News Portal

यी हुन् ७ मन्त्री विरुद्ध रिट दायर गर्ने २५ बर्षे अधिवक्ता

“थापाले २ महिना अघि मात्र लाइसेन्स लिएका हुन्”

हिमालीसंचार संवाददाता
३६३ पटक

काठमाण्डौ – सिन्धुपाल्चोकका विराज थापाले २ महिनाअघि गएको चैत महिनामा मात्रै अधिवक्ताको लाइसेन्स पाएका थिए।त्रिभूवन विश्वविद्यालयबाट ५ बर्षे बिए एलएलबी कोर्ष पूरा गरेका थापाले आफ्नो पहिलो मुद्धा नै सरकारविरुद्ध हालेका थिए । रिट दायर गरेको दोश्रो दिननै मुद्दा जितेपछि उनी उत्साहित बनेका छन् ।

उनले भने – ‘संविधान र कानुन रक्षाका लागि मैले सरकारको असंवैधानिक कदमविरुद्ध मुद्दा हालेको थिएँ। सरकारको गैरसंवैधानिक कामलाई सर्वोच्चले संवैधानिक बनाइदिएको छ । सर्वोच्च अदालतले दिएको आदेशबाट विधिको शासन कानुनी शासनको  प्रत्याभूति भएको महशुस गरेको छु ।’

उनले आफू अधिवक्ता भएपछि पहिलो पटक दायर गरेको मुद्दा जित्दा यो क्षेत्रमा अघि बढ्न थप प्रेरणा र जिम्मेवारी बढेको बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले पहिले देखिनै गैर संवैधानिक काम गर्दै आएकोले यो मुद्दा आफूले जित्नेमा आफू निश्चिन्त भएको उल्लेख गरे । 

उनले भने–‘प्रधानमन्त्रीले संविधानमाथि बारम्बार प्रहार गरेको हुँदा कानुनको विद्यार्थीको हिसावले सबै टुलुटुलु हेरेर बस्ने अवस्था थिएन । मैले आफ्नो स्वविवेक प्रयोग गरेर नै मुद्दा दायर गरेको हुँ । सर्वोच्चले मेरो पक्षमा फैसला गर्छ भन्नेमा मलाई विश्वास थियो । स्वभाविक रुपमा आफूले पहिलो पटक दायर गरेको मुद्दा जितेपछि यसले मेरो जीवनमा सकारात्मक प्रभाव पारेको छ । यसले मलाई अझै गम्भीरता दिएको छ भने थप आत्मविश्वास पैदा गरेको छ । अझै बढी मेहनत गर्नुपर्छ भन्ने हौसला दिएको छ ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले गत वैशाख ३१ गते ७ गैर सांसदलाई मन्त्री बनाउनु गैरसंवैधानिक कार्य रहेको भन्दै त्यसलाई बदर गर्न माग गर्दै अधिवक्ता कपिलदेव ढकाल र विराज थापाले छुट्टाछुट्टै रुपमा सर्वोच्च अदालतमा बुधबार रिट दायर गरेका थिए । विहिबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले प्रधानमन्त्रीको सो कदम असंवैधानिक ठहर गर्दै ७ जना मन्त्रीको नियुक्ति बदर गर्ने अन्तरिम आदेश दिएको थियो । 

सो आदेशसँगै गृहमन्त्री रामबहादुर थापा बादल, उद्योगमन्त्री लेखराज भट्ट, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, शहरी विकासमन्त्री प्रभु साह, खानेपानी मन्त्री मणि थापा, श्रममन्त्री गौरीशंकर चौधरी र युवा तथा खेलकुद मन्त्री दावाको मन्त्री पद गएको छ । 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...

एमाले अझै तेस्रो शक्ति : केपी शर्मा ओली

काठमाडौं, १२ चैत – केपी शर्मा ओलीले आफ्नो पार्टी नेपाल कम्युनिष्ट पार्टी (एमाले) अझै पनि...

८ किमि हिँडेर विद्यालय : मोरङको मिर्चाडाँगीका बालबालिकाको पीडा

रविन्द्र बराल मोरङ – के तपाईं पत्याउनु हुन्छ ? नेपालमै यस्तो गाउँ छ जहाँ पुग्न...

सिलाम साक्मासहित बालेनको उपस्थितिले झल्कायो सांस्कृतिक पहिचान

काठमाडौं, चैत १२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह प्रतिनिधिसभा सदस्यको शपथ...