News Portal

गुरुङ ‘तमु’ समाज मकाउले संस्थापक अध्यक्ष स्व. गुरुङको सम्झनामा दिप प्रज्वलन

हिमालीसंचार संवाददाता
६१३ पटक

मकाउ – मकाउमा संगठीत गुरुङ ‘तमु’ समाज मकाउले आफ्ना संस्थापक अध्यक्ष स्व. रामेन्द्र कुमार गुरुङको सम्झनामा मकाउको “माँ टेम्पल” बारा मकाउमा आज विहान ९:०० बजे दिप प्रज्वलन गरी भावपूर्ण श्रदाञ्जली अर्पण गरेका छन्।

विगत धेरै लामो समयदेखि मकाउमा कार्यरत गुरुङ छुट्टीमा नेपाल गएका थिए। कोरोना भाइरसका कारण लकडाउन हुदा मकाउ फर्कन नपाएका गुरुङको दुबै मृगौलामा समस्या देखा परेको थियो। यही लकडाउनका कारण सहज रुपमा अस्पताल चेकजाच गरी उपचार गराउन नपाएका गुरुङको अस्पताल लाने क्रममा बाटोमा निधन भएको गुरुङ ‘तमु’ समाज मकाउका अध्यक्ष लिल बहादुर गुरुङले (गोरा) हिमाली संचारसंगको कुराकानीमा जानकारी दिए।

स्याङजा फेदिखोला गाउपालिका आक्राङमा विस २०२७ सालमा जन्मेका गुरुङ हाल पोखरा पात्द्री विरौटा-१७ स्थायी रुपमा बसोबास गर्दै आएका गुरुङको गत विस २०७८ बैशाख ३१ गते पोखरा स्थित आफ्नै निवासदेखि अस्पताल लाने क्रममा बाटोमै निधन भएको हो ।

अवकास प्राप्त भूपु भारतीय सेना समेत रहेका गुरुङ आफ्नो भाषा, संस्कार, संस्कृति र पहिचान प्रति सचेत थिए। गुरुङ ‘तमु’ समाज मकाउले आफ्नो अभिवक गुमाएको प्रति समाजका अध्यक्ष लिल बहादुर गुरुङ (गोरे)  दु:ख ब्याक्त गरेका छन्। 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ६ गतेको राशिफल

आज पुष ६, २०८२ (डिसेम्बर २१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...