News Portal

मोरङको रंगेलीमा एक महिलाको घाँटी रेटी हत्या नहरमा शव फेला

हिमालीसंचार संवाददाता
५८५ पटक

रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालिका-३ स्थित तिलुवा चोक नजिकैको नहरमा एक महिलाको घाँटी रेटेर हत्या गरेको अवस्थमा शव भेटिएको छ । धारिलो हतियार प्रयोग गरी घाँटी रेटेर हत्या गरिएको अवस्थामा बुधबार विहान रंगेल-३ की २४ वर्षीया अनिता यादवको शव नजिकैको नहरमा फेला परेको हो ।

रंगेली नगरपालिका बेचन यादवकी श्रीमती अनिता यादवको शव भेटिएको ईलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ । मृतक यादवको घरदेखि करिब ८ सय मिटर टाढा अनिता यादवको शव फेला परेको हो ।

प्रहरीको प्रारम्भिक अनुसन्धनबाट घाँटी रेटेर हत्या गरी शव नहरमा फालिएको प्रहरीले जनाएको छ। प्रहरीले घटनाको सोधपुछको लागि १९ बर्षका देवर बिनोद यादव, ५० बर्षीय सासू बिजुली यादव, नीजको श्रीमान बेचन यादव र ससुरा रामु यादवलाई अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय रंगेलीले नियन्त्रणमा लिई थप अनुसन्धान गरि रहेको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...

एमाले अझै तेस्रो शक्ति : केपी शर्मा ओली

काठमाडौं, १२ चैत – केपी शर्मा ओलीले आफ्नो पार्टी नेपाल कम्युनिष्ट पार्टी (एमाले) अझै पनि...

८ किमि हिँडेर विद्यालय : मोरङको मिर्चाडाँगीका बालबालिकाको पीडा

रविन्द्र बराल मोरङ – के तपाईं पत्याउनु हुन्छ ? नेपालमै यस्तो गाउँ छ जहाँ पुग्न...

सिलाम साक्मासहित बालेनको उपस्थितिले झल्कायो सांस्कृतिक पहिचान

काठमाडौं, चैत १२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह प्रतिनिधिसभा सदस्यको शपथ...