News Portal

  • खोटाङमा ट्याक्टर दुर्घटना हुदा एक जनाको मृत्य, दुइ जना धाईते

    हिमालीसंचार संवाददाता
    ९६७ पटक

    खोटाङ – खोटाङ जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाको गुम्बाडाडामा ट्याक्टर दुर्धटना हुदा एक जनाको धटना स्थलमा मृत्यु, दुई जना धाईते भएका छन्।

    रुपाकोट मझुवागढी नगरपालिका-६ नेर्पाको बगरे भञ्याङ उक्त ट्याक्टर दुर्धटना भएको हो। ट्कटरले निर्माणाधिन पेनटावरबाट मिक्चर बोकेर मध्यपहाडी लोकमार्गतर्फ जाँदै गरेको प्रदेश नम्बर १–०२–००३ त ०२८० नम्बरको ट्याक्टर नेर्पाकै गुम्बाडाँडामा पल्टिँदा ट्याक्टरमा सवार रावाबेँसी गाउँपालिका–४ डुम्रेधारापानीका २५ वर्षीय नेत्रबहादुर गुरुङको मृत्यु भएको छ ।

    सडकबाट पल्टिएको ट्याक्टर करिब ३० मिटर तल खस्दा गुरुङको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरिक्षक अमरप्रसाद गजमेरले बताए।

    दुर्घट्नामा डुम्रेधारापानी निवासी ट्याक्टर चालक २१ वर्षीय सुशिल श्रेष्ठ गम्भीर घाईते भएका छन्। त्यस्तै, २९ वर्षीय धनबहादुर सुनुवार पनी घाईते भएका छन् । उनलाई जिल्ला अस्पताल दिक्तेलमा सामान्य उपचार पछि काठमाण्डौं रेफर गरिएको छ।  मृतक गुरुङको शव पोष्ट म्याटमको लागि जिल्ला अस्पताल दिक्तेल पठाइएको छ। प्रहरीले दुर्धटनाको थप अनुसन्धान गरीरहेको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक १७ गतेको राशिफल

    आज कार्तिक १७, २०८२ (नोभेम्बर ३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    ‘पहिला देश’ अभियान अन्तर्गत माइतीघरमा प्रदर्शन र प्रहरी हस्तक्षेप

    काठमाडौं, कार्तिक १६ – डा. निकोलस भुसालले आह्वान गरेको प्रदर्शनमा सहभागी केही प्रदर्शनकारीहरुलाई प्रहरीले पक्राउ...

    धादिङ: पशुपतिनाथ–शन्तानेश्वर मन्दिर ठोट्ने पानी निर्माणको सहयोगी दाताहरु

    गंङ्गा–जमुना, धादिङ– श्री पशुपतिनाथ तथा शन्तानेश्वर महादेव मन्दिर परिसरमा “ठोट्ने पानी” निर्माण कार्यका लागि विभिन्न...

    नेपाल खेलकुद महासंघ समाजवादीद्वारा वाम एकता निर्णयप्रति स्वागत

    काठमाडौं, — नेपाल खेलकुद महासंघ समाजवादीले नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को तेस्रो पूर्ण बैठकले गरेको...

    स्थानीयको माग पूरा गर्ने आश्वासनपछि बञ्चरेडाँडामा फोहोर फाल्न अनुमति

    काठमाडौं, कार्तिक १६ – नुवाकोट र धादिङको सिमानामा पर्ने बञ्चरेडाँडा फोहोर व्यवस्थापन स्थलमा स्थानीय बासिन्दाले...