपूर्ण प्रतिकार गरेका छन् र यसलाई हमेसा पराजित गरेका छन् । अहिले फेरि हामी सम्पूर्ण नागरिकहरु एकपटक जुट्नुपर्ने बेला आएको छ,’ वक्तव्यमा उल्लेख छ । अपीलमा विघटन गरिएको संसद सर्वोच्च अदालतबाट फेरि पुनस्र्थापित हुने आशा समेत गरिएको छ ।

नागरिक समाजको अपीलमा अरुणा उप्रेती, कृष्णप्रसाद पौडेल, पिताम्बर शर्मा, बिन्दु शर्मा, दीपेन्द्र क्षेत्री, नारायण ढकाल, महेश मास्के, सुदीप श्रेष्ठ, शरद वन्त, श्याम श्रेष्ठ, सोमत घिमिरे र हरि रोकाले हस्ताक्षर गरेका छन् ।

प्रतिकृया दिनुहोस्

कास्कीमा कांग्रेस सभापति थापाको कार्यकर्ता सम्वोधन: ‘अबकी बार सय पार’ नारा दिनुहोस्

कास्की, माघ २३ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शुक्रबार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन...

चितवन–२ मा रवि र कांग्रेस उम्मेदवार खरेलबीच भेटघाट, स्वच्छ र सम्मानजनक प्रतिस्पर्धाको प्रतिबद्धता

काठमाडौं, २३ माघ – प्रतिनिधिसभा निर्वाचनअन्तर्गत चितवन–२ मा प्रतिस्पर्धामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि...

मेडिकल व्यवसायी दुर्गा प्रसाईं चाल्नाखेलबाट नियन्त्रणमा

काठमाडौँ, माघ २३ – मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’...

आज २०८२ साल माघ २३ गतेको राशिफल

आज माघ २३, २०८२ ( फेब्रुअरी ६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रौतहटमा रास्वपा उम्मेदवारको गाडीले ठक्कर दिँदा ४ वर्षीय बालिकाको मृत्यु

रौतहट, माघ २२ – रौतहटको इशनाथ नगरपालिकामा आज दुःखद घटना भएको छ। रास्वपा उम्मेदवारको प्रचार...