News Portal

खोटाङमा ट्याक्टर दुर्घटना हुदा एक जनाको मृत्य, दुइ जना धाईते

हिमालीसंचार संवाददाता
१०२० पटक

खोटाङ – खोटाङ जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाको गुम्बाडाडामा ट्याक्टर दुर्धटना हुदा एक जनाको धटना स्थलमा मृत्यु, दुई जना धाईते भएका छन्।

रुपाकोट मझुवागढी नगरपालिका-६ नेर्पाको बगरे भञ्याङ उक्त ट्याक्टर दुर्धटना भएको हो। ट्कटरले निर्माणाधिन पेनटावरबाट मिक्चर बोकेर मध्यपहाडी लोकमार्गतर्फ जाँदै गरेको प्रदेश नम्बर १–०२–००३ त ०२८० नम्बरको ट्याक्टर नेर्पाकै गुम्बाडाँडामा पल्टिँदा ट्याक्टरमा सवार रावाबेँसी गाउँपालिका–४ डुम्रेधारापानीका २५ वर्षीय नेत्रबहादुर गुरुङको मृत्यु भएको छ ।

सडकबाट पल्टिएको ट्याक्टर करिब ३० मिटर तल खस्दा गुरुङको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरिक्षक अमरप्रसाद गजमेरले बताए।

दुर्घट्नामा डुम्रेधारापानी निवासी ट्याक्टर चालक २१ वर्षीय सुशिल श्रेष्ठ गम्भीर घाईते भएका छन्। त्यस्तै, २९ वर्षीय धनबहादुर सुनुवार पनी घाईते भएका छन् । उनलाई जिल्ला अस्पताल दिक्तेलमा सामान्य उपचार पछि काठमाण्डौं रेफर गरिएको छ।  मृतक गुरुङको शव पोष्ट म्याटमको लागि जिल्ला अस्पताल दिक्तेल पठाइएको छ। प्रहरीले दुर्धटनाको थप अनुसन्धान गरीरहेको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...

एमाले अझै तेस्रो शक्ति : केपी शर्मा ओली

काठमाडौं, १२ चैत – केपी शर्मा ओलीले आफ्नो पार्टी नेपाल कम्युनिष्ट पार्टी (एमाले) अझै पनि...

८ किमि हिँडेर विद्यालय : मोरङको मिर्चाडाँगीका बालबालिकाको पीडा

रविन्द्र बराल मोरङ – के तपाईं पत्याउनु हुन्छ ? नेपालमै यस्तो गाउँ छ जहाँ पुग्न...

सिलाम साक्मासहित बालेनको उपस्थितिले झल्कायो सांस्कृतिक पहिचान

काठमाडौं, चैत १२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह प्रतिनिधिसभा सदस्यको शपथ...