News Portal

नेविसंघका अध्यक्ष कठायतद्वारा सुरक्षाकर्मीलाई स्वास्थ्य सामाग्री वितरण

हिमालीसंचार संवाददाता
३६८ पटक

बझाङ – बझाङको वडा प्रहरी कार्यालय चैनपुरमा कार्यरत सुरक्षाकर्मीहरुलाई स्वास्थ्य सामाग्री वितरण गरिएको छ। नेपाल पत्रकार महासंघ बझाङ शाखा सचिव ललित बहादुर सिंहको समन्वयमा नेपाली कांग्रेस निकट नेपाल बिद्यार्थी संघ मष्टा गाउँपालिकाका अध्यक्ष विनोद कठायतले आफ्नो जन्मदिनको अवसरमा वडा प्रहरी कार्यालय चैनपुरमा कार्यरत सुरक्षाकर्मीहरुलाई स्वास्थ्य सामाग्री वितरण गरेका हुन।

विपि कोइराला युवा नेतृत्व विकास मञ्चका जिल्ला सह-सचिव समेत रहेका युवा नेता कठायतले जन्मदिनको अवसरमा वडा प्रहरी कार्यालयमा पुगेर सुरक्षाकर्मीहरुलाई स्यानिटाइजर र मास्क वितरण गरेका छन। उनले जन्मदिनको अवसरमा गरिने फजुल खर्च कटाएर कोरोना महामारीमा फन्टलाइनमा खटि सुरक्षा दिरहेका सुरक्षाकर्मीहरुलाइ स्वास्थ्य सामाग्री वितरण गरिएको बताए।

प्रायजसो मानिसहले आफ्नो जन्मदिन ठूला ठूला होटलमा गएर भव्य खर्च गरेर मनाउने गर्छन। तर, नेविसंघका नेता कठायतले आफ्नो जन्मदिनमा सुरक्षाकर्मीहरुलाई स्वास्थ्य सामाग्री दिएर मनाएका छन।

कठायतले आफ्नो जन्मदिनको दिन विश्वव्यापी माहामारीको रुपमा फैलिएको कोभिड १९ लाई मध्यनर गर्दै अग्रपंक्तिमा खटिने सुरक्षाकर्मीहरुलाई स्वास्थ्य सामाग्री वितरण गरेर जन्मदिन मनाउँदा निकै खुसी लागेको बताए। स्वास्थ्य सामाग्री वितरण कार्यक्रममा वडा प्रहरी कार्यालयमा कार्यरत सुरक्षाकर्मीहरुले नेता कठायतलाई जन्मदिनको शुभकामना सहित धन्यवाद दिएका थिए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १२ गतेको राशिफल

आज पुष १२, २०८२ (डिसेम्बर २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...