News Portal

  • यी हुन् ७ मन्त्री विरुद्ध रिट दायर गर्ने २५ बर्षे अधिवक्ता

    “थापाले २ महिना अघि मात्र लाइसेन्स लिएका हुन्”

    हिमालीसंचार संवाददाता
    ३१५ पटक

    काठमाण्डौ – सिन्धुपाल्चोकका विराज थापाले २ महिनाअघि गएको चैत महिनामा मात्रै अधिवक्ताको लाइसेन्स पाएका थिए।त्रिभूवन विश्वविद्यालयबाट ५ बर्षे बिए एलएलबी कोर्ष पूरा गरेका थापाले आफ्नो पहिलो मुद्धा नै सरकारविरुद्ध हालेका थिए । रिट दायर गरेको दोश्रो दिननै मुद्दा जितेपछि उनी उत्साहित बनेका छन् ।

    उनले भने – ‘संविधान र कानुन रक्षाका लागि मैले सरकारको असंवैधानिक कदमविरुद्ध मुद्दा हालेको थिएँ। सरकारको गैरसंवैधानिक कामलाई सर्वोच्चले संवैधानिक बनाइदिएको छ । सर्वोच्च अदालतले दिएको आदेशबाट विधिको शासन कानुनी शासनको  प्रत्याभूति भएको महशुस गरेको छु ।’

    उनले आफू अधिवक्ता भएपछि पहिलो पटक दायर गरेको मुद्दा जित्दा यो क्षेत्रमा अघि बढ्न थप प्रेरणा र जिम्मेवारी बढेको बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले पहिले देखिनै गैर संवैधानिक काम गर्दै आएकोले यो मुद्दा आफूले जित्नेमा आफू निश्चिन्त भएको उल्लेख गरे । 

    उनले भने–‘प्रधानमन्त्रीले संविधानमाथि बारम्बार प्रहार गरेको हुँदा कानुनको विद्यार्थीको हिसावले सबै टुलुटुलु हेरेर बस्ने अवस्था थिएन । मैले आफ्नो स्वविवेक प्रयोग गरेर नै मुद्दा दायर गरेको हुँ । सर्वोच्चले मेरो पक्षमा फैसला गर्छ भन्नेमा मलाई विश्वास थियो । स्वभाविक रुपमा आफूले पहिलो पटक दायर गरेको मुद्दा जितेपछि यसले मेरो जीवनमा सकारात्मक प्रभाव पारेको छ । यसले मलाई अझै गम्भीरता दिएको छ भने थप आत्मविश्वास पैदा गरेको छ । अझै बढी मेहनत गर्नुपर्छ भन्ने हौसला दिएको छ ।’

    प्रधानमन्त्री केपी शर्मा ओलीले गत वैशाख ३१ गते ७ गैर सांसदलाई मन्त्री बनाउनु गैरसंवैधानिक कार्य रहेको भन्दै त्यसलाई बदर गर्न माग गर्दै अधिवक्ता कपिलदेव ढकाल र विराज थापाले छुट्टाछुट्टै रुपमा सर्वोच्च अदालतमा बुधबार रिट दायर गरेका थिए । विहिबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले प्रधानमन्त्रीको सो कदम असंवैधानिक ठहर गर्दै ७ जना मन्त्रीको नियुक्ति बदर गर्ने अन्तरिम आदेश दिएको थियो । 

    सो आदेशसँगै गृहमन्त्री रामबहादुर थापा बादल, उद्योगमन्त्री लेखराज भट्ट, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, शहरी विकासमन्त्री प्रभु साह, खानेपानी मन्त्री मणि थापा, श्रममन्त्री गौरीशंकर चौधरी र युवा तथा खेलकुद मन्त्री दावाको मन्त्री पद गएको छ । 

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक १७ गतेको राशिफल

    आज कार्तिक १७, २०८२ (नोभेम्बर ३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    ‘पहिला देश’ अभियान अन्तर्गत माइतीघरमा प्रदर्शन र प्रहरी हस्तक्षेप

    काठमाडौं, कार्तिक १६ – डा. निकोलस भुसालले आह्वान गरेको प्रदर्शनमा सहभागी केही प्रदर्शनकारीहरुलाई प्रहरीले पक्राउ...

    धादिङ: पशुपतिनाथ–शन्तानेश्वर मन्दिर ठोट्ने पानी निर्माणको सहयोगी दाताहरु

    गंङ्गा–जमुना, धादिङ– श्री पशुपतिनाथ तथा शन्तानेश्वर महादेव मन्दिर परिसरमा “ठोट्ने पानी” निर्माण कार्यका लागि विभिन्न...

    नेपाल खेलकुद महासंघ समाजवादीद्वारा वाम एकता निर्णयप्रति स्वागत

    काठमाडौं, — नेपाल खेलकुद महासंघ समाजवादीले नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को तेस्रो पूर्ण बैठकले गरेको...

    स्थानीयको माग पूरा गर्ने आश्वासनपछि बञ्चरेडाँडामा फोहोर फाल्न अनुमति

    काठमाडौं, कार्तिक १६ – नुवाकोट र धादिङको सिमानामा पर्ने बञ्चरेडाँडा फोहोर व्यवस्थापन स्थलमा स्थानीय बासिन्दाले...